आर्थिक 📈

व्यावसायिक निरन्तरता कर्जा शोधभर्ना खातामा १५ अर्ब ५० करोड जम्मा हुने

काठमाडौं, ८ पुस । कोभिड-१९ बाट प्रभावित व्यवसायीको व्यवसायलाई निरन्तरता दिने उद्देश्यले कार्यान्वयनमा ल्याइएको व्यावसायिक निरन्तरता कर्जा शोधभर्ना खातामा रु १५ अर्ब ५० करोड जम्मा हुने निश्चित भएको छ । अर्थ मन्त्रालयका अनुसार नेपाल आयल निगमबाट रु पाँच अर्ब, नेपाल राष्ट्र बैंकबाट रु तीन अर्ब, नागरिक लगानी कोषबाट रु दुई अर्ब र निक्षेप तथा कर्जा सुरक्षण कोषबाट रु दुई अर्ब जम्मा हुने यकिन भएको छ । यस्तै नेपाल पुर्नबीमा कम्पनी लिमिटेडबाट रु एक अर्ब, कर्मचारी सञ्चय कोषबाट रु एक अर्ब,… पुरा पढौ

नेप्से परिसूचक ७ अंकले बढ्याे, ६ अर्ब ८६ करोडको कारोबार

काठमाडौं, ८ पुस । बुधबार शेयर बजार ७ दशमलव ०४ अंकले बढेर २ हजार ६८ दशमलव ४५ अंक्मा पुगेको छ । उता ‘क’ वर्गका कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सिेटिभ इन्डेक्स भने १.२४ अंकले ओरालो लागेको छ । समग्रमा नेप्से परिसूचक बढेपनि व्यापार, होटल विकास बैंक, हाइड्रोपावर, फाइनान्स लगायतका अधिकांश सव–इन्डेक्शहरु घटेर राताम्मे देखिएका छन् । बुधबार बैंकिङ २४ दशमलव २७ अंकले, जीवन बिमा ३९४ दशमलव ०७ र म्युचुअल फण्ड ०ं०७ अंकले बढेका छन् । कारोबार रकम भने करिब ७… पुरा पढौ

इन्दुशङ्कर चिनी उद्योगकाे यस वर्षको उखु क्रसिङको काम शुरु

सर्लाही, ८ पुस । हरिवन नगरपालिका–११ मा रहेको इन्दुशङ्कर चिनी उद्योगले यस वर्षको उखु क्रसिङको काम शुरु गरेको छ । यस वर्षका लागि उद्योग सञ्चालन गर्न मङ्सिर २६ गते डोङ्गा पूजा गरिएको र सोही अनुसार किसानलाई जानकारी पनि गराइसकिएको उद्योगका प्रबन्धक योगनारायण रजकले बताए । उनका अनुसार उद्योगले यो वर्ष २५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ । गत वर्ष २६ लाख ६७ हजार ९७१ क्वीन्टल उखु क्रसिङ गरेको उद्योगले दशैंअघि नै उखु उत्पादक किसानको सम्पूर्ण भुक्तानी गरेको… पुरा पढौ

आज सुनकाे मूल्य प्रतिताेला ९०० ले ओरालो लाग्याे

काठमाडाैं, ८ पुस । आज सुनकाे मूल्य प्रतितोला रु ९०० ले ओरालो लागेको छ । छापावाला सुन मङ्गलबार प्रतितोला रु ९४ हजार ९०० मा कारोवार भएको थियो । प्रतितोला रु ९०० ले आज ओरालो लागी रु ९४ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै तेजाबी सुन मङ्गलबार प्रतितोला रु ९४ हजार ४०० मा कारोवार भएकाेमा आज भने प्रतितोला रु ९३ हजार ५०० मा कारोवार भएकाे छ । यसैगरी चाँदी प्रतितोला रु ५० ले घटेको छ ।… पुरा पढौ

प्राइम लाइफ इन्स्योरेन्सले बोलायो पुस २७ मा साधारण सभा

काठमाडौं, ८ पुस । प्राइम लाइफ इन्स्योरेन्सले पुसको २७ गते तेह्रौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको हात्तिसार, काठमाडौंमा रहेको प्रधान कार्यालयमा बोलाईएको साधारण सभा पूर्वान्ह ११ बजेदेखि अनलाइन माध्यमबाट शुरु हुने कम्पनीले जनाएकाे छ । सभाले संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७५/२०७६ को मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश पारित गर्ने भएको छ । समितिले शेयरधनीहरुलाई ८ प्रतिशत नगद लाभांश तथा ७ प्रतिशत बोनस वितरण गर्न गरेको प्रस्तावलाई सभाबाट पारि गर्नेछ । साधारण सभा तथा लाभांश वितरणको प्रयोजनार्थ… पुरा पढौ

