आर्थिक 📈

बीमालाई थप परिष्कृत र मर्यादित बनाइन्छ : सिलवाल

काठमाडौं, २४ माघ । बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले देशमा विस्तारित हुँदै गएको बीमा व्यवसायलाई थप परिष्कृत, मर्यादित र नागरिकका बीचमा पु¥याइने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आम नागरिकको भरोसा बढाउँदै बीमा कम्पनीलाई सोहीअनुसार अगाडि बढाउन आफूले दिलोज्यान दिएर लागिपर्ने बताए । समितिको कार्यालयमा पदबहालीपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बीमा क्षेत्रमा रहेका विृकति तथा विसंगतिलाई निर्मूल गर्ने र नागरिकमा थप भरोसा दिलाउने उल्लेख गरे । समितिलाई नियन्त्रकको काम गर्न बाध्य नबनाउन आग्रह गर्दै उनले कानून, नियम र… पुरा पढौ

मुलुकले आर्थिक सम्पन्नता हासिल गर्न सक्छ : परिसंघ

काठमाडौं, २४ माघ । नेपाल उद्योग परिसङ्घले मुलुकको आर्थिक सम्पन्नताका लागि अबको १० वर्ष निकै महत्वपूर्ण हुने बताएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँग आयोजित अन्तरक्रियामा परिसङ्घ अध्यक्ष सतीशकुमार मोरले विगतका सङ्कट झेलेर सबल भएको निजी क्षेत्रलाई राज्यले उपयुक्त वातावरण सृजना गरे छिट्टै मुलुकले नयाँ गति लिने बताए । सबै किसिमका विपत्तिमा पनि निजी क्षेत्र विचलित नभई अघि बढेको भन्दै अध्यक्ष मोरले यसको फाइदा लिएर समृद्धि हासिल गर्न सरकारको ध्यानाकर्षण गराए । “द्वन्द्व सङ्क्रमणकाल, भूकम्प, नाकाबन्दी र कोरोनाजस्ता जटिल… पुरा पढौ

प्रभु क्यापिटलको सेवा अब बिहान ८ बजे देखि बेलुका ८ बजेसम्म

काठमाडौं, २३ माघ । नेपाली पूँजी बजारमा चिरपरिचित प्रभु क्यापिटल लिमिटेडले आफ्ना ग्राहकहरुलाई नियमित कार्यालय समय बाहेक विहान ८ बजे देखि साँझ ८ बजे सम्म सेवा दिने भएको छ । डिम्याट खाता सम्बन्धी सेवालाई अझ प्रभावकारी बनाउने अभिप्रायले यही माघ २५ गते आइतबारदेखि सार्वजनिक बिदा र शनिबारको दिन बाहेक हरेक दिन लागू हुनेगरी प्रभु क्यापिटलले "8 To 8 सेवा" सेवा प्रदान गर्न लागेको जानकारी गराइएको छ । विहान ८ बजेदेखि नियमित कार्यालय समय १० बजे सम्म र साँझ ४ बजेपछि… पुरा पढौ

सुनचाँदीको मूल्यमा लगातार गिरावट, तोलाको कति ?

काठमाडौं, २३ माघ । सुनचाँदीको मूल्य ओरालो लाग्ने क्रम जारी रहेको छ । आज पनि सुनचाँदीको मूल्यमा गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाला सुन प्रतितोला ११०० रुपैयाँले घटेको छ । साताको छैंटौं दिन आज शुक्रबार छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको छ । बिहिबार छापावाला सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । बिहिबार पनि सुन ९०० रुपैयाँले घटेर ९१ हजार १०० रुपैयाँमा कारोबार भएको हो । आज शुक्रबार तेजाबी सुन… पुरा पढौ

मूल्य समायोजन नहुँदा आयल निगम १ अर्ब घाटामा

काठमाडौं, २३ माघ । विश्व बजारमा पेट्रोलियम पदार्थको निरन्तरको मूल्यवृद्धिसँगै नियमित मूल्य समायोजन हुन नसक्दा नेपाल आयल निगमले चर्को नोक्सानी व्यहोर्न थालेको छ । पेट्रोलियम पदार्थको प्रचलित बजारमूल्य लागत मूल्यभन्दा कम भएपछि निगम नोक्सानी व्यहोर्नुपर्ने अवस्थामा पुगेको हो । निगमको पछिल्लो प्रक्षेपणअनुसार फेब्रुअरीको शुरुदेखि मध्यसम्मको १५ दिनमा पेट्रोलियम पदार्थको बिक्रीबाट झण्डै रु ९७ करोड ७५ लाख बराबरको नोक्सान हुने सम्भावना छ । निगमले हाल दैनिक रु साढे छ करोड नोक्सानी व्यहोर्दै आएको छ । पेट्रोल, डिजेल∕मट्टितेल र खाना पकाउने एलपी… पुरा पढौ

