आर्थिक 📈

आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट, तोलाको कति ?

काठमाडौं, ९ माघ । साताको छैंटौं दिन शुक्रबार आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज छापावाला सुन प्रतितोला २०० रूपैयाँले गिरावट आएको हो । आज चाँदीको मूल्यमा पनि ताेलामा १५ रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ९०० मा कारोबार भएको छ । बिहिबार छापावाला सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । बिहिबार तेजाबी… पुरा पढौ

एकीकृत भन्सार चौकी विराटनगरकाे राजस्व सङ्कलन १८ अर्ब, गत बर्षकाे तुलनामा कति बढ्याे राजस्व ?

विराटनगर, ९ माघ । एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कूल रु १८ अर्ब तीन करोड २६ लाख २१ हजार राजश्व सङ्कलन गरेको छ । सो अवधिमा भन्सारले रु २३ अर्ब छ करोड ८३ लाख ६६ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयले लक्ष्यमा रु पाँच अर्ब तीन करोड ५७ लाख ४५ हजार कम सङ्कलन गरी समग्रमा ७८ दशमलव १७ प्रतिशत प्रगति गरेको जनाएको छ । गएको वर्षमा सो अवधिमा रु २६ अर्ब… पुरा पढौ

चन्द्रागिरी हिल्सको शेयर बाँडफाँड आज

काठमाडौं, ९ माघ । चन्द्रागिरी हिल्सको साधारण शेयरको बाँडफाँड आजदेखि गर्न लागिएको शेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार नक्सालस्थित कार्यालयबाट बिहान १० बजेदेखि कम्पनीको शेयर बाँडफाँड गर्न लागिएको हो । चन्द्रागिरीको शेयरमा २ करोड २८ लाख २० हजार २१० कित्ताका लागि आवेदन परेका थियाे भने १२ लाख ५१ हजार ९३८ जनाले आवदेन दिएका थिए । तिमध्ये १२ लाख ११ हजार ११५ जनाको आवेदन मात्र स्वीकृत गरिएको छ । ४५ हजार ६३१ वटा आवेदन रद्ध भएका… पुरा पढौ

महासंघको निर्यात प्रवर्धन समिति विस्तार

काठमाडौं, ९ माघ । नेपाल उद्योग वाणिज्य महासंघले निर्यात समिति विस्तार गरेको छ । कार्यकारिणी समितिका सदस्य मनिषलाल प्रधानको सभापतित्वमा गठित निर्यात प्रवर्धन समिति विस्तार गरिएको हो । समितिको सहसभापतिमा महासंघको कार्यकारिणी समितिका सदस्य नरेशलाल श्रेष्ठ र महासंघको वाग्मती प्रदेशका उपाध्यक्ष सविन श्रेष्ठ चुनिएका छन् । त्यसैगरी समितिका सदस्यमा नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका सचिव हेमन्तराज बोहरा, नेपाल पश्मिना उद्योग संघका महासचिव अजयसिंह कार्की, नेपाल हस्तकला महासंघका उपाध्यक्ष सनम शाक्य, नेपाल अलैँची व्यवसायी संघका अध्यक्ष राजकुमार कार्की, नेपाल ऊनी… पुरा पढौ

नेप्से परिसूचक ३१.८७ अंकले वृद्धि, ७ अर्ब ७९ करोड बढीको कारोबार

काठमाडौं, ८ माघ । बिहिबार नेप्से परिसूचक ३१.८७ अंकले बढेको छ । ३१.८७ अंकले बढेको नेप्से परिसूचक २३७४.६४ अंकमा पुगेर रोकिएको छ । नेप्से १.३६ प्रतिशतले बढेको छ भने सेन्सेटिभ इन्डेक्स २.५९ अंकले बढेर ४४५.५९ अंकमा रहेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार आज २०९ कम्पनीको १ करोड ८१ लाख ५ हजार ६७१ कित्ता शेयर खरिदबिक्री भएको छ । यस शेयर कारोबारबाट ७ अर्ब ७९ करोड ८५ लाख २८ हजार ४३३ रुपैयाँ कारोबार भएको छ । आज कारोबार भएका… पुरा पढौ

