आर्थिक 📈

शिखर इन्स्योरेन्सले गर्यो ३८ प्रतिशत लाभांश घोषणा

काठमाडौं, २२ पुस । शिखर इन्स्योरेन्सले ३८ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको संचालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई ३६.१ प्रतिशत बोनस शेयर वितरण गर्ने बताएको छ । यस्तै १.९ प्रतिशत नगद लाभांश करसमेत गरेर जम्मा ३८ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । प्रस्तावित लाभांश बीमा समितिले स्वीकृति र कम्पनीको साधारण सभाले पारित गरेपछि वितरण हुने भएको छ । कम्पनीको आर्थिक वर्ष २०७७/२०७८ मा चुक्तापूँजी १ अर्ब ३७ करोड ४५ लाख ३ हजार ८०० रहेको… पुरा पढौ

नेप्से ३.५४ अंकले घट्यो, ४ अर्ब ५६ करोड ६३ लाख बढीको कारोबार

काठमाडौं, २१ पुस । नेप्से आज ०.१६ प्रतिशतले ओरालो लागेको छ । नेप्से परिसूचक ३.५४ अंकले घटेर २१६५.४९ विन्दुमा रहेको छ । सेन्सेटिभ परिसूचक ०.३५ अंकले घटेर ४१३.६८ विन्दुमा पुगेको छ । आज कुल २०६ वटा कम्पनीको १ करोड ८ लाख ९ हजार ६१५ कित्ता शेयर खरिदबिक्री भएको छ । ४ अर्ब ५६ करोड ६३ लाख ८१ हजार १७८ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज कारोबार भएका १२ उपसमूहमध्ये ३ वटाको शेयर वढेको छ ।… पुरा पढौ

आज पनि बढ्यो सुनचाँदीको भाउ, तोलाको कति ?

काठमाडौं, २१ पुस । साताको तेश्रो दिन मंगलबार आज पनि सुनचाँदीको भाउ उकालो लागेको छ । छापावाला सुन आज १ हजार १०० रुपैयाँले बढेर प्रतितोला ९६ हजार ४०० मा कारोबार भएको छ । सोमबार छापावाला सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँ कायम भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ९०० कायम भएको छ । सोमबार तेजाबी सुन प्रतितोला ९४ हजार ८०० मा कारोबार भएको थियो । महासंघका अनुसार आज चाँदीको मूल्य पनि… पुरा पढौ

सहकारीबाट ८८ हजारले पाए प्रत्यक्ष रोजगारी

काठमाडौं, २१ पुस । सहकारी क्षेत्रको सम्पुर्ण तथ्यांक समेटिएको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । सहकारी विभागले देशभर रहेका सहकारीहरुको अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको हो । विभागले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई अध्ययन प्रतिवेदन बुझाएको छ । मुलुकभर रहेका सहकारी संघसंस्थाले करिब ८८ हजार जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको अध्ययनले देखाएको छ । सञ्चालनमा रहेका झन्डै ३० हजार संघसंस्थामा ८८ हजार ३ सय ९ जनाले प्रत्यक्ष रोजगारी पाएको सहकारी विभागको अध्ययन प्रतिवेदनले देखाएको हो । ती… पुरा पढौ

इन्फ्रास्ट्रक्चर बैंकले माघ २ मा ८ अर्बको आइपीओ निष्काशन गर्दै

काठमाडौं, २१ पुस । अहिले सम्मकै ठूलो आइपीओ कहिले आउला भनेर रकम जम्मा गरेका शेयर लगानीकर्ताहरु अब भने सोहि ठूलो आइपीओ निष्काशनको मितिलाई पर्खेर बसेका छन् । पूर्वाधार विकासको लागि देशकै पहिलो बैंक नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आउने माघ २ गते ८ अर्ब रुपैयाँ बराबरको ८ कराेड कित्ता सर्वसाधारणका लागि शेयर (आइपीओ) निष्काशन गर्न लागेको छ । बैंकले माघको दोश्रो हप्ताबाट शेयरको बाँडफाँड गर्ने तयारी पनि गरेको छ । बैंकको अधिकृत पूँजी ४० अर्ब छ भने जारी पूँजी २० अर्ब तथा… पुरा पढौ