ग्रीनलाइफ हाइड्रोपावरको शेयर आजदेखि बिक्री खुल्ला, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं, २३ माघ । ग्रीनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ आजदेखि निष्काशन तथा बिक्री खुल्ला गरिएको छ । कम्पनीले ३४ लाख ९६ हजार ४०० कित्ता शेयर निष्काशन तथा बिक्रीका लागि खुल्ला गरेको हो । उक्त शेयर प्रतिकित्ता १०० रुपैयाँ दरले ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको रहेको छ । कम्पनीका अनुसार १ लाख ७४ हजार ८२० कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । कर्मचारीको लागि ६९ हजार ९०८ तथा ३२ लाख ५१ हजार ६५२ कित्ता शेयर सर्वसाधारणको… पुरा पढौ

बीमाका समस्या समाधानका लागि खरोरुपमा उत्रन अर्थमन्त्रीको निर्देशन

काठमाडौं, २३ माघ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बीमा क्षेत्रमा भएका समस्या समाधानका लागि खरोरुपमा उत्रन र आफ्नो कार्यकाल बीमा क्षेत्रका लागि कोसेढुङ्गा सावित हुने गरी काम गर्न बीमा समितिको नयाँ नेतृत्वलाई निर्देशन दिएका छन्। बीमा समितिको नवनियुक्त अध्यक्षको मन्त्रालयमा आयोजित पद तथा गोपनीयताको शपथ ग्रहण समारोहमा अर्थमन्त्री पौडेलले बीमा क्षेत्रका समस्या केलाउन निर्देशन दिँदै ती समस्या समाधानका लागि अर्थ मन्त्रालयले सहयोग, सहजीकरण र समन्वय गर्ने बताए । अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले बीमा क्षेत्रले विश्वसनीयता कायम गर्नुपर्ने आवश्यकता औँल्याउँदै बीमा क्षेत्रलाई… पुरा पढौ

बाह्रै महिना विद्युत् निर्यात गर्न सकिने गरी आयोजनाको काम भइरहेको छः प्रम ओली

पर्वत, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुश्मा नगरपालिका–२ खुर्कोट र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा स्थापना भएको नेपालकै दोस्रो ठूलो खुर्कोट–दाना सबस्टेशनको उद्घाटन गरेका छन्। नेपाल विद्युत् प्राधिकरणको २२०-१३२ केभी कुश्मा सबस्टेशन तथा २२० केभी कुश्मा–दाना प्रसारण लाइन र २२०-१३२-३३ केभीको दाना सबस्टेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल उद्घाटन गरेका हुन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी भने कार्यक्रमस्थलमै पुगेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुक ऊर्जाको क्षेत्रमा समृद्ध बन्दै गएको, विद्युत्भार कटौती अन्त्य भई विद्युत्… पुरा पढौ

‘बन्द–हड्तालकाे बाटो रोज्नु अर्थतन्त्रका लागि दुर्भाग्य’

काठमाडौं, २२ माघ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बन्द हड्ताल स्वीकार्य नहुने बताएको छ । पछिल्लो समय राजनीतिक दलहरुभित्र देखिएको तीव्र बिवाद पछि मुलुक फेरि राजनीतिक अस्थिरता तर्फ गएको छ । बिहीबारमात्रै पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले आम हड्ताल गरेको थियो । सफल आवाज डटकमसँग कुरा गर्दै आम हड्ताल मुलुक र मुलुकको अर्थतन्त्रका लागि घातक रहेको महासंघका अध्यक्ष नरेश कटुवालले बताए । देशमा सुख, शान्ति र समृद्धि चाहिएको भन्दै बन्दलाई सधैका लागि बन्द गर्नु नै मुलुकको भलो… पुरा पढौ

कामना सेवा विकास बैंकको १० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला

काठमाडौं, २२ माघ । कामना सेवा विकास बैंकले आजदेखि १० वर्षे अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको प्रति ऋणपत्र रु १०००/- रुपैयाँ अंकित मूल्यकाे १० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको छ । निष्काशन गरिएको ऋणपत्र १ अर्ब रुपैयाँ बराबरको रहेको छ । निष्काशन गरिएको १० लाख कित्तामध्ये ४ लाख कित्ता सर्वसाधारणका लागि तथा ६ लाख कित्ता व्यक्तिगत विभिन्न संघ संस्थालाई बिक्रीका लागि खुल्ला गरिएको हो । ''१० वर्ष अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएकाे ९… पुरा पढौ