आर्थिक 📈

माछापुच्छ्रे बैंक र शहिद गंगालाल अस्पतालबीच बैंकिङ्ग सेवा सम्बन्धी सम्झौता

काठमाडौं, ७ पुस । माछापुच्छ्रे बैंक र शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रबीच उक्त केन्द्रमा आवद्ध रहेका कर्मचारीहरुहरुलाई बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी व्यवसायिक सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको तर्फबाट कार्यकारी निर्देशक चन्द्रमणी अधिकारी तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे । सम्झौता पश्चात शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आवद्ध कर्मचारीहरुलाई बैंकले सरल र सहज बैंकिङ्ग सेवा प्रदान गर्नेछ । साथै बैंकले आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट शहिद गंगालाल राष्ट्रिय हृदयरोग… पुरा पढौ

शेयर बजारमा उल्लास: परिसूचक ९५.४६ अंकले बढ्दा ६ अर्ब ७४ करोडको कारोबार

काठमाडौं, ७ पुस । साताको तेस्रो दिन मंगलबार शेयर बजारमा उल्लास छाएको छ । नेप्से परिसूचक ९५ दशमलव ४६ अंकले बढेर २ हजार ६१ दशमलव ४१ अंकमा उक्लिएको छ । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १५ दशमलव १८ अंकले बढेको छ । संसद विघटन भएसँगै देशमा देखिएको राजनीतिक घटनाको सेयर बजारमा नकारात्मक असर पर्ने कतिपयको अनुमान थियो । तर बजारले सकारात्मक दिशा तय गरेको छ । कारोबार रकम पनि पौने ७ अर्ब नजिक पुगेको छ… पुरा पढौ

सुनकाे मूल्य प्रतिताेला ३०० ले घट्यो

काठमाडाैं, ७ पुस । आज सुनको मूल्य प्रतितोला रु ३०० ले ओरालो लागेको छ । छापावाला सुन प्रतितोला रु ९४ हजार ९०० मा कारोवार हुने गरी तोकिएको छ । छापावाला सुन सोमबार प्रतितोला रु ९५ हजार २०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन आजका लागि प्रतितोला रु ९४ हजार ४०० मा कारोवार हुने गरी तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुन प्रतितोला रु ९४ हजार ७०० मा सोमबार कारोवार भएको थियो । यसैगरी चाँदी प्रतितोला… पुरा पढौ

नबिल बैंकको आकर्षक लाभांश, बोनसमात्रै ३३.५ प्रतिशत

काठमाडौं, ७ पुस । नबिल बैंकले शेयरधनीहरुलाई आकर्षक लाभाशं घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले ३५.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंक सञ्चालक समितिले गरेको निर्णय मंगलबा नेपाल स्टक एक्सचेञ्ज पठाउने तयारी गरिएको छ ।बैंकका अनुसार शेयरधनीहरूलाई ३३.५ प्रतिशत बोनस शेयर अर्थात १०० कित्ता बराबर ३३.५ कित्ता र कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । पुरा पढौ

११ प्रतिशतले बढ्यो रेमिट्यान्स, चार महिनामा भित्रियो ३ खर्ब ३७ अर्ब

काठमाडौं, ७ पुस । विदेशबाट भित्रने रेमिट्यान्स आप्रवाह ११.२ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा चालु आर्थिक वर्षको चार महिनामा विप्रेषण आप्रवाह ११.२ प्रतिशतले वृद्धि भई ३ खर्ब ३७ अर्ब ७२ करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २.८ प्रतिशतले घटेको थियो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.४ प्रतिशतले बृद्धि भई २ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.९… पुरा पढौ

नेपाल सरकार र विश्व बैंकबीच साढे नौ अर्ब बराबरको सहयोग सम्झौतामा हस्ताक्षर

काठमाडौं, ७ पुस । नेपाल सरकार र विश्व बैंकबीच रु साढे नौ अर्ब (आठ करोड अमेरिकी डलर) बराबरको सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आयोजित समारोहमा ग्रामीण उद्यम र आर्थिक विकास आयोजनाको वित्तीय सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका हुन । आयोजनाको मुख्य लक्ष्य ग्रामीण कृषि उत्पादनको बजार पहुँच र ग्रामीण उद्यमशीलताको प्रवद्र्धन गर्दै कोभिड–१९ पश्चातको आर्थिक पुनरूत्थानलाई अभिवृद्धि गर्ने… पुरा पढौ

शेयर बजार ३०.३३ अंकले बढ्यो, अधिकांश समूह हरियाली

काठमाडौं, ६ पुस । साताको दोस्रो दिन सोमबार शेयर बजारका अधिकांश समूहहरु हरियाली देखिएका छन् । सेयर कारोबार मापक नेप्से परिसूचक ३०.३३ अंकले अंकले बढेर एक हजार ९६५ दशमलब ९६ विन्दुमा पुगेको छ । कारोबार रकम साढे ६ अर्ब नाघेको छ । नेप्सेका अनुसार ६ अर्ब ६९ करोड ८८ लाख ७४ हजार ३५४ रुपैयाँ बराबरको कारोबार भएको छ ।नेप्सेमा कारोबार हुने कूल १२ उपसमूहमध्ये तीन समूह घटेका छन् भने अन्य सबै समूह बढेका छन् । पुरा पढौ

सुनको मूल्य प्रतितोला ९०० ले उकालो लाग्याे

काठमाडाैं, ६ पुस । आज सुनको मूल्य प्रतितोला रु ९०० ले उकालो लागेको छ । छापावाला सुन आज प्रतितोला रु ९५ हजार २०० मा कारोवार भएको छ । छापावाला सुन आइतबार प्रतितोला रु ९४ हजार ३०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला रु ८५० ले वृद्धि भएको छ । तेजाबी सुन आजका लागि प्रतितