आर्थिक 📈

हल्लाको पछि नलागौं, शेयर बजारले गति लिन्छ: सभापति पौडेल

काठमाडौं, ६ पुस । नेपाल उद्योग वाणिज्य महासंघको हालै गठित मुद्रा तथा पुँजी बजार फोरमका सभापति अम्बिकाप्रसाद पौडेलले शेयर बजारले आज भोलि नै गति लिने बताएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमको असर आइतबारको शेयर बजारमा देखिएको उनले बताए । आइतबार शेयर बजारमा ९६ अंकको भिषण पहिरो नै गएकाे थियाे । प्रतिनिधिसभा विघटन भएपछि लगानीकर्ताहरु आत्तिएको अवस्था छ । बेच्नेहरुको भीड देखिदा आइतबारको बजारमा निकै ठूलो नकारात्मक असर पर्यो । तर सधै यस्तो नहुने सभापति पौडेलको तर्क छ । सफल आवाजसँगको… पुरा पढौ

करिब १४ हजारले लिए १ अर्ब ३५ करोड कोरोना बीमा भुक्तानी

काठमाडौं, ६ पुस । करिब १४ हजार कोरोना संक्रमितले कोरोना बीमा वापतको रकम भुक्तानी पाएका छन् । पछिल्लो समय बीमा कम्पनीहरुले भुक्तानीको दर बढाएका हुन् । आइतबार साझसम्म १३ हजार ८ सय ४८ जनाले भुक्तानी पाइसकेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । कार्यकारी निर्देशक पौडेलका अनुासर २ हजार ४ सय ३३ जनाले पनि आज र भोलिमा नै पाउने गरी काम भइरहेको छ । हालसम्म १ अर्ब ३५ करोड १८ लाख ७५ हजार रुपैयाँ भुक्तानी भइसकेको छ ।अन्य… पुरा पढौ

सानिमा बैंकको ऋणपत्रमा परेन पर्याप्त आवेदन, म्याद थपियो

काठमाडौं, ६ पुस । सानिमा बैंकको ऋणपत्रमा पर्याप्त आवेदन नपरेपछि म्याद थपिएको छ । माग भए अनुसारको पनि आवेदन नपरेपछि ऋणपत्रमा १५ पुससम्म आवेदन दिन सकिने गरी म्याद थपिएकोह ो । सानिमा बैंकले पुस १ गतेदेखि वार्षिक ८.५० प्रतिशत ब्याज पाइने ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन मागेको थियो । १० वर्ष अवधि रहेको सो ऋणपत्रमा बैंकले वार्षिक ८.५ प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितिय अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गर्नेछ। प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यको ४ अर्ब… पुरा पढौ

संस्थापक शेयर बिक्री गर्दै कुमारी बैंक

काठमाडौं, ५ पुस । कुमारी बैंकले संस्थापक शेयर बिक्र गर्न लागेको जानकारी दिएको छ । बैंकले संस्थापक शेयरधनीको नामको ५२ हजार ७४२ कित्ता शेयर बिक्री गर्न लागेको हो । यसका लागि पहिलो प्राथमिकता संस्थापक शेयरधनीले पाउने भएका छन् । केन्द्रीय बैंकको निर्देशन अनुसार संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकतामा संस्थापक शेयरधनीहरु पर्ने भएकोले खरिद गर्न चाहनेले ३५ दिनभित्र शेयर रजिष्ट्रार कुमारी क्यापिटलमा निवेदन दिनुपर्नेछ । सो शेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकको सूचनामा जनाईएको छ । म्यादभित्र विद्यमान… पुरा पढौ

मुक्तिनाथ विकास बैंकको साधारण सभा पुस २५ मा, बुकक्लोज कहिले ?

काठमाडौं, ५ पुस । मुक्तिनाथ विकास बैंकले पुस २५ गते १४ औं वार्षिक साधारण सभा बोलाएको छ । सभाले आर्थिक वर्ष २०७६/२०७७ को मुनाफाबाट शेयरधनीहरुलाई १५.५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्ने भएको छ । बैंक सञ्चालक समितिको बैठकले ११.२५ प्रतिशत बोनस शेयर तथा ४.२६ प्रतिशत नगदसहित १५.५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको गरीसकेकाे छ । साधारण सभा तथा लाभांश वितरणको प्रयोजनार्थ पुस १३ देखि पुस २५ गतेसम्म बुक क्लोज गरिने जनाइएकाे छ। पुस १२ गतेसम्म नेपाल स्टक… पुरा पढौ

