आर्थिक 📈

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पायो नयाँ सीईओ

काठमाडौं, १ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रमुख कार्यकारी अधिकृतमा रामकृष्ण खतिवडा नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले खतिवडालाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो । उनी विद्युत नियमन आयोगका सदस्य भएर काम गरेको अनुभव छ। साथै लगानी बोर्डको परामर्शदाताका रूपमा पनि उनले काम गरेका छन्। सीईओ बन्नका लागि माछापुच्छ्रे बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, कुमारी बैंकका पूर्व कामु प्रमुख कार्यकारी अधिकृत राजिव गिरि, नबिल बैंकका पूर्व नायव महाप्रबन्धक रमेश लोहनी र नबिलकै कृष्ण… पुरा पढौ

विदेशी मुद्राको सञ्चिति १४ खर्ब ७४ अर्ब, साढे १४ महिनाको आयात धान्न पुग्ने

काठमाडौं, १ माघ । विदेशी विनिमय सञ्चिति सुधार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययन रिपोर्ट अनुसार १४ खर्ब ७४ अर्ब ३४ करोड रुपैयाँ पुगेको हो । आर्थिक वर्ष २०७७/७८ को पाँच महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.४ महिनाको वस्तु आयात र १३.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३९.१ प्रतिशत, १०८.७ प्रतिशत र… पुरा पढौ

एनएमबि बैंकको २५ औं साधारण सभा सम्पन्न, १६.२ प्रतिशत लाभांश पारित

काठमाडौं, २९ पुस । एनएमबि बैंक लिमिटेडले आफ्नो २५औं वार्षिक साधारण सभा बुधबार कृष्ण टावर, नयाँ बानेश्वर, काठमाडौंमा संचालक समितिका अध्यक्ष पवन कुमार गोल्यानको अध्यक्षतामा सम्पन्न गरेको छ । कोभिड १९ का कारण हुनसक्ने संक्रमणको जोखिमलाई ध्यानमा राख्दै साधारण सभा भिडियो कन्फ्रेन्स (भर्चुअल) प्रविधि मार्फत संचालन गरी शेयरधनीहरुको जानकारीका लागि अनलाइन प्रसारण गरिएको थियो । साधारण सभाले एनएमबि बैंकको आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनश शेयर र ३.२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका… पुरा पढौ

ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्र ढकाल पुनः निर्वाचित

काठमाडौं, २९ पुस । ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्र ढकाल पुनः निर्वाचित भएका छन् । मंगलबार सम्पन्न बैंकको १४ औँ वार्षिक साधारणसभाले ढकाललाई सञ्चालक निर्वाचित गरेको हो । साधारणसभा पश्चात बसेको बैंक सञ्चालक समिति बेठकले ढकाललाई पुनः अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो । बैंकको संस्थापकतर्फबाट सञ्चालक समितिमा क्याबिनेट श्रेष्ठ र रामबहादुर भण्डारी चुनिएका छन् भने सर्वसाधारण सेयरधनीबाट सुदर्शनकृष्ण श्रेष्ठ, कृष्णप्रसाद शर्मा र दीपक शर्मा पोखरेल चयन भएका छन् । बैंकको बार्षिक साधारणसभाले १६ प्रतिशत लाभांश पारित गरेको छ। यसमध्ये… पुरा पढौ

६ महिनामा भित्रियो ४ खर्ब १६ अर्ब रेमिट्यान्स

काठमाडौं, २९ पुस । चालु आर्थिक वर्षको ६ महिनामा ४१६ अर्ब ८१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको ६ महिनाको तुलनामा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले वृद्धि भएर ४ खर्ब १६ अर्ब ८१ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.४ प्रतिशतले वृद्धि भई ३ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.४ प्रतिशतले बढेको थियो । उता वैदेशिक… पुरा पढौ