निजी क्षेत्रकाे हालसम्मकै ठूलाे लाप्चा खोला जलविद्युत आयोजनामा दुगड समूहले लगानी गर्ने

काठमाडौं, ८ पुस । दोलखामा आयोजनास्थल रहेको १६० मेगावाट क्षमताको लाप्चे खोला जलविद्युत आयोजनामा दुगड समूहले लगानी गर्ने भएकाे छ । निजी क्षेत्रबाट लगानी हुन लागेको हालसम्मकै ठूलो याे जलविद्युत आयोजनामा नेपालको व्यावसायिक घराना दुगड समूहले लगानी गर्न लागेको हो । आयोजना निर्माणमा लागि दुगड समूहले नाशा हाइड्रोपावर प्रालिमार्फत काम अगाडि बढाएको छ । आयोजना दोलखा जिल्लाको बिगु गाउँपालिकास्थित लाप्चे खोलामा निर्माण हुन लागेको छ । आयोजनामा कूल २६ अर्ब २० करोड लगानी हुनेछ । आयोजनामा सरकारी स्वामित्वको नेपाल बैंक… पुरा पढौ

प्रभु लाइफको आईपीओ ५ लाखले नपाउने पक्का, शुक्रबार बाँडफाँड गर्ने तयारी

काठमाडौं, ८ पुस । प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ आवेदन दिएका मध्ये ५० प्रतिशतले मात्रै पाउने भएक छन् । बाँकी ५० प्रतिशतको हात खाली हुने पक्का भएको छ ।कम्पनीको आईपीओ आगामी शुक्रबार बाँडफाँड गर्ने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको तयारी छ । कम्पनीको आईपीओमा १० लाख ८२ हजार आबेदनबाट २ करोड ९३ लाख कित्ता शेयरको लागि २ अर्ब ९३ करोड रुपैयाँ बराबरको आबेदन परेको छ । कम्पनीले सर्वसाधरणलाई निष्काशन गरेको ५४ लाख कित्ताको यो ५।४२ गुणा बढी हो… पुरा पढौ

५१ प्रतिशत लाभांश दिँदै नेपाल लाइफ इन्स्योरेन्स

काठमाडौं, ८ पुस । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई ५१ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ३१ प्रतिशत शेयर लाभांश र २० प्रतिशत नगद लाभांश दिने भएको हाे । कम्पनीले एक विवरण सार्वजनिक गर्दै १ करोड ७० लाख ३८ हजार ९८ दशमलव ५१ कित्ता बराबरको शेयर लाभांश रु. १ अर्ब ९ करोड ९१ लाख ४९ हजार ७ सय १९ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको जनाएको हो । उक्त प्रस्ताव बीमा समिति र… पुरा पढौ

ग्लोबल आइएमईले गर्याे नागरिक केयर सेन्टरलाई आर्थिक सहयोग

काठमाडौं, ८ पुस । ग्लोबल आइएमई बैंक लिमिटेडले विराटनगरस्थित निर्माणाधिन नागरिक केयर सेन्टरको भवन निर्माणको लागि दुई लाख पचास हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकका प्रदेश नम्बर १ का प्रादेशिक प्रमुख सुभाष सापकोटाले मोरङ व्यापार संघ, विराटनगरमा आयोजित कार्यक्रमका बीच नागरिक केयर सेन्टरका संयोजक पवन कुमार शारडालाई रु दुई लाख पचास हजारको चेक हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै नागरिक केयर सेन्टरका संयोजक शारडाले ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक केयर सेन्टरको भवन निर्माणको लागि आर्थिक सहयोग गरी सामाजिक उत्तरदायित्व… पुरा पढौ

सुनचाँदी महिला व्यवसायीलाई मेगा बैंकले बिनाधितो ब्याज अनुदान कर्जा

काठमाडौं, ७ पुस । मेगा बैंक नेपाल लिमिटेडले ललितपुर सुनचाँदी ब्यवसायी संघमा आबद्ध सुनचाँदी महिला व्यवसायीहरुलाई बिनाधितो ब्याज अनुदान कर्जा दिने भएको छ । मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र ललितपुर सुनचाँदी ब्यवसायी संघका अध्यक्ष रमेशबहादुर शाक्यबीच संघमा आबद्ध महिला उद्यमीहरुलाई १५ लाख रुपैंयासम्म बिनोधितो ब्याज अनुदान कर्जा दिने सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सुनचाँदी व्यवसायी संघबाट सिफारिससहित आवश्यक काजगपत्र लिएर आउने उद्यमीहरुले यो कर्जा पाउनेछन् । यस कर्जाले महिला उद्यमीहरुलाई आत्मनिर्भर बनाउन थप उत्साह… पुरा पढौ