आर्थिक 📈

शेयर बजारमा वित्तीय क्षेत्रकै वर्चश्व, पुँजीकरण हिस्सा ७१ प्रतिशत नाघ्यो

काठमाडौं, ५ माघ । शेयर बजारमा बैंक तथा वित्तीय क्षेत्रकै वर्चश्व कायम देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो अध्ययन रिपोर्टले सूचीकृत कम्पनीहरु मध्ये बैंक तथा बीमाको वर्चश्य कायम रहेको देखाएको हो । रिपोर्ट अनुसार २०७७ मंसिरमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ३५ जलविद्युत कंपनी , १९ उत्पादन तथा प्रशोधन उद्योग, ४-४ होटल तथा व्यापारिक संस्था र ६ अन्य समूहका… पुरा पढौ

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा २ दिनमै १० अर्ब बढीको आवेदन

काठमाडौं, ५ माघ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ खरिदका लागि आइतबारसम्म ८ लाख ५६ हजारले साढे १० अर्ब भन्दा बढीको आवेदन परेको छ । शुक्रबारदेखि खुलेको आईपीओमा शुक्रबार र आइतबारको आवेदन नै १० अर्ब बढीको आवेदन परेको हो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार बेलुका ६ बजेसम्म यी आवेदकहरूबाट १० करोड ५८ लाख ६ ७९हजार ६७० कित्ताको माग भएको हो ।यस कम्पनीले माघ २ गतेदेखि हालसम्मकै सर्वाधिक ८ अर्ब बराबरको ८ करोड कित्तामध्येे ७ करोड ५८ लाख ४०… पुरा पढौ

इन्भेष्टमेन्ट बैंकले बोलायो साधारण सभा, १८.५० प्रतिशत लाभांशको प्रस्ताव

काठमाडौं, ५ माघ । नेपाल इन्भेष्टमेन्ट बैंकले माघ ८ मा ३४ औंं वार्षिक साधारण सभा बोलाएको छ । सभामा संचालक समितिबाट प्रस्तावित १३ प्रतिशत बोनस शेयर तथा ५.५० प्रतिशत नगद लाभांशसहित १८.५० प्रतिशत लाभांश पारित गर्ने भएको छ । सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थासंग मर्जर वा एक्वाएर गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव रहेको छ । यस्तै सभामा बैंकको अधिकृत पूँजी बढाएर १८ अर्ब पुर्याउने प्रस्ताव लगिने भएको छ । बैंकले बोनश शेयर वितरण गरेपछि चुक्ता पूँजी… पुरा पढौ

विद्युत् डिमान्ड शुल्कमा आजदेखी छुट, कस्ता उद्योगले पाउछन यो सहुलियत ?

काठमाडाैं, ५ माघ । सरकारले कोरोनाका कारण समस्यामा परेका उद्योग तथा व्यवसायले प्रयोग गर्दै आएको बिजुलीको डिमान्ड शुल्कमा आजदेखि छुट दिने भएको छ । लामो समयदेखि व्यवसायीले डिमान्ड शुल्कमा छुट दिन आग्रह गर्दै आएका थिए । व्यवसायीको आग्रहअनुसार नै आजदेखि सो शुल्कमा छुट दिन लागिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कोभिड–१९ का कारण प्रभावित उत्पादनमूलक उद्योगहरुको बन्दाबन्दीको अवधिभरको विद्युत् डिमान्ड शुल्क छुट आजदेखि कार्यान्वयन हुने भएको छ ।” अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा… पुरा पढौ

महासङ्घले गठन गर्यो रोजगारदाता परिषद्

काठमाडाैं, ५ माघ । नेपाल उद्योग वाणिज्य महासङ्घले रोजगारदाता परिषद् गठन गरेको छ । एसोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र सङ्घाईको अध्यक्षतामा महासङ्घको रोजगारदाता परिषद् गठन गरिएको हो । परिषद्को उपसभापतिमा महासङ्घको कार्यकारिणी समितिका सदस्य प्रवलजङ्ग पाण्डे चुनिएका छन् । परिषद्का सदस्यमा एशोसिएट समूहबाट महासङ्घको कार्यकारिणी समिति सदस्य कृष्णलाल महर्जन, महासङ्घको पूर्व कार्यकारिणी समिति सदस्यमा विनोद ढकाल, विराट थापा, नेपाल जुट उद्योग सङ्घका राजकुमार गोल्छा र प्रतिनिधि डाबर नेपाल चुनिएका छन् । त्यसैगरी वस्तुगत सङ्घ समूहबाट परिषद्को सदस्यहरूमा महासङ्घको कार्यकारिणी समिति सदस्य अरनिको… पुरा पढौ

