आर्थिक 📈

सगरमाथा इन्स्योरेन्स कम्पनीको संचालकमा शेरचन नियुक्त

काठमाडौं, १४ फागुन । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले रिक्त रहेको संचालक पदमा आज राजेन्द्रमान शेरचनलाई नियुक्त गरेको जानकारी दिएको छ । कम्पनी सचिव विश्वनाथ अधिकारीका अनुसार कम्पनीको २०७६ असार १३ मा सम्पन्न वार्षिक साधारण सभाबाट समूह 'ग' बाट संचालक पदमा निर्वाचित कीर्ति कुमार जोशीको स्वर्गारोहण भएपछि रिक्त रहेको संचालक पदमा शेरचनलाई नियुक्त गरिएको हो । बिहिबार बसेको संचालक समितिको बैठकले कम्पनी ऐन २०६३ को दफा ८७ '२' ले ब्यवस्था गरेअनुसार काठमाडौं महानगरपालिका वडा नं १६ ठमेलमा बस्ने शेरचनलाई संचालक पदमा… पुरा पढौ

आइपिओ निष्काशन गर्दै ज्योति लाइफ इन्स्योरेन्स

काठमाडौं, १४ फागुन । ज्योति लाइफ इन्स्योरेन्सले यही फागुन २३ गतेदेखि साधारण शेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले १०० का दरले ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । तीमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषलाई र तीन लाख ३३ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६६ हजार… पुरा पढौ

सुनचाँदीको मूल्य घट्ने क्रम रोकिएन, कति पर्छ तोलाको ?

काठमाडौं, १४ फागुन । सुनचाँदीको मूल्य घट्ने क्रम रोकिएन । साताकाे छैटाैं दिन आज छापावाला सुनको मूल्य प्रतितोला रुपैयाँ ५०० ले घटेको छ । चाँदीको मूल्य पनि रुपैयाँ २० ले घटेको छ । आज छापावाला सुन प्रतितोला रुपैयाँ ५०० ले घटेर ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । बिहिबार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ३५० रुपैयाँमा कारोबार भएको छ ।… पुरा पढौ

‘मेन्था’ जडीबुटी खेतीमा किसानको आकर्षण

टीकापुर, १४ फागुन । कैलालीका किसानले तेस्रो बालीका रूपमा गर्दै आएको जडीबुटीका रूपमा प्रयोग हुने मेन्था खेती किसानको रोजाइ बन्न थालेको छ । धान बाली र तोरी बाली स्याहारेपछि खाली भएको जमिनमा कैलाली टीकापुर क्षेत्रका किसानले मेन्था खेती गरेर राम्रो आम्दानी लिने गरेका छन् । मेन्था खेतीबाट राम्रो आम्दानी हुनुका साथै अर्को बालीको उत्पादन बढाउन सहयोग पुग्ने भएकाले मेन्था खेती गर्ने किसान बढ्दै गएका छन् । गत वर्ष तोरी खेती भित्र्याएपछि खाली रहेको चार कठ्ठा जमिनमा मेन्था खेती गरेका किसान रमेश… पुरा पढौ

प्रोत्साहन अभियानले बाँझो जग्गा खेतीयोग्य बन्दै

वालिङ, १४ फागुन । स्याङ्जाको फेदीखोला गाउँपालिकाले लगातार दुई वर्ष बाँझो रहेको जमिनमा खेती गर्ने किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउने अभियान चलाएसँगै बाँझो जग्गा खेतीयोग्य बन्दै गएको छ । गाउँपालिकाले कार्यविधि बनाएर गत आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याएपछि लामो समयदेखि बाँझो रहेका जग्गामा पुनः खेतीपाती शुरु भएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए । गाउँपालिकाभित्र दुई वर्षदेखि बाँझो रहेका खेतीयोग्य जमिनमा कृषिजन्य वस्तुको उत्पादनमा जोड दिने, उत्पादन वृद्धिसँगै आत्मनिर्भरता बढ्ने, किनेर खानेभन्दा पनि बिक्री वितरण गरेर खाने बानीको विकास हुनुका साथै विशेषगरी… पुरा पढौ

