आर्थिक 📈

बीमा समितिको अध्यक्ष नियुक्तिमा बार्गेनिङ शुरु, कसले रिझाउला शक्तिकेन्द्रलाई ?

काठमाडौं, ४ माघ । बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिको अध्यक्ष नियुक्तिका लागि बार्गेनिङ शुरु भएको छ । बीमा समितिको अध्यक्ष पद पुस अन्तिम सातादेखि रिक्त छ । २४ पुसमा कार्यकाल सकिने भएपछि १९ पुसदेखि नै तत्कालिन अध्यक्ष चिरञ्जीवि चापागाईं बिदा बसेका थिए । समितको अध्यक्ष नै कार्यकारी भूमिकामा रहने भएका कारण चाडै नियुक्त गर्नुपर्ने भए पनि सरकारले अझै नियुक्त गर्न सकेको छैन । अर्थमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् बैठकले अध्यक्ष नियुक्त गर्नसक्ने कानूनी व्यवस्था रहेको छ । चार वर्ष अघि तत्कालिन… पुरा पढौ

डिम्याट खाता खोल्ने २५ लाख नाघे, इन्फ्रास्ट्रक्चरको आईपीओले नयाँ रेकर्ड बनाउने पक्का

काठमाडौं, ४ माघ । डिम्याट खाता खोल्ने २५ लाख भन्दा धेरै पुगेका छन् । शेयर बजारका लगानीकर्ताहरुको सम्पूर्ण लेखाजोखा राख्ने सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार अहिलेसम्म डिम्याट खाता २५ लाख ३ सय ४५ पुगेका छन् । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली सेयर बजारको इतिहासमै सबैभन्दा ठूलो परिमाणको आईपीओ निष्काशन शुरु गरेको छ । यो आईपीओको आकर्षणले गर्दा पनि धेरै डिम्याट खाताहरु खुलेका हुन् । सीडीएस एण्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पुर्णप्रसाद आचार्य अहिले सेयर बजारमा जागरण आएको बताउछन् । सफल आवाजसँगको… पुरा पढौ

अब शेयर कारोबार २ दिनमै राफसाफ, आगामी सातादेखि ‘टी प्लस टू’

काठमाडौं, ४ माघ। अब शेयर कारोबार २ दिनमै राफसाफ हुने भएको छ । शेयर लगानीकर्ताहरुको माग अनुसार सीडीएस एण्ड क्लियरिङ लिमिटेडले ‘टी प्लस टू’ अनुसार २ दिनमै राफसाफ हुने व्यवस्था मिलाएको हो । सीडीएसका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यका अनुसार आगामी ११ गतेदेखि यो व्यवस्था लागु हुनेछ । सीडीएस एन्ड क्लियरिङ र ब्रोकर कम्पनीहरुबीच भएको सहमति अनुसार आगामी माघ ११ गतेदेखि टि प्लस टु लागु हुने भएको हो । ‘टी प्लस टु’ लागू भएपछि शेयर खरीदबिक्री गरेपछिको अर्को २… पुरा पढौ

आयोजना प्रभावितका लागि सिंगटी हाइड्रोको आईपीओ खुल्यो

काठमाडौं, ४ माघ । सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडले आज आइतबारबाट आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १४ करोड ५० लाख रुपैयाँबराबरको १४ लाख ५० हजार कित्ता आईपीओ स्थानीयहरुलाई बिक्री गर्न लागेको हो । कम्पनीले निष्कासन गर्न लागेको आइपीओमा स्थानीयले छिटोमा माघ १८ गतेसम्म आवेदन दिन सक्नेछन् भने उक्त अवधिमा सबै शेयर… पुरा पढौ

पाम आयलमा प्रतिबन्ध, नेपाली उद्योग धराशायी हुँदै

वीरगञ्ज, ३ माघ । छिमेकी मुलुक भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग धरासायी हुँदै गएको छ । भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि यहाँका अधिकांश तेल उद्योग धरासायी भएको हो । पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि व्यावसायीहरुको ठूलो लगानी जोखिममा परेको छ । पाम आयलको माग भारतमा उच्च छ । नेपालबाट निकास हुने प्रमुख वस्तुमध्ये एक पाम तेल नै हो । आर्थिक वर्ष २०७६/७७ मा निकासीको सूचीमा रहेको प्रशोधित पाम आयल चालु आर्थिक वर्षको… पुरा पढौ