सेयर बजारमा हरियाली, कारोबार रकम ६ अर्ब नजिक

काठमाडौं, २९ पुस । साताको अन्तिम कारोबार बुधबार शेयर बजारमा हरियाली देखिएको छ । भोलि बिहीबार माघे संक्रान्ति बिदा भएकाेले यो साताको अन्तिम कारोबार आज नै हो । साताको अन्तिम दिन शेयर बजार हरियाली भएर पुस महिनालाई बिदा गरेको छ । नेप्से परिसूचक १८ दशमलव ८१ अंकले बढेको छ । शेयर कारोबार रकम पनि ६ अर्ब नजिक पुगेको छ । दिनभर भएका ५० हजार ९ सय ५० कारोबारबाट ५ अर्ब ९१ करोड ४३ लाख ८९ हजार २ सय ६१ रुपैयाँको… पुरा पढौ

सूनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलाको कति ?

काठमाडौं, २९ पुस । आज सूनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज छापावाला सुन प्रतितोला रुपैयाँ १०० रले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ९०० मा कारोबार भएको छ । मंगलबार छापावाल सुन रुपैयाँ ८०० ले वृद्धि भएर ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजाबी सुन प्रतितोला ९२ हजार ३०० मा कारोबार भएको… पुरा पढौ

राष्ट्र बैंककाे अध्ययन: ५४ प्रतिशत उद्योग व्यवसाय सञ्चालनमा

काठमाडाैं, २९ पुस । कोरोना महामारीका कारण बन्द भएका उद्योग व्यवसायमध्ये ५४ प्रतिशत पूर्णरूपमा सञ्चालनमा आएको पाइएको छ । बाँँकी रहेकामध्ये पनि क्रमशः सञ्चालनमा आउने तयारीमा छन् । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार उद्योग, व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोवारमा सुधार आएको पाइएको छ । केन्द्रीय बैंकले गरेको पुनरावृत्ति सर्वेक्षणले २०७७ असारको सर्वेक्षणको तुलनामा पछिल्लोपटक गरिएको सर्वेक्षणले ५४ प्रतिशत उद्योग, व्यवसाय पूर्णरूपमा सञ्चालनमा आएको देखाएको हो । राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकर भट्टका अनुसार २०७७ कात्तिक १३… पुरा पढौ

आयल निगमको खुद नाफा १२ अर्ब ९१ करोड ४८ लाख

काठमाडाैं, २९ पुस । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०७६ । ०७७ मा खुद नाफा रु १२ अर्ब ९१ करोड ४८ लाख गरेको जनाएको छ । निगम सञ्चालक समितिको ३९ औंँ वार्षिक साधारणसभामा निगम सञ्चालक समितिका अध्यक्ष एवं उद्योग, वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले उक्त प्रतिवेदन प्रस्तुत गरेकाे निगमले जनाएको छ । निगमले नाफा रकमबाट निगमका शेयरधनीलाई चुक्ता पूँजीको २० प्रतिशत बराबरको नगद लाभांश रु दुई अर्ब २० करोड वितरण गर्न साधारणसभाले स्वीकृति प्रदान गरेको थियो । निगमका… पुरा पढौ

शेयर बजारमा दोहोरो अंकको वृद्धि, झण्डै ५ अर्बको कारोबार

काठमाडौं, २८ पुस । नयाँ-नयाँँ किर्तिमान बनाउँदै आएको नेपाली शेयर बजार आज पनि उकालोतिर लम्किएको देखियाे । शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज २२६७.७३ विन्दुमा पुगेर रोकिएको छ । नेप्से परिसूचक आज २८.३१ अंकले वृद्धि भएर २२६७.७३ मा गएर अडियो । नप्से १.२६ प्रतिशतले बढेको हो । सेन्सेटिभ इन्डेक्स ३.८९ अंकले वृद्धि भई ४३३.२८ अंकमा पुगेको छ । आज २०२ कम्पनीको १ करोड ३५ लाख ३१ हजार २२७ कित्ता शेयर खरिदबिक्री भएको छ… पुरा पढौ