आर्थिक 📈

मंगलबार ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

काठमाडौं, ११ फागुन । साताको तेश्रो दिन मंगलबार आज सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । केहि दिनदेखि ऋणात्मक अवस्थामा, सामान्य घटबढ र कहिले स्थिर रहँदै आएको सुनको मूल्यमा आज ११०० रुपैयाँले बृद्धि भएको छ । चाँदीको मूल्यमा २५ रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९० हजार १०० रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाला सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको थियो । आईतबार र सोमबार छापावाला सुन स्थिर रहँदै ८९… पुरा पढौ

कर्जा लगानीमा बैंकहरु आक्रामक, वाणिज्य बैंकहरुको लगानी ३८ खर्ब

काठमाडौं, ११ फागुन । २७ वाणिज्य बैंकहरुले कर्जा लगानी करिब ३८ खर्ब रुपैयाँ पुर्याएका छन् । कोरोनाका कारण लामो समय विस्तार हुन नसकेको कर्जा पछिल्ले समय भने निकै आक्रामक रुपमा बैंकहरुले कर्जा लगानी गरेका छन् । फागुन ७ गतेसम्म बैंकहरुको कर्जा लगानी ३७ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले बताए । उनका अनुसार माघ मसान्तसम्म ३७ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेकामा फागुन ७ गते १२ अर्ब रुपैयाँ थप गरी ३७ खर्ब ९९ अर्ब… पुरा पढौ

राष्ट्र बैंकले आज १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्दै

काठमाडौं, ११ फागुन । नेपाल राष्ट्र बैंकले आज रु १० अर्ब बराबरको विकास ऋणपत्र बोलकबोल गर्दैछ । केन्द्रीय बैंकका अनुसार ‘विकास ऋणपत्र, २०८५ घ’ बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागिएको हो । कूल आठ वर्षे अवधिको ऋणपत्रको ब्याजदर पनि बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले सो ऋणपत्र खरिद गर्न सक्नेछन् । ऋणपत्र धितोमा राखेर कर्जा लिन वा दिन पाइने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ । प्रतिस्पर्धी… पुरा पढौ

एनसेल एपको नयाँ संस्करणमा थपिए ग्राहकका लागि आकर्षक सुविधाहरु

काठमाडौं, ११ फागुन । एनसेल आजियाटा लिमिटेडलले एनसेलका ग्राहकले अब सजिलै एनसेल एपबाटै विभिन्न ग्राहक सेवाहरुको सुविधा लिन सक्ने थप सुविधाहरु सार्वजनिक गरेको छ । नयाँ संस्करण संचालनमा ल्याएको उपलक्ष्यमा एनसेलले यो एप डाउनलोड गर्ने प्रत्येक नयाँ ग्राहकलाई १ जीबी डेटा निःशुल्क प्रदान गर्ने भएकाे छ । एनसेलले आफ्नो अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत ल्याएको हो । यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गर्ने जनाइएकाे छ । यो संस्करण प्रयोग गर्ने एप प्रयोगकर्ताले अब… पुरा पढौ

शेयर बजार दोहोरो अंकले घट्यो, कारोबारमा एनआईसी एशिया बैंक अगाडी

काठमाडौं, १० फागुन । साताको दोश्रो दिन आज शेयर बजार ओरालो लागेको छ । आज नेप्से दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ३२.६७ अंकले घटेको छ भने २६०७.६७ विन्दुमा पुगेर रोकिएको छ । आज नेप्से १.२४ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ९.२२ अंकले घटेर ४७०.३६ विन्दुमा पुगेको छ । आज जम्मा २०७ वटा कम्पनीको शेयर खरिदबिक्री भएको छ । २ करोड १६ लाख १४ हजार ४५२ कित्ता शेयर खरिदबिक्री भएकोमा ८ अर्ब ४० करोड ६३ लाख १० हजार ६७१ रुपैयाँ… पुरा पढौ

सुनको मूल्य स्थिर, चाँदीमा सामान्य बृद्धि

काठमाडौं, १० फागुन । साताको दोश्रो दिन सोमबार आज सुनको मूल्य स्थिर रहेको छ । चाँदीको भने ५ रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८९ हजार कायम भएको छ । आईतबारको झैं आज पनि छापावाला सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको छ । आज तेजाबी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । आईतबार पनि तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० रुपैयाँ नै कायम भएको थियो । चाँदीमा… पुरा पढौ

