आर्थिक 📈

नबिल बैंकले पायो युनाइटेड फाइनान्सलाई प्राप्तिको अनुमति

काठमाडौं, १७ असार । नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्नका लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ । राष्ट्र बैंकले मंगलबार नबिललाई मर्जर तथा प्राप्तिका लागि अन्तिम स्वीकृति प्रदान गरेको हो । दुबै कम्पनीबीच प्राप्तिका लागि गएको वैशाख १७ गते हस्ताक्षर भएको थियो भने असार ५ मा भएको विशेष साधारण सभाबाट प्राप्ति सम्बन्धि विशेष प्रस्तावलाई पारित गरिएको थियो । नबिल बैंकले १०० बराबर ३५ कोे शेयर स्वाप अनुपातमा युनाइटेडलाई प्राप्ति गर्न लागेको हो । प्राप्तिपछि युनाइटेडको १०० कित्ता शेयर… पुरा पढौ

माछापुच्छ्रे बैंकले पायो ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशनको अनुमति

काठमाडौं, १६ असार । माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँ बराबरको १० वर्षे अवधिका लागि ८.५० प्रतिशत ब्याजदरको ऋणपत्र निष्काशनको अनुमति पाएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने अनुमति पाएको हो । प्रतिकित्ता १ हजार अंकित मूल्यमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता निष्काशनको अनुमति पाएपछि बैंक यसको तयारीमा लागेको छ । बैंकका अनुसार १२ लाख कित्ता सर्वसाधारणका लागि रहेको छ । १८ लाख कित्ता भने… पुरा पढौ

४.१३ अंकले घट्यो नेप्से, कारोबारमा नेपाल इन्स्योरेन्स अगाडि

काठमाडौं, १६ असार । साताको चौथो दिन बुधबार पनि शेयर बजार सकारात्मक लयमा देखिएन ।बजार बन्द हुँदाको समयसम्म यूटर्न हुने संभावना कायमै रहने भएपनि बजार बन्द हुँदाको समयसम्म ओरालोको यात्रा तय गर्यो । यसले लगानीकर्ताहरुलाई निरुत्साहित बनाएको छ भने कारोबार रकममा पनि कमि आएको छ । केहि समय अघिसम्म बीस अर्ब नजिक पुगेको कारोबार ५ अर्बसम्म झरेको छ । बजारलाई प्रभावित बनाउने कारणहरुमा राजनीतिक अस्थिरता, सरकारमा भईरहने खटपट, कोरोना भाइरसको संक्रमणको कारण जारि निषेधाज्ञा र पछिल्लो पटक नेपाल धितोपत्र बोर्डको… पुरा पढौ

शेयर बजार-१३ वटै उपसमूह राताम्मै

काठमाडौं, १६ असार । साताको चौथो दिन बुधबार शेयर बजार सकारात्मक लयमा देखिएको छैन । हुन त बजार बन्द हुँदाको समयसम्म यूटर्न हुने संभावना कायमै हुने भएपनि दिउँसो १ बजेसम्म आउँदा नेप्सेमा दोहोरो अंकको गिरावट देखिएको छ । नेप्से परिसूचक ४२.९६ अंकले घटेको छ । यसरी घटेको परिसूचक २७८५.०४ विन्दुमा पुगेको छ । नेप्से १.५२ प्रतिशतले घटेको छ । सेन्सेटिभ इण्डेक्स ८.१३ अंकले घटेर ५१५.५७ विन्दुमा पुगेकाे छ । यो समाचार तयार पार्दासम्म कुल २१० कम्पनीको शेयर कारोबार भएको छ… पुरा पढौ

‘सिद्धार्थ व्यवस्थित लगानी योजना’- २ करोड इकाई बिक्री खुल्ला

काठमाडौं, १६ असार । सिद्धार्थ क्यापिटल लिमिटेडको आजबाट 'सिद्धार्थ व्यवस्थित लगानी योजना' (सिस्टमेटिम इन्भेष्टमेन्ट स्किम)को २ करोड इकाईको सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला भएको छ । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालन हुने सिद्धार्थ क्यापिटलले बिक्रीमा ल्याएको उक्त स्किमको प्रतिइकाई मूल्य १० रुपैयाँको दरले २० करोड रुपैयाँ बराबरको २ करोड इकाई रहेको छ जो खुल्लामुखि योजना हाे । स्किमको ५ प्रतिशत इकाई योजनाको व्यवस्थापक सिद्धार्थ क्यापिटल तथा १० प्रतिशत इकाई कोषको प्रवर्धक रहेको सिद्धार्थ बैंकको बिज पूँजीको लागि लगानी हुनेछ ।… पुरा पढौ

