आर्थिक 📈

बैंकिङ कसुर मुद्दामा जेल चलान

काठमाडौं, १० फागुन । बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार हुँदै आएका एक व्यक्ति जेल चलान भएका छन् । उच्च अदालत पाटनको पुस २९ को फैसलाले सात दिन कैद र २१ लाख ५० हजार जरिवानाको फैसला सुनाइएका काठमाडौं महानगरपालिका–३ महाराजगञ्ज बस्ने ४९ वर्षीय सुधीर श्रेष्ठलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) बाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि परिचालित प्रहरी टोलीले उनलाई काठमाडौँको ठमेलबाट पक्राउ गरेको प्रहरी उपरीक्षक गङ्गा पन्तले… पुरा पढौ

नेप्से परिसूचक ३.६६ अंकले बढ्याे, ८ अर्ब ८३ करोड बढीको कारोबार

काठमाडौं, ९ फागुन । साताको पहिलो दिन आज शेयर बजारमा सामान्य सुधार भएको छ भने सेन्सेटिभ इण्डेक्स घटेको छ । शेयर खरिदबिक्रीमा उत्साह कायम रहँदा नेप्सेमा भने सामान्य बृद्धि भएको छ । आज पनि नेप्से २६०० विन्दुमाथि जान सफल भएको छ । नेप्से परिसूचक ३.६६ अंकले बृद्धि भई २६४०.३४ विन्दुमा पुगेको हो । नेप्से आज ०.१४ अंकले बृद्धि भएको हो । आज सेन्सेटिभ इण्डेक्स भने २.२० अंकले घटेर ४७९.५८ विन्दुमा रहेको छ । आज २०७ कम्पनीको शेयर कारोबार भएको छ… पुरा पढौ

प्रभु क्यापिटलले राष्ट्रिय बहिरा महासंघका सदस्यहरुलाई शेयर बजार सम्बन्धी १ दिने तालिम प्रदान

काठमाडाैं, ९ फागुन । प्रभु क्यापिटल लिमिटेडले यहि फाल्गुण ८ गते राष्ट्रिय बहिरा महासंघ नेपालको सहयोगमा शेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा राष्ट्रिय बहिरा महासंघ नेपाल अन्तरगत रहेका करिब २५० जना सदस्यहरुको सहभागीता रहेको थियो । कार्यक्रममा प्रभु क्यापिटलका चिफ बिजनेस अफिसर वासु थपलियाले स्वागत मन्तब्य राख्दै मन्तव्यको क्रममा राष्ट्रिय बहिरा महासंघका सदस्यहरुलाई प्रभु क्यापिटलमा डिम्याट खोल्दा कुनै पनि शुल्क नलाग्ने र प्रभु क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत राष्ट्रिय बहिरा महासंघका सदस्यहरुलाई निःशुल्क… पुरा पढौ

आईतबार बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

काठमाडौं, ९ फागुन । साताको पहिलो दिन आईतबार आज सुनचाँदीको मूल्यमा बृद्धि भएको छ । आज छापावाला सुन प्रतितोला ८०० रुपैयाँले र चाँदी २५ रुपैयाँले बृद्धि भएको छ । आज छापावाला सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला ८८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ८८ हजार ५०० रुपैयाँ कायम भएको छ । शुक्रबार तेजाबी सुनको मूल्य ८७ हजार ७५० रुपैयाँ कायम भएको थियो… पुरा पढौ

सिभिल बैंकको साधारण सभा आज, कस्ता छन् एजेण्डा ?

काठमाडौं, ९ फागुन । सिभिल बैंकको १०औं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई वितरण गरिने ८.४२ प्रतिशत लाभांश आज पारित गर्दैछ । साधारण सभा बैंकको केन्द्रीय कार्यालय सुन्धारामा पूर्वान्ह ११ वजेदेखि बोलाईएको छ । सभामा अनलाइनमार्फत पनि सहभागिताको व्यवस्था मिलाईएको बैंकले जनाएको छ । सभामा माघको २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सहभागिता जनाउन र लाभांशका हकदार हुनेछन् । गएको माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले १०औं साधारण सभाको मिति तोकेको थियो । समितिको निर्णय अनुसार सभामा आर्थिक वर्ष २०७६/२०७७… पुरा पढौ

