ताप्लेजुङ, ४ असार । सिरीजङ्घा गाउँपालिकाले यसअघिका केहि महत्वपूर्ण कार्यक्रमलाई निरन्तरता दिँदै आगामी आर्थिक वर्षका लागि ४३ बुँदे नीति तथा कार्यक्रम पारित गरेको छ । सिरीजङ्घाको सान, उद्यमशिल किसान, सिरीजङ्घाको गौरब कञ्चनजङ्घा, गाउँमै रोजगार, गर्भका आधार, एक घर एक धारा, निःशुल्क शिक्षा, हामी सबैको ईच्छा लगायतका दर्जनौँ कार्यक्रमलाई निरन्तरता दिँदै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको हो । नवौँ गाउँसभाबाट उक्त नीति तथा कार्यक्रम र अनुमानित आयव्यय पारित भएको हो । आर्थिक वर्ष २०७८/७९ को चालु र…
पुरा पढौ