यूनाईटेड इदी मर्दी हाइड्रोको शेयर कारोबार आजबाट हुँदै

काठमाडाैं, ५ पुस । यूनाईटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावरको शेयरकाे आजबाट कारोबार हुँदैछ । कम्पनीको प्रतिशेयर अंकित तथा चुक्ता मूल्य रू १०० कायम भएको ४२ लाख कित्ता शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएपछि आजबाट दोश्रो बजारमा शेयर कारोबार हुन लागेकाे हाे । नेप्सेले शुरु कारोबारको लागि प्रति कित्ता मूल्य ९८ रुपैयाँ ७९ पैसा देखि २९६ रुपैयाँ ३७ पैसा तोकेको छ भने कम्पनीको शेयर संकेत UMRH रहेको छ । कम्पनीले मंसिरको ३ गते बिक्रीमा ल्याएको मध्य ४३ हजार ६९६ कित्ता… पुरा पढौ

दुई महिना पुग्दासम्म बीमा रकम भुक्तानी भएन

काठमाडौं, ४ मंसिर । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहित १०० जनप्रतिनिधि र कर्मचारीलाई कोरोना भाइरस पोजेटिभ भई बीमा दाबी गरे पनि दुई महिना पुग्दासम्म रकम भुक्तानी हुनसकेको छैन । दुई महिनाअघि नै रकम भुक्तानीका लागि कागजातसहित बीमा संस्थानमा आवेदन दिएको भए पनि महानगरपालिकाका कसैको पनि बीमा गरेवापत पाउनुपर्ने रकम प्राप्त नभएको गुनासो छ । परीक्षणमा पोजेटिभ देखिएकामध्ये ४० जनाको बीमा दाबी भुक्तानी भएको छ भने अन्य ६० जनाको कागजात मिलाउने प्रक्रियामा रहेका महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । महानगरपालिकाले आफ्ना… पुरा पढौ

सातामै ३० अर्बको शेयर कारोबार, नेप्से परिसूचक पनि उकालो

काठमाडौं, ४ पुस । एक सातामै ३० अर्ब भन्दा बढीको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जले दिएको जानकारी अनुसार यो साता ३० अर्ब ८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । गत साता २८ अर्ब ४८ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस साता त्योभन्दा १ अर्ब ५९ करोड रुपैयाँ बढी अर्थात ३० अर्ब ८ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। यस साता नेप्सेको कुल बजार पूँजीकरण करिब १ अर्ब रुपैयाँ बढेर २७ खर्ब ३२… पुरा पढौ

अकबरे : कतै रोगले खराब-कतै मालामाल

इलाम, ४ पुस । नगदेबालीमा पर्ने अकबरे खुर्सानी पछिल्लो समय यहाँका किसानका लागि अर्थोपार्जन गर्ने प्रमुख बाली बनेको छ । छोटो समयमै उल्लेखनीय आम्दानी लिन सकिनाले किसानले अकबरेलाई व्यावसायिक गर्दै लगेका हुन् । अन्तर्राष्ट्रिय बजारबाट समेत अकबरेको माग आउन थालेपछि किसानले अन्य बाली मासेर पनि अकबरे लगाएका छन् । एउटै बालीबाट लाखभन्दा बढी आम्दानी लिन सकिन्छ । सहजरूपमा खेती सकिने र कम मिहिनेत पर्नाले पनि किसान उत्प्रेरित बनेका हुन् । गएको वर्ष अकबरेबाट उल्लेखीय आम्दानी लिएको भए पनि यस वर्ष… पुरा पढौ

ब्रोकर कमिसन घटाउन अर्थमन्त्री पाैडेलको निर्देशन

काठमाडौं, ४ पुस । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजी बजारको विभिन्न पक्षलाई मध्यनजर राखी ब्रोकर कमिसन घटाउन निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आयोजित सम्बद्ध पक्षसँगको छलफलमा अर्थमन्त्री पौडेलले ब्रोकर कमिसन घटाउने तयारी गर्न र कार्यान्वयनमा लैजान निर्देशन दिएका हुन । “ब्रोकर कमिसन घटाउनका लागि विलम्ब नगर्नुहोस्, प्रो एक्टिभ भएर लाग्नुहोस्” उनले भने । अर्थमन्त्री पौडेलले पूँजीबजार बढ्न र विस्तार हुन गइरहेको बताउँदै अहिलेका समस्या समाधान गर्न समयतालिका तयार बनाएर कार्यान्वयन गर्न निर्देशन दिए । उनले पूँजीबजारको विकासका लागि चालु वर्षको… पुरा पढौ