हलेसी तुवाचुङ नगरपालिकाको वित्तीय प्रगति ३७ प्रतिशत

खोटाङ, ८ फागुन । हलेसी तुवाचुङ नगरपालिकाले चालु आर्थिक वर्ष ३७ प्रतिशत वित्तीय प्रगति गरेको जानकारी दिइएको छ । आठौँ नगरसभाले आर्थिक वर्ष २०७७, ०७८ का लागि रु ५२ करोड ९९ लाख १३ हजार ६५२ रकम स्वीकृत गरेकामा चालुतर्फ विनियोजन भएको रु पाँच करोड ४२ लाख ५३ हजार ६६० मध्ये रु दुई करोड ९० लाख ६६ हजार ८२२ तथा पूँजीगततर्फ रु १७ करोड ८१ लाख ६० हजार ९९० विनियोजन भएकामा रु पाँच करोड ६३ लाख ४३ हजार ७४८ खर्च भएको हो… पुरा पढौ

चरक मेमोरियलमा मेगाको एटिएम काउन्टर

पोखरा, ७ फागुन । मेगा बैंक लि. ले पोखराको चरक मेमोरियल हस्पिटलमा एटिएम काउन्टर खोलेको छ । काउन्टरको शुक्रबार एक समारोहबीच बैंकका गण्डकी प्रदेश प्रमुख ज्ञानेन्द्र पन्त र अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले उद्घाटन गरेका हुन् । एटिएम काउन्टर स्थापनासँगै अस्पतालमा उपचारार्थ आउने बिरामीहरुको लागि सुविधा हुने विश्वास गरिएको छ । चरक मेमोरियल निजी स्तरबाट संचालित अस्पतालमध्ये गण्डकी प्रदेशकै ठूलो अस्पतालको रुपमा परिचित छ । यसैबीच गत असारमा गण्डकी विकास बैंकलाई गाभेर बृहत् बनेको मेगा बैंक नेपालमा बाणिज्य बैंकहरुमा उत्कृष्टमध्ये… पुरा पढौ

हवाई भाडादर बढ्यो

काठमाडौं, ७ फागुन । हवाई सेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घ नेपालले हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडामा केही वृद्धि गरेको छ । नेपाल आयल निगमले गत फागुन ४ देखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर दुई बढाउने निर्णय गरेकाले हवाई इन्धनको मूल्य जे–जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य लागू गर्ने निर्णय भएको सङ्घले विज्ञप्तिमार्फत जनाएको छ । निर्णयअनुसार सङ्घमा आबद्ध वायु सेवा कम्पनीले फागुन ८ गतेदेखि नयाँ इन्धन मूल्य लागू गर्नेछन् । सो विषयमा नियामक… पुरा पढौ

ट्राफिक जरिवाना बैंकिङ प्रणालीबाट

भरतपुर, ७ फागुन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र मातहतका कार्यालयले लिँदै आएको ट्राफिक जरिवाना बैंकिङ प्रणालीमार्फत लिन शुरु गरेको छ । जरिवाना बुुझाउनुपर्ने सवारी साधनका चालकले ग्लोबल आइएमई बैंकको चितवनस्थित शाखामा जरिवाना तिर्न सक्ने गरी व्यवस्था गरिएको छ । बैंकमा जरिवाना बुुझाएपछि चालक गोविन्दप्रसाद तिवारीलाई कागजपत्र फिर्ता गर्दै वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले कार्यक्रमको शुुभारम्भ गरे। ट्राफिक जरिवाना बैंकिङ प्रणालीबाट सङ्कलन गर्दै प्रहरी नायब महानिरीक्षक लामाले प्रहरीले गर्ने कामलाई प्रविधिमैत्री बनाउन अग्रसर… पुरा पढौ

उदयपुरमा व्यापक व्यावसायिक केरा खेती

उदयपुर, ७ फागुन । उदयपुर जिल्लामा उत्पादन हुने फलफूल खेतीमध्ये व्यावसायिक केरा खेतीमा उल्लेखनीय वृद्धि भएको छ । जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार अहिले जिल्लाको त्रियुगा नगरपालिका, बेलका नगरपालिका, कटारी र चौदण्डीगढी नगरपालिकासहित जिल्लाको उदयपुरगढी गाउँपालिका क्षेत्रमा सबैभन्दा बढी केरा खेती विस्तार भएको छ । त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीका अनुसार अहिले त्रियुगा नगरपालिकाको राजावास, बगाहा, जोगीदह, खैजनपुर, साउने, खाँबुचुहाडे तथा श्रीपुर क्षेत्रलाई केरा जोन क्षेत्र नै घोषणा गरेर व्यापक केरा खेती विस्तार भएको हो । जिल्लाको चौदण्डीगढी नगरपालिकाको… पुरा पढौ