बुधबार ह्वात्तै घटयो सुनचाँदीको मूल्य

काठमाडौं, १६ असार । साताको चौथो दिन बुधबार सुनचाँदीको भाउ ह्वात्तै घटेको छ । छापावाला सुनमा रुपैयाँ ६०० तथा चाँदीमा १० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन ६०० रुपैयाँले घटेर प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको छ । मंगलबार छापावाला सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ८९ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजाबी प्रतितोला ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा… पुरा पढौ

सगरमाथा इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, १६ असार । सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने भनिएको लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन हो । इन्स्योरेन्सले साधारण सभा प्रयोजनार्थ असार १७ मा बुक क्लोज गर्ने जनाएको छ । हालसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको सभामा सहभागिता जनाउनुका साथै इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्ने भएका हुन् । इन्स्योरेन्सको असार ३० मा २४ औं वार्षिक साधारण सभा हुँदैछ । साधारणसभाले हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस शेयर वितरण गर्ने लगायत… पुरा पढौ

सांग्रिला बैंक र सिप्रदी ट्रेडिङ्ग बीच सम्झौता

काठमाडाैं, १५ असार । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नक्साल, काठमाडौं स्थित मुख्य कार्यालय रहेको सिप्रदी ट्रेडिङ्ग प्रा.लि. बिच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनी बिच आयोजित एक कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कर्जा अधिकृत रजित मास्के र सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का तर्फबाट उक्त कम्पनीका प्रमुख बजार ब्यवस्थापक अणुपमनि ढकालले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सम्झौता अनुसार… पुरा पढौ

मंगलबार शेयर बजार राताम्मै, कारोबार रकम पनि घट्यो

काठमाडौं, १५ असार । सोमबार दोहोरो अंकले उकालो लागेको शेयर बजार मंगलबार ओरालो लागेको छ । झण्डै दुई हप्ता धितोपत्र बोर्डको बिज्ञप्तिको कारण नकारात्मक दिशामा गएको नेप्से अब त सकारात्मक लयमा फर्किन लागेको होकि भन्ने साेमबारकाे परिसूचकले त्यस्ताे लागेकाे भएपनि आजको दृश्यले लगानीकर्ताहरुमा पुनः निरासा जगाएको छ । शेयर बजार बन्द हुँदाको समयसम्म आउँदा नेप्से परिसूचक ४७.४९ अंकले घटेर २८२८.०० विन्दुमा पुगि रोकिएको छ । नेप्से १.६५ प्रतिशतले बढ्दा सेन्सेटिभ इण्डेक्स ९.८७ अंकले घटेर ५२३.७० विन्दुमा पुगेको छ । कुल… पुरा पढौ

नेप्से दोहोरो अंकले घट्याे, साढे १ अर्बको कारोबार

काठमाडौं, १५ असार । मंगलबार प्रि ओपसन सेसनमा शेयर बजारले सकारात्मक लय पकडे पनि मध्यान्नमा आउँदा भने दोहोरो अंकले गिरावट आयो । ४.८४ अंकले बृद्धि भएको नेप्से परिसूचक २८८०.३४ विन्दुमा पुग्यो । मध्यान्हमा भने नेप्से परिसूचक १३.३२ अंकले घटेर २८६२.१७ विन्दुमा पुगेको छ । नेप्से ०.४६ अंकले घट्दा सेन्सेटिभ इण्डेक्स ३.६५ अंकले घटेर ५२९.९२ विन्दुमा पुगेको छ । यो समाचार तयार पार्दासम्म २०८ वटा कम्पनीको कारोबार भएको छ । ३१ लाख ३२ हजार ४९५ कित्ता शेयरको कारोबार भएको छ ।… पुरा पढौ