५५ करोड निक्षेप राख्न बैंक खोज्दै राष्ट्र बैंक

काठमाडौं, १० फागुन । ५५ करोड रुपैयाँ निक्षेप राख्न नेपाल राष्ट्र बैंकले बैंकहरुका लागि सूचना निकालेको छ । आगामी चैत १ गतेदेखि एक वर्षका लागि राष्ट्र बैंकले निक्षेप राख्न खोजेको हो ।निक्षेप लिन चाहाने बैंकहरुले आवेदन दिन सक्ने राष्ट्र बैंकका पूवक्ता डा. गुणाकर भट्टले सफल आवाजलाई बताए । उनका अनुसार आफूले लिन चाहेको निक्षेप र तिर्न सक्ने ब्याजदर तोकेर बैंकहरुले आवेदन सक्नेछन् । तर यसका लागि राष्ट्र बैंकले केहि शर्तहरु भने तोकेको छ । बैंकले उत्पादन तथा पेन्सन र कर्मचारी… पुरा पढौ

२ वर्षको लाभांश बुझ्न किन गएनन् मिर्मिरेका लगानीकर्ता ?

काठमाडौं, १० फागुन । सेयर बजारमा किन लगानी गर्ने ? यसको सामान्य उत्तर हो, मूनाफा आर्जन गर्न वा सम्पत्ति बढाउन । तर कोहि लगानीकर्ताहरु यस्ता पनि पनि छन् जो आफूले लगानी गरेको सेयरको लाभांश समेत लिन चाहाना गर्दैनन् । यो तथ्य मिर्मिरे लघुवित्त वित्तीय संस्थाको हो । काभ्रेपलाञ्चोकको बनेपा केन्द्रीय कार्यालय रहेको मिर्मिरेका कतिपय लगानीकर्ताहरुले २ वर्षको लाभांश अझै लिएका छैनन् । लगानीकर्ताहरु लाभांश लिन नआएपछि दिन नपाएको संस्थाले बताएको छ । २आर्थिक वर्षको लाभांश लिन नआए पछि संस्थाले सूचना… पुरा पढौ

एनआईसी एशियाको स्वामित्वमा रहेका ३ लघुवित्तको सेयर लिलामीमा

काठमाडौं, १० फागुन । एनआईशी एशिया बैंकको स्वामित्वमा रहेको ३ लघुवित्त वित्तीय संस्थाहरुको सेयर लिलामीबाट बिक्री हुँदैछ । बैंकले आफ्नो स्वामित्वमा रहेको महुली लघुवित्त वित्तीय संस्था, आरएमडीसी लघुवित्त वित्तीय संस्था र मेरो माइक्रोफाइनान्सको संस्थापक समूह तर्फको सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो । मेरो माइक्रोफाइनान्सको ५ लाख ९८ हजार ५ सय ९८ कित्ता, महुलीको ६१ हजार २ सय कित्ता र आरएमडीसीको ४ लाख ३६ हजार ३३१ कित्ता सेयर लिलामीबाट बिक्री गर्न लागेको हो । तीन वटै संस्थाहरुको बिक्री प्रवन्धकमा एनआईसी… पुरा पढौ

ज्योति लाइफले पायाे ६६ लाख कित्ता साधारण शेयर बिक्रीको स्वीकृति

काठमाडौं, १० फागुन । एकपछि अर्को गर्दै साधारण शेयर बिक्री गर्ने क्रम बढ्दै गएको छ । ग्रिन लाइफ हाइड्रो पावरको शुक्रबार मात्रै साधारण शेयरको बााँडफाँट भयाे । महिला लघुवित्त वित्तीय संस्थाको पनि साधारण शेयर बाँडफाँटका क्रममा रहेको बेला अर्को एक कम्पनीले साधारण शेयर (आइपिओ) बिक्रीको स्वीकृति पाएको छ । नेपाल धितोपत्र बोर्डले ज्योति लाइफ इन्सुरेन्स कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति दिएको छ । कम्पनीले कूल रु ६६ करोड बराबरको ६६ लाख कित्ता साधारण शेयर बिक्रीको अनुमति पाएको हो । कम्पनीले… पुरा पढौ