६ महिनामा साढे ६ खर्बको विदेशी वस्तु आयात

काठमाडौं, ८ माघ । चालू आर्थिक वर्ष २०७७-७८ को पहिलो छ महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको छ महिनाको (साउनदेखि पुस मसान्तसम्म) तथ्याङ्क अनुसार ५ प्रतिशत आयातमा कमी आउँदा ६ प्रतिशतले निर्यातमा वृद्धि भएको हो । विभागको तथ्याङ्कअनुसार चालू आवको छ महिनाको तथ्याङ्क अनुसार रु छ खर्ब ६१ अर्ब २४ करोड बढीको विदेशी वस्तुको आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा ४ दशमलव ८१ प्रतिशत कमी हो । गत… पुरा पढौ

तिलोत्तमामा ३२५५ दुग्ध उत्पादक किसानलाई अनुदान

तिलोत्तमा, ८ माघ । तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान रकम प्रदान गरेको छ। नगरपालिकाले सहकारीमार्फत दुग्ध उत्पादक किसानलाई प्रतिलिटर रु एकका दरले अनुदान उपलब्ध गराएको हो। उत्पादनका आधारमा अनुदान दिने नीतिअनुरुप यो वर्ष किसानले रु ४५ लाख ९८ हजार ८०० प्राप्त गरेका छन् । अनुदानलाई साना किसानसम्म पुर्‍याउन एक आर्थिक वर्षमा सहकारीमार्फत बिक्री गरेको दूधको परिमाणअनुसार अनुदान रकम प्रदान गरिएको नगरप्रमुख वासुदेव घिमिरेले बताए। सहकारीले उपलब्ध गराएको आव २०७६/७७ को लेखापरीक्षण प्रतिवेदनको आधारमा २० दुग्ध उत्पादक सहकारीमा… पुरा पढौ

आज पनि बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

काठमाडौं, ८ माघ । साताको पाँचौ दिन आज बिहिबार छापावाला सुनको मूल्य रुपैयाँ ६०० ले बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बुधबार रुपैयाँ ५०० ले बृद्धि भएको छापावाला सुनको मूल्य आज रुपैयाँ ६०० ले बृद्धि भएर प्रतितोला ९३ हजार १०० मा कारोबार भएको छ । बुधबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६०० मा कारोबार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला ९२ हजारमा कारोबार… पुरा पढौ

नेपाल इन्भेष्टमेन्ट बैंककाे साधारण सभा आज

काठमाडौं, ८ माघ । नेपाल इन्भेष्टमेन्ट बैंकले आज ३४ औंं वार्षिक साधारण सभा आयोजना गरेकाे छ । साधारण सभा काठमाडाैं दरबार मार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान १० बजेदेखि शुरु भएको हाे । सभामा संचालक समितिले प्रस्ताव गरेकाे १३ प्रतिशत बोनस शेयर तथा ५.५० प्रतिशत नगद लाभांशसहित १८.५० प्रतिशत लाभांश छलफलपछि पारित गर्न लागिएकाे छ । सभामा बैंक तथा वित्तीय संस्थासंग मर्जर वा एक्वाएरका लागि त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव रहेको छ । यस्तै सभामा बैंकको अधिकृत पूँजी बढाएर १८… पुरा पढौ

चन्द्रागिरीको आईपीओः ४० हजारको आवेदन अस्वीकृत, भोलि बाँडफाँड हुँदै

काठमाडौं, ७ माघ । चन्द्रागिरी हिल्स लिमिटेडको साधारण सेयर (आईपीओ) आगामी शुक्रबार बाँडफाँड हुने भएको छ । कम्पनीको सेयर बिक्री तथा निष्काशनको जिम्मा पाएको ग्लोबल आइएमई क्यापिटलले शुक्रबार बाँडफाँड गर्ने जानकारी दिएको छ । कम्पनीले पुस २४ गतेदेखि सर्वसाधारणको आईपीओ बिक्रि खुला गरेको थियो । कम्पनीले एक सय रुपैयाँका दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्काशन गरेको हो । आईपीओमा आवेदन दिएका मध्ये १२ लाख ११ हजार ११५ जनाकोमात्रै आवेदन… पुरा पढौ