महिला लघुवित्त वित्तीय संस्थाको शेयर बाँडफाँड आज

काठमाडौं, १४ फागुन । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर बाँडफाँड आज बिहान ८ वजेदेखि काठमाडौं हात्तिसारमा रहेको नेपाल एसबिआाई मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालयबाट हुँदैछ । माग भन्दा बढी आवेदन परेकाले बाँडफाँड गोलाप्रथाको विधिबाट हुँदैछ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट लिमिटेडका अनुसार महिला लघुवित्तको साधारण शेयर (आइपीओ)मा १५ लाख ४० हजार ४८ जना शेयर लगानीकर्ताले आावेदन दिएका छन् । उनीहरुले २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको २ करोड ३४ लाख ३३… पुरा पढौ

३ वाणिज्य बैंक र १ लघुवित्तको ३ करोड बढी कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं, १४ फागुन । नेप्सेमा आज तीनवटा वाणिज्य बैंक तथा एक लघुवित्तको शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार ३ करोड ३९ लाख ७८ हजार ४७९.०१२४ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । जसअनुसार कृषि विकास बैंककाे १ करोड ४३ लाख ३४ हजार ६९१.०४६४ कित्ता बोनस शेयर रहेको छ । जुन १५ प्रतिशत हुन आउछ । त्यसैगरी मेगा बैंकको १ करोड ३३ लाख २२ हजार ६९५.४१ कित्ताकाे हुन आउने १० प्रतिशत र स्टान्डर्ड चार्टर्ड बैंकको ५६ लाख ८… पुरा पढौ

महासंघ र बैंकर्स संघबीच ऋण सहजीकरणमा सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं, १४ फागुन । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स सङ्घकाबीच लघु, घरेलु, साना तथा मझौला उद्यमको प्रवद्र्धन एवं संरक्षणका लागि वित्तीय कर्जालगायत सेवा प्रवाहमा सहजीकरण गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालबीच हस्ताक्षर भएको हो । दुवै संस्थाबीच भएको समझदारीअनुसार वाणिज्य बैंक र साना तथा मझौला उद्यमबीच कर्जालगायत वित्तीय सेवा प्रवाहमा रहेका कठिनाइ समाधान गर्दै सहजीकरण गरिनेछ । त्यसका लागि केन्द्रीय तथा प्रादेशिक तहमा संयुक्त कार्यदल गठन गर्ने… पुरा पढौ

गाउँगाउँमा इजरायलको अत्याधुनिक कृषि प्रविधि : मन्त्री अर्याल

लमजुङ, १३ फागुन । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्मा अर्यालले गाउँगाउँमा इजरायलको अत्याधुनिक कृषि प्रविधि पुर्याइने बताएकी छन् । लमजुङको बेँसीशहर नगरपालिका–२ मा निर्माणाधीन श्रीजङ्ग गण नेपाली सेनाको व्यावसायिक कृषि तथा पशुपालन तालीम केन्द्रको आज अवलोकन गर्दै मन्त्री अर्यालले सो जानकारी दिएकी हुन । उनले भनिन, “विश्वमै अगाडि मानिएको इजरायलको कृषि प्रविधि गाउँगाउँमा पु¥याउन सके देश समृद्धितर्फ अघि बढ्नेछ । कृषिको विकास हुन सकेमा मात्र देशको विकास हुनेमा हामी स्पष्ट छौँ ।” व्यावसायिक कृषि, आधुनिकरण र यान्त्रिकीरण भए मात्र सरकारले… पुरा पढौ

नेप्से ४४.९४ अंकले घट्यो, ६ अर्ब ९ करोड बढीको कारोबार

काठमाडौं, १३ फागुन । साताको पाँचौ दिन बिहिबार आज नेप्से ४४.९४ अंकले घटेको छ । यसरी घट्ला नेप्से २५५४.१३ विन्दुमा गएर रोकिएको छ । आाज नेप्से १.७३ प्रतिशतले घटेको छ भने सेन्सेटिभ इण्डेक्स ८.५३ अंकले घटेर ४६१.८१ मा पुगेको छ । आज जम्म्मा २०६ वटा कम्पनीको शेयर खरिदबिक्री भएको छ । १ करोड ५८ लाख ५६ हजार १७१ कित्ता शेयर खरिदबिक्री भएको छ भने यसबाट ६ अर्ब ९ करोड ८१ लाख ८८ हजार ४१४ रुपैयाँ बराबरको कारोबार भएको छ ।… पुरा पढौ