आर्थिक 📈

बिहिबार ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २० फागुन । साताको पाँचौ दिन बिहिबार आज सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । बुधबार प्रतितोला ५०० रुपैयाँले उकालो लागेको छापावाला सुनको मूल्य बिहिबार आज १००० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज रु १००० ले ओरालो लागेको छापावाला सुन प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजाबी सुन आज प्रतितोला ८६ हजार ५० रुपैयाँमा कारोबार भएको छ । बुधबार तेजाबी सुनको मूल्य प्रतितोला ८७ हजार ५० रुपैयाँ कायम भएको थियो ।… पुरा पढौ

३० लाख ४१ हजार बढीले डिम्याट खाता खोले

काठमाडौं, २० फागुन । शेयर बजारमा लगानीकर्ताको आकर्षणसंगै डिम्याट खाता खोल्नेको संख्या पनि बढीरहेको छ । बुधबारसम्मको आँकडालाई हेर्ने हो भने यो संख्या ३० लाख कटेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले डिम्याट खाताको संख्या ३० लाख ४१ हजार ६९८ पुगेको जनाएको छ । माघ महिनाको ६ गते सम्म डिम्याट संख्या २६ लाख १० हजार ८६२ पुगेको थियो । फागुन महिनाको ६ गते उक्त संख्या २८ लाख २७९ पुगकोमा बुधबार फागुन १९ गतेसम्म आउँदा डिम्याट खाता खोल्नेको संख्या ३० लाख… पुरा पढौ

टर्कीबाट ल्याइएका ओखरको बिरुवा अनुदानमा कृषकलाई वितरण

रुकुम (पूर्व), २० फागुन । रुकुम (पूर्व) का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका कृषक पछिल्लो समय उन्नत जातको अर्थात दाँते ओखरको खेतीतर्फ आकर्षित भएका हुन् । पछिल्लो समय जिल्लाका कृषकदेखि लिएर जनप्रतिनिधि र राजनीतिमा सक्रिय व्यक्तिले पनि दाँते ओखरको खेती गरिरहेका छन् । ओखर खेतीलाई उन्नतरूपमा विस्तार गर्न जिल्लामा भर्खरै टर्कीबाट १९ हजार दाँते ओखरका कलमी बिरुवा ल्याइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ रुकुम (पूर्व), रोल्पा कार्यालयले… पुरा पढौ

टेलिकमको अनपेक्षित लाभांश, निराश बने लगानीकर्ता

काठमाडौं, २० फागुन । केहि दिन अघिसम्म नेपाल टेलिकम ( नेपाल दुरसञ्चार कम्पनी) को सेयर किन्न लगानीकर्ताको आकर्षण नै थियो । समग्रमा बजार बढ्दा टेलिकमको सेयर मूल्य पनि राम्रै बढिरहेको थियो । तर बुधबार नेपाल टेलिकमको सेयर मूल्यमा राम्रै गिरावट आयो । नेपाल स्टक एक्सचेञ्जले दिएको जानकारी अनुसार यस कम्पनीको सेयर मूल्य बुधबार ५ दशमलव ७४ प्रतिशत अर्थात एकैदिन ७३ रुपैयाँले घटेर १ हजार १ सय ९९ सय रुपैयाँमा झरेको छ । बुधबार धेरै गुमाउने कम्पनीहरु मध्ये टेलिकम तेस्रो नम्बरमा… पुरा पढौ

प्रभु बैंकको १० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं, २० फागुन । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार प्रभु बैंकको बोनस शेयर सूचीकृत भएको छ । बैंकको १० प्रतिशतले हुने १ करोड ३ लाख १५ हजार ५०६.६४ कित्ता शेयर सूचीकृत भएको छ । आर्थिक वर्ष २०७६/२०७७ को नाफाबाट १० प्रतिशत बोनस शेयर नै नेप्सेमा सूचीकृत भएको हो । अब शेयर लगानीकर्ताहरुले शेयर नेप्सेमा सूचीकृत भएसंगै शेयरको विवरण डिम्याट आएपछि शेयर खरिदबिक्रीको कारोबार गर्न सक्ने भएका छन् । बैंकको चुक्ता पूँजी ११ अर्ब ३४ करोड ७० लाख रुपैयाँ छ ।… पुरा पढौ