जलविद्युत् लगानी कम्पनीद्वारा नौ वर्षमा रु. १० अर्ब ८८ करोड ऋण लगानी

काठमाडाैं, २ माघ । जलविद्युत् लगानी तथा विकास कम्पनीले ४७६ मेगावाट क्षमताका १३ वटा आयोजनामा रु १० अर्ब ८८ करोड ऋण लगानी गरेको जनाएको छ । कम्पनीले नवौं वार्षिक साधारणसभाका अवसरमा सार्वजनिक गरेको वित्तीय विवरणमा कम्पनीले लगानी गरेका आयोजनामध्ये ९०.६ मेगावाट क्षमताका चार आयोजना सञ्चालनमा आइसकेको उल्लेख छ । चालु आर्थिक वर्षभित्रै कूल १८२ मेगावाट क्षमताका थप चार आयोजना सम्पन्न हुने तथा अन्य पाँच आयोजना निर्माणाधीन अवस्थामा छन् । कम्पनीको स्वपूँजीतर्फ कूल एक हजार ५४० मेगावाट क्षमताका पाँच आयोजना तथा… पुरा पढौ

गरिमा विकास बैंकले बोलायो साधारणसभा, के छन् एजेण्डा ?

काठमाडौं, २ माघ । गरिमा विकास बैंकले ३० माघका लागि साधारणसभा बोलाएको छ । बैंकले होटल पोखरा ग्राण्ड, पोखरामा माघ ३० गते शुक्रबारका लागि साधारणसभा बोलाएको हो । बैंकको साधारणसभामा लाभांश पारितदेखि सहायक कम्पनी स्थापना गर्नेसम्मका एजेण्डा प्रस्तुत हुने भएका छन् । बैंकको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजी १३.५ प्रतिशत अर्थात ४३ करोड ७२ लाख २३ हजार ७२ रुपैयाँ बराबरको बोनस दिने प्रस्ताव साधारण सभामा प्रस्तुत हुँदैछ । बोनश शेयर वितरण गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित… पुरा पढौ

आन्तरिक राजस्व कार्यालय विराटनगरले राजस्व सङ्कलन बढायाे, ६ महिनामा ३ अर्ब ८८ करोड ९७ लाख सङ्कलन

विराटनगर, २ माघ । आन्तरिक राजस्व कार्यालय विराटनगरले चालु आर्थिक वर्षको छ महिनामा कुल रु तीन अर्ब ८८ करोड ९७ लाख ३४ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु तीन अर्व ९१ करोड ५२ लाख ८८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयले लक्ष्यभन्दा रु दुई करोड ५५ लाख ५४ हजारले कम राजस्व सङ्कलन गरेको छ । गएको वर्षमा कार्यालयले सो अवधिमा रु तीन अर्ब ५१ करोड ५३ लाख नौ हजार राजस्व सङ्कलन गरेको थियो… पुरा पढौ

नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे ८ अर्ब रुपैयाँको आइपीओ आज निष्काशन हुँदै

काठमाडौं, २ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आजबाट सर्वसाधारणका लागि शेयर (आइपीओ) निष्काशन गर्दैछ । बैंकले निष्काशन गर्न लागेको आइपीओ अहिलेसम्मकै ठूलो हो । बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता शेयर निष्काशन गर्न लागेको हो । चुक्ता पूँजी २० अर्बको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको प्रतिशेयर रुपैयाँ १०० अंकित दरले ८ करोड कित्ता शेयरमा ०.२० प्रतिशतले हुने १ लाख ६० हजार कित्ता शेयर कर्मचारीका लागि छुट्याईएको छ । ५ प्रतिशतले हुने ४० लाख कित्ता शेयर… पुरा पढौ

ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौं, १ माघ । साताको बिहिबार आज सुनको मूल्यमा ह्वात्तै गिरावट आएको छ । चाँदीकाे मूल्यमा पनि गिरावट आएको छ । सुन तोलामा ८०० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आज प्रतितोला ९२ हजार १०० मा कारोबार भएको छ । वुधबार छापावाला सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनमा पनि ८०० रुपैयाँले गिरावट आएको छ । आज तेजाबी सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । वुधबार… पुरा पढौ