आर्थिक 📈

निक्षेपमा सर्वसाधारणको आकर्षण कम, बैंकको कर्जा प्रवाह भने बढ्यो

काठमाडौं, १८ फागुन । कोरोना भाइरसको त्राससँगै सुस्ताएको कर्जा लगानी अहिले सुधार भएको छ । कर्जा लगानीम बैंकहरु निकै आक्रामक देखिएका छन् । कर्जा लगानीमा बैंकहरु आक्रामक भए पनि निक्षेप आउने क्रम भने तुलनात्मक हिसाबले कम देखिएको छ । फागुन महिनाको पहिलो सातामात्रै १८ अर्ब कर्जा प्रवाह भएको छ । नेपाल बैकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माक अनुसार फागुन १४ गतेसम्म कुल कर्जा लगानी बढेर ३३ खर्ब ६२ अर्ब पुगेको छ भने निक्षेप ३८ खर्ब ९ अर्ब रहेको छ ।… पुरा पढौ

साना किसान लघुवित्तको १२ हजार कित्ता हकप्रद बिकेन, लिलामीबाट बिक्री गरिने

काठमाडौं, १८ फागुन। साना किसान लघुवित्त वित्तीय संस्थाको शेयर लिलामीमा बिक्री हुने भएको छ । लघुवित्तले हकप्रद शेयर जारी गर्ने क्रममा बिक्री नभएका करिब साढे १२ हजार कित्ता शेयर बढाबढ बोलकबोलमा लिलामी हुन लागेको हो । सो शेयरमध्ये ३ हजार ३ सय ६८ कित्ता संस्थापक शेयर र ९ हजार ७४ कित्ता साधारण शेयर रहेको छ । यो शेयरको न्यूनतम कबोल मूल्य १ सय रुपैयाँ रहेको छ । यो शेयरका लागि चैत १३ गतेसम्म नबिल इन्भेष्टमेन्टको कार्यालय वा साना किसान लघुवित्तका… पुरा पढौ

राष्ट्र बैंककाे १० अर्बको विकास ऋणपत्र बोलकबोल हुँदै

नेकाठमाडौ, १८ फागुन । नेपाल राष्ट्र बैंकले मङ्गलबार रु १० अर्ब बराबरको विकास ऋणपत्रको बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार बोलकबोल प्रक्रियामार्फत ‘विकास ऋणपत्र २०८५ ङ’ विक्री गरिने भएको हो । ऋणपत्रको व्याजदर पनि बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपालीले खरिद गर्नसक्ने व्यवस्था गरिएको हो । यो ऋणपत्र धितो राखी कर्जा लिन वा दिन पाइने छ । केन्द्रीय बैंकले मङ्गलबार अपराह्न ३ बजे उक्त… पुरा पढौ

मेक इन नेपाल-स्वदेशी’ अभियानमा परिसंघ

काठमाडौं, १८ फागुन । नेपाल उद्योग परिसंघले राष्ट्रलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ ‘मेक इन नेपाल–स्वदेशी’ अभियानलाई प्राथमिकताका साथ अगाडि बढाउने भएको छ । परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वमा गएको प्रमण्डलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई भेटेर सो अभियानका बारेमा जानकारी गराएको हो । परिसंघका अध्यक्ष मोरले यो अभियानले स्वदेशी उत्पादन वृद्धि गर्न, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउन र नेपाली वस्तु र सेवाको माग बढाउने लक्ष्यसहित परिसंघले ‘मेक इन नेपाल–स्वदेशी’ अभियान शुरु गरेको बताए । परिसंघको यस अभियानमा नेपाल सरकारको साथ… पुरा पढौ

फेरि बढ्याे पेट्रोलियम पदार्थको मूल्य, निगमलाई १५ दिनमा साढे एक अर्ब घाटा

काठमाडौं, १८ फागुन । नेपाल आयल निगमले साेमबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले मूल्य समायोजन नगर्दा निगमलाई १५ दिनमा रु एक अर्ब ५४ करोड ६ लाख घाटा हुने अवस्था रहेको दाबी गरेको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर रु दुईका दरले मूल्यवृद्धि गरिएको छ । नयाँ मूल्यअनुसार पेट्रोल अब प्रतिलिटर रु ११६ कायम भएको छ । यस्तै, डिजल र मट्टितेल प्रतिलिटर रु ९९ कायम भएको छ ।… पुरा पढौ