स्वास्थ्य केन्द्र निर्माणका लागि १ अर्ब ८ करोड निकासा हुदै

काठमाडौं, २० फागुन  । अर्थ मन्त्रालयले ११३ वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रका लागि रु एक अर्ब आठ करोड ५३ लाख २३ हजार शसर्त अनुदानका रुपमा निकासा गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्द्रको निर्माणाधीन भवनको दायित्व भुक्तानीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा रकम निकासामा स्वीकृत दिनुभएको हो । स्थानीय तहका सबै वडाबाट प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने नीतिअनुसार दुई हजार ६२६ वडामा स्वास्थ्य संस्था निर्माणाधीन अवस्थामा छन् । स्वास्थ्य संस्थाको काम सम्पन्नताका आधारमा… पुरा पढौ

राष्ट्र बैंकले बढायो विद्युतीय भुक्तानीको सीमा

काठमाडौं, १९ फागुन । विद्युतीय माध्यमबाट हुने भुक्तानीको सीमा नेपाल राष्ट्र बैंकले वृद्धि गरेको छ । राष्ट्र बैंकले बुधबार निर्देशन जारी गर्दै कारोबार सीमा दोब्बरले बढाएको जानकारी दिएको छ ।नयाँ व्यवस्था अनुसार अब मोवाइल बैंकिङ कारोबार अब दैनिक २ लाख रुपैयाँसम्म गर्न पाइने भएको छ । यस अघि एक लाख रुपैयाँमात्रै थियो । यसैगरी राष्ट्र बैंकले इन्टेरनेट बैंकिङ कारोबारको सीमा समेत बढाएर दैनिक २० लाख रुपैयाँ पुर्याएको छ । राष्ट्र बैंकले यो सीमा बढाएसँगै सेयर बजारको दोस्रो बजारमा कारोबार गर्नेलाई… पुरा पढौ

कृषि व्यवसाय गर्ने युवालाई बिनाधितो कर्जा

अर्घाखाँची, १९ फागुन । सन्धिखर्क नगरपालिकाले व्यावसायिक कृषि व्यवसायमा संलग्न कृषकलाई बिनाधितो सुलभ ब्याजदरमा कृषि ऋण प्रदान गर्ने भएको छ । व्यावसायिक कृषि गर्नेलाई सुलभ कृषि कर्जा प्रदान गर्न नगरपालिका र नेपाल बैंक लिमिटेडबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसाल र नेपाल बैंक लिमिटेडका लुम्बिनी प्रदेशका मुख्य प्रबन्धक लेखनाथ भुसालले सम्झौतापत्रमा हस्ताक्षर गरे । विदेशबाट फर्किएका र कोरोनाका कारण रोजगारी गुमाएका युवा तथा अन्य युवालाई कृषि पेशामा आवद्ध गराई समृद्ध सन्धिखर्क नगरपालिका बनाउन सुलभ कृषि… पुरा पढौ

ज्योति लाइफको आइपीओ निष्काशन तथा बिक्री शुक्रबारदेखि हुदै

काठमाडौं, १९, फागुन । ज्योती लाइफ इन्स्योरेन्सको आइपीओ निष्काशन मिति परिवर्तन भई दुई दिन अघि फागुन २१ गते सरेकाे छ । यसअघि फागुन २३ गतेदेखि सर्वसाधारणका लागि फागुन २३ गते शेयर निष्काशन तथा बिक्री खुलाउने भनिएको थियो । कम्पनीका अनुसार १०० रुयैयाँ अंकित दरका ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशन तथा बिक्री गर्न लागिएको छ । उक्त शेयरबाट ३ लाख ३० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । ३ लाख ३० हजार कित्ता कर्मचारीहरुको लागि… पुरा पढौ

पाैने ७ कराेडमा ऋषिङपाटन र ऋषिङ गाउँपालिका जोड्ने पुल निर्माण हुने

दमौली, १९ फागुन । तनहुँको भीमाद नगरपालिका–५ ऋषिङपाटन र ऋषिङ गाउँपालिका–८ पल्ट्याङ जोड्ने फेदीखोलामा पुल निर्माण हुने भएको छ । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले फेदीखोलामा पक्की पुल निर्माण शुरु गरेपछि यहाँका स्थानीयवासी खुशी भएका छन् । हिउँदको समयमा सुकेपनि वर्षायाममा निकै ठूलो हुने छ । “हिउँदमा सामान्य भए पनि वर्षायाममा खोला बढेर तर्न एकदमै सकस हुन्छ,” तनहुँको भीमाद नगरपालिका–५ ऋषिङपाटनमा तुलबहादुर थापाले भने, “फेदीखोलामा पक्की पुल बन्ने भएपछि यहाँका स्थानीयवासीलाई अब सहज हुने भयो ।” यही खोलाले… पुरा पढौ