भारतले प्रतिबन्ध हटाएपछि घट्यो प्याजकाे मूल्य

काठमाडाैं, २० पुस । भारतले प्याजकाे निर्यातमा लगाएको प्रतिबन्ध हटाएपछि आकासिएको प्याजको मूल्य बिस्तारै घट्न थालेको छ । भारतले आन्तरिक उत्पादनमा कमी आएको भन्दै गत भदौ २९ गतेदेखि प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । प्याज निर्यातमा लगाउँदै आएको प्रतिबन्ध भारतले पुस १७ गते अर्थात् अङ्ग्रेजी नयाँ वर्ष शुरू भएसंगै हटाएको हो । प्रतिबन्ध हटाउँदा बढेको प्याजको मूल्य अहिले घट्न थालेको हो । प्याज निर्यातमा प्रतिबन्ध हटाएसँगै शुरुआती चरणमा प्रतिकिलो रु १० सम्म मूल्य घटेको पाइएको छ । कालीमाटी फलफूल तथा… पुरा पढौ

नेप्से ६.३६ अंकले घट्यो, ५ अर्ब ९६ करोड बढीको कारोबार

काठमाडौं, २० पुस । नेप्से आज ओरालो लागेकाे छ । परिसूचक आज ६.३६ अंकले घटेर २१६९.०४ विन्दुमा पुगेर रोकिएको छ । कुल २०२ कम्पनीको ५ अर्ब ९६ करोड १७ लाख ३३ हजार रुपैयाँ बढीको कारोबार भएको छ । निर्जीवन बीमा समूह सबैभन्दा धेरै ५२.४७ अंकले बढेको छ । कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले सबैभन्दा धेरै कारोबार गर्न सफल भएको छ । कम्पनीले ४६ करोड ८ लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार गरेकाे छ ।  कुल १२ समूह मध्य ५… पुरा पढौ

सोमबार सुनचाँदीको मूल्य उकालो लाग्यो, तोलाको कति ?

काठमाडौं, २० पुस । आइतबार स्थिर रहेको सुनचाँदीकाे मूल्यमा आज भने वृद्धि भएकाे छ । आज सुन ८०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९५ हजार ३०० मा कारोबार भएको छ । आइतबार छापावाला सुन प्रतितोला ९४ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ८०० मा कारोबार भएको छ । आईतबार तेजाबी सुन प्रतितोला ९४ हजारमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्यमा… पुरा पढौ

बैंकमा पुनः थुप्रियो पैसा

काठमाडौं, २० पुस । बैंक तथा वित्तीय संस्थाहरुमा पुनः लगानी योग्य रकम (तरलता) थुप्रिएको छ । कोभिडका कारण पर्याप्त कर्जाको माग अझै हुन नसकेपछि बैंकहरुमा पैसा थुप्रिएको हो ।नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार अहिले बजारमा १ खर्ब ७६ अर्ब रुपैयाँ भन्दा धेरै तरलता रहेको छ । बैंकहरुमा अझै तरलता बढ्ने सम्भावना रहेको उनी बताउछन् । बैंकिङ प्रणालीमा लामो समयदेखि विद्यमान अधिक तरलता खिच्न नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनअन्तर्गत जारी गरेका उपकरणमा बैंक तथा वित्तीय संस्थाहरूबाट खर्बौंको बोल… पुरा पढौ

शेयर बजारमा नयाँ रेकर्ड कायम

काठमाडौं, १९ पुस । आइतबार शेयर बजारमा परिसूचक नेप्सले नयाँ रेकर्ड कायम गरेको छ । नेप्से परिसूचक ४ दशमलव २२ प्रतिशत अर्थात ८८ दशमलव १२ अंकले बढेर २ हजार १ सय ७५ दशमलव ३९ विन्दुमा बन्द भएको छ । यो अंक अहिले सम्मकै उच्च हो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ४ दशमलव ३१ प्रतिशत अर्थात १७ दशमलव १८ अंकले बढेर ४ सय १५ दशमलव ८८ अंकमा बन्द भएको छ । दिनभर २ सय १२ कम्पनीको… पुरा पढौ