आर्थिक 📈

निषेधाज्ञाअघि म्याद सकिएका आयोजनाको अवधि १ वर्ष थप्न माग

काठमाडौँ, ३१ जेठ । निर्माण आयोजनाको म्याद ६ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६ गतेभन्दा अघि म्याद समाप्त भएका आयोजनाको म्याद एक वर्ष थप गर्न माग गरेको छ। महासङ्घको प्रतिनिधिमण्डलले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री उमाशङ्कर अरगरियालाई भेटी आर्थिक वर्ष २०७८/०७९ को बजेटबारे महासङ्घको धारणा पनि पेश गरेको छ । बजेटमा उल्लेख भएअनुसार बैंक जमानत पेश गरेपछि ५० प्रतिशत धरौटी रकम फिर्ता गरिने प्रावधानको सट्टा शतप्रतिशत फिर्ता गर्दा राज्यलाई कुनै घाटा… पुरा पढौ

४ वटा कम्पनीको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, ३१ जेठ। एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको ४ वटा कम्पनीको सेयरमा आज बेलुकीसम्म आवेदन दिन सकिनेछ। ४ वटा कम्पनीको सेयरमा आवेदन दिने आज अन्तिम दिन भएकाले आज कार्यालय समयभित्र आवेदन दिन सकिने बैंकले जनाएको हो। बैंकका अनुसार महुली लघुवित्त वित्तीय संस्था लिमिटेड, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको सेयरमा आवेदन दिने आज अन्तिम दिन हो। महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ५६ हजार २ सय ७०… पुरा पढौ

सातै प्रदेश बजेट ल्याउने अन्तिम तयारीमा

काठमाडौं, ३१ जेठ। सातै प्रदेश बजेट ल्याउने अन्तिम तयारीमा जुटेका छन्। असार १ गते बजेट ल्याउनुपर्ने बाध्यात्मक अवस्थाका कारण सातै प्रदेश बजेट ल्याउने अन्तिम तयारीमा जुटेका हुन्। चालु आर्थिक वर्षकै लागि विनियोजन भएका योजनामा खर्च बढाउन नसकेका धेरैजसो प्रदेशले यो वर्ष बजेट बढाउन असमर्थ हुने संभावना छ। गण्डकी प्रदेशमा आज नीति तथा कार्यक्रम पेश हुँदैछ। संघीय सरकारले बजेटमा कोरोना नियन्त्रण, उपचार र खोपलाई प्राथमिकता दिएपछि सबै प्रदेशले यसैलाई पछ्याउने देखिन्छ। पुरा पढौ

राष्ट्र बैंकले १५ अर्बको ट्रेजरी बिल बिक्री गर्ने, आज बोलकबोल

काठमाडौं, ३१ जेठ । नेपाल राष्ट्र बैंकले १५ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिनको अवधिको लागि ९ अर्ब रूपैयाँ र ३६४ दिनको अवधिको लागि ६ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ । ९१ दिनको ट्रेजरी बिल २०७८ भदौ २९ गते परिपक्क हुनेछ भने ३६४ दिनको ट्रेजरी बिल २०७९ साल जेठ ३१ गते परिपक्क हुनेछ । ट्रेजरी बिल सोमबार दिउँसो ३ बजे बोलकबोलमार्फत बिक्री गर्ने राष्ट्र बैंकको तयारी छ । पुरा पढौ

सोमबार अमेरिकी डलरको सटही दर स्थिर, अरुको कति ?

काठमाडौं, ३१ जेठ । नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी विनिमय दर तोकेको छ। राष्ट्र बैंकले सोमबार अमेरिकी डलर १ को खरिद दर ११६ रुपैयाँ ६२ पैसा र बिक्री दर ११७ रुपैयाँ २२ पैसा तोकेको छ। आइतबार पनि अमेरिकी डलर १ को खरिद दर ११६ रुपैयाँ ६२ पैसा र बिक्री दर ११७ रुपैयाँ २२ पैसा नै थियो । अमेरिकी डलरको सटही दर स्थिर भएपनि अरुको भने घटबढ भएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार सोमबार यूरोपियन यूरो १… पुरा पढौ