स्याङ्गजाको हेलुमा सनराइज बैंकको ७१ औं शाखा रहित बैंकिङ्ग सेवा

काठमाडौं, १७ फागुन । सनराइज बैंक लिमिटेडले स्याङ्गजा जिल्लाको पुतलीबजार नगरपालिका वडा नं.–११, हेलु, स्याङ्गजामा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । फागुन १५ गते शनिवार पुतलीबजार नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष भवानी प्रसाद लामिछानेकाे प्रमुख अतित्थ्यतामा बैंकले उक्त शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएकाे हाे । यस शाखा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ७१ पुगेको छ । बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड… पुरा पढौ

नेप्से ४०.६४ अंकले बढ्याे, कारोबारमा निफ्रा देखियो अब्बल

काठमाडौं, १७ फागुन । साताको दोश्रो दिन आज शेयर बजार उकालोतिर लागेको छ । नेपाल स्टक एक्सचेन्जले आज नेप्से परिसूचक ४०.६४ अंकले बृद्धि भएको जनाएको छ । यसरी बढेको नेप्से परिसूचक २५१५.०३ विन्दुमा गएर रोकिएको छ । नेप्से आज १.६४ प्रतिशतले बढेको छ भने सेन्सेटिभ इण्डेक्स ६.४७ अंकले बृद्धि भएर ४५३.७५ अंकमा पुगेको छ । आज २०९ वटा कम्पनीको शेयर कारोबार भएको छ । १ करोड १८ लाख ३८ हजार ४८८ कित्ता शेयर खरिदबिक्री भएको छ । यसबाट ५ अर्ब… पुरा पढौ

जलविद्युत् आयोजना पुनःनिर्माणपछि सञ्चालन

रुकुमपूर्व, १७ फागुन । सिस्ने गाउँपालिका–८ धपेमा रहेको जामाखोला लघुजलविद्युत् आयोजना पुनःनिर्माण गरी सञ्चालन गरिएको छ । पहिरोले विद्युत् गृह बगाएर अवरुद्ध भएको दुई वर्षपछि विद्युत् पुनःनिर्माण गरी सञ्चालन गरिएको हो । शुरुमा २०७२ माघ २६ गते उद्घाटन गरी सञ्चालन भएको ९० किलावाटको विद्युत् आयोजना करीब चार वर्षसम्म चलेर बन्द भएको थियो । पहिले वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रको रु दुई करोड १३ लाख र जनश्रमदान गरी करीब रु चार लाखमा निर्माण गरिएको विद्युत् २०७५ असोज ५ गते राति आएको पहिराले… पुरा पढौ

उद्योगको गुणात्मक विश्लेषणसहितको अध्ययन गर्ने समझदारीपत्रमा हस्ताक्षर

काठमाडौ, १७ फागुन । नेपाल उद्योग वाणिज्य महासङ्घ र उद्योग विभागबीच उत्पादनमूलक उद्योगको गुणात्मक तथा परिमाणात्मक विश्लेषणसहितको अध्ययन गर्ने विषयमा द्विपक्षीय समझदारीपत्रमा आज हस्ताक्षर भएको छ । समझदारीपत्रमा महासङ्घका अध्यक्ष शेखर गोल्छा र विभागका महानिर्देशक जीवलाल भुसालले हस्ताक्षर गरेका हुन । समझदारीअनुसार कुनै पनि बौद्धिक सम्पत्तिको अधिकार संयुक्त रूपमा महासङ्घ र विभागको स्वामित्वमा हुने व्यवस्था गरिएको छ । दुवै संस्थाले आगामी छ महिनाभित्र साना मझौला, मध्यम तथा ठूला स्केलका उद्योगसँग सम्बन्धित तथ्याङ्क सङ्कलन गर्न प्रतिबद्धता जनाएको महासङ्घले जनाएको छ ।… पुरा पढौ

१५ करोड राजश्व छली : तीनविरुद्ध मुद्दा

काठमाडौ, १७, फागुन । राजश्व अनुसन्धान विभागले विराटनगर महानगरपालिका–९ स्थित बाबा फ्लोर मिल्स प्रालिका सञ्चालक तथा गोपाल फ्लोर मिलका मुख्य कारोवारी सुरेशकुमार राठीसहित तीनविरुद्ध उच्च अदालत पाटनमा आर्थिक अपराधको मुद्दा दर्ता गरेको छ । उनीहरूले रु १५ करोड ३६ लाख बिगो बराबरको राजश्व छली गरेको विभागले आरोप लगाएको छ । विभागले गरेको अनुसन्धानमा उनीहरूले आम्दानीभन्दा घटी बिक्री देखाई मूल्य अभिवृद्धि कर, लाभांश कर तथा आयकर छलेको पाइएको हो । उक्त घटनामा उनीसहित सोही ठाउँका सुमन राठी र गिरधारीलाल अग्रवाल संलग्न… पुरा पढौ