ललितपुर, २ असार । चक्रपथ क्षेत्रमा पर्ने बालकुमारी–बल्खु सडकखण्डमा स्मार्ट सडकबत्ती जडान गरिने भएको छ । सो क्षेत्रमा बत्ती जडान गर्न ललितपुर महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच त्रिपक्षीय सम्झौता भएको छ । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन, प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र सडक विभागका महानिर्देशक अर्जुन थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रममा महर्जनले स्मार्ट सडकबत्ती जडान गर्न करिब रु १७ करोड ३६ लाख लाग्ने अनुमान गरिएकामा महानगरपालिकाले कूल लागतको ६० प्रतिशत रकम बेहोर्ने बताए । उनले…
पुरा पढौ