३८.३२ अंकले बढ्यो नेप्से, १९ अर्ब ५५ करोड बढीको कारोबार

काठमाडौं, ३० जेठ । साताको पहिलो दिन आइतबार आज शेयर बजारमा फेरी नयाँ रेकर्ड कायम भएको छ । कारोबारको बृद्धि संगसंगै सूचकहरुमा नयाँ रेकर्ड कामय भएको छ । नेप्से परिसूचक ३८.३२ अंकले बृद्धि भएर २९८३.१० विन्दुमा पुगेको छ । नेप्से १.३० प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ११.५४ अंकले बृद्धि भएर ५३९.४१ विन्दुमा पुगेको छ । कुल २२० वटा कम्पनीको शेयर कारोकार भएको छ । ३ करोड, ७० लाख ७६ हजार ४३९ कित्ता शेयरको कारोबारबाट १९ अर्ब ५५ करोड १६ लाख… पुरा पढौ

सुनको मूल्य तोलामा ६ सय घट्यो

काठमाडौं, ३० जेठ । हप्ताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । आइतबार सुन तोलामा ६ सय रुपैयाँ घटेर तोलाको ९३ हजार ९ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तोलामा ६ सय रुपैयाँ नै बढेर सुन तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले नेपालमा पनि भाउ घटेको महासंघले जनाएको छ । सुनको मूल्य घटेपनि चाँदीको मूल्य स्थिर छ । आइतबार चाँदी तोलाको १३ सय ७० रुपैयाँमा कारोबार… पुरा पढौ

रकेटमा १० मिनेट यात्रा गर्न २८ मिलियन डलर !

न्यु सेफर्ड स्पेस रकेटमा यात्रा गर्न एक जनाले २८ मिलियन डलर तिरेका छन् । अमेजनका संस्थापक जेफ बेजोसको कम्पनी ब्लु ओर्जिनले बनाएको रकेटमा यात्रा गर्न एक जनाले २८ मिलियन डलर तिरेका हुन् । यो रकम नेपाली रुपैयाँमा ३ अर्ब २७ करोड हुन आउँछ । नाम नखुलाइएका ति व्यक्तिले २० जुलाईमा बेजोससँग १० मिनेट यात्रा गर्न पाउनेछन् । शनिबार भएको लिलामी बढाबढमा एकजनाले २८ मिलियन डलर कबोल गरेका अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । बेजोससँगको यात्राका लागि यसअघि विश्वभरबाट टिकट खरिद… पुरा पढौ

१० महिनामा २७ बैंकले गरे ५५ अर्बभन्दा बढी खुद नाफा

काठमाडौं, ३० जेठ। चालु आर्थिक वर्षको १० महिनामा २७ वटा बैंकले ५५ अर्बभन्दा धेरै खुद नाफा गरेका छन्। नेपाल राष्ट्र बैंकले नबिल, ग्लोबल आईएमई, एनआईसी एशिया, राष्ट्रिय वाणिज्य, नेपाल इन्भेष्टमेन्ट लगायत २७ वटा बैंकले ७९ करोड २८ लाख बराबर खुद नाफा गरेका हुन्। राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको १० महिनामा नबिल बैंकले ४ अर्ब ५ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ। १० महिनामा ग्लोबल आईएमई बैंक, ३ अर्ब ९१ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाउँदै दोस्रो… पुरा पढौ

आइतबारको विनिमय दर : कुनको कति ?

काठमाडौं, ३० जेठ। नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी विनिमय दर तोकेको छ। राष्ट्र बैंकले आइतबार अमेरिकी डलर १ को खरिद दर ११६ रुपैयाँ ६२ पैसा र बिक्री दर ११७ रुपैयाँ २२ पैसा तोकेको छ। यस्तै यूरोपियन यूरो १ को खरिद दर १४१ रुपैयाँ ७३ पैसा र बिक्री दर १४२ रुपैयाँ ४६ पैसा, यूके पाउण्ड स्टर्लिङ १ को खरिद दर १६४ रुपैयाँ ९९ पैसा र बिक्री दर १६५ रुपैयाँ ८४ पैसा तोकेको छ। यसैगरी बहराइन दिनार १ को खरिद दर… पुरा पढौ