दुगड प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार नियुक्त

काठमाडौं, ५ माघ । प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारमा पूर्वराज्यमन्त्री मोतीलाल दुगड नियुक्त भएका छन् । प्रधानमन्त्रीको सिफारिशमा मन्त्रिपरिषद्ले उनलाई नियुक्त गरेको हो । सल्लाहकार दुगडले मङ्गलबारदेखि सिंहदरबारमा आफ्नो कार्यभार सम्हाल्ने भएका छन् । उनी यसअघिका विशेष आर्थिक सल्लाहकार डा युवराज खतिवडाको स्थानमा नियुक्त भएका हुन । मुलुकमा विद्यमान आर्थिक अनियमितता हटाउँदै आर्थिक समृद्धि गर्ने विषयमा आफूले प्रधानमन्त्रीलाई सिफारिस गर्ने विशेष आर्थिक सल्लाहकार दुगडले सफल आवाजलाई बताए । “औद्योगिकीकरणमार्फत आर्थिक गतिविधि बढाउँदै बेरोजगारी हटाउने, आयात निर्यातमा सन्तुलन कायम गर्ने, व्यापार घाटा… पुरा पढौ

जडिबुटीका क्षेत्रमा लगानी बढाइने

काठमाडौं, ४ माघ । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले देशको आयस्रोत तथा नागरिकको आर्थिक स्थिति बढाउनका लागि जडिबुटीका क्षेत्रमा लगानी बढाइने बताएका छन् । आज जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको अवलोकनका क्रममा उनले नेपालमा उत्पादन हुने जडिबुटीहरुको सदुपयोग गर्न सरकार लागिपरेको बताए । उनले भने “हाम्रै देशमा उत्पादन हुने जडिबुटी लगेर छिमेकी मुलुक धनी भइसकेका छन्, पतञ्जलीले मात्रै करोडौँ रकम कमाइसकेको छ । अब हाम्रा जडिबुटी नेपालमै प्रसोधन गरी यहाँका नागरिकको आयस्तर बढाउनु पर्छ ।” मन्त्री आलेले जडिबुटी… पुरा पढौ

शेयर बजार २८.४६ अंकले बढ्यो, ६ अर्ब ३७ करोडको कारोबार

काठमाडौं, ४ माघ । साताको पहिलो दिन आयतबार शेयर बजार हरियाली देखिएको छ । शेयर कारोबरा मापक नेप्से परिसूचक २८.४६ अंकले उकालो लागेको छ भने नेप्सेमा कारोबार हुने अधिकांश समूह बढेर हरियाली देखिएका छन् । कारोबार रकम ६ अर्ब ३७ करोड रुपैयाँ भन्दा धेरै पुगेको छ । नेप्सेमा कारोबार हुने मध्ये जलविद्युत समूह ७.२ अंकले ओरालो लागेको छ । अन्य समूह भने सबै बढेका छन् । बैंकिङ १ अंक मात्रैले बढ्दाखेरी व्यापार समूह भने सबै भन्दा धेरै बढेको छ ।… पुरा पढौ

रिच स्टेकर मेसिन अभावमा तीन हजार कन्टेनर बन्दरगाहमै थन्किए

वीरगञ्ज, ४ माघ । मुलुककै पहिलो सिर्सिया सुक्खा बन्दरगाहमा कन्टेनर लोड अनलोड गर्ने रिच स्टेकर मेसिनको अभावमा पछिल्लो समयमा तीन हजार कन्टेनर थन्किएर बाहिर जान सकेका छैनन् । वीरगञ्ज महानगरपालिका–२५ सिर्सियास्थित भारतसँग रेल्वे सञ्जालमा जोडिएको सुक्खा बन्दरगाहमा छ लेनको रेल्वे लाइन भए पनि तीन रेल्वे लाइन मर्मत तथा व्यवस्थित हुन नसक्दा तेस्रो मुलुकबाट आउने कन्टेनर राख्ने ठाउँको अभाव भएको छ । करीब एक हजार ५३० कन्टेनर राख्ने क्षमता भएको सो बन्दरगाहमा पछिल्ला दिनमा कार्गो सामान बाहिर जान नसक्दा करीब दोब्बर… पुरा पढौ

साताकाे पहिलाे दिन सुनकाे मूल्यमा गिरावट, ताेलाकाे कति ?

काठमाडाैं, ४ माघ । साताकाे पहिलाे दिन आज सुनकाे भाउमा गिरावट आएको छ । बजारमा छापावाला सुनकाे मूल्यमा आज रूपैयाँ ७०० ले गिरावट आएको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतिताेला रूपैयाँ ९१ हजार ८०० मा कारोबार भएको छ । छापावाला सुन शुक्रबार तोलामा रु ९२ हजार ५०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन शुक्रबारकाे तुलनामा आज तोलामा रुपैयाँ ७०० ले घटेको छ । शुक्रबार रु ९२ हजारमा कारोबार भएको तेजाबी सुन आज प्रतिताेला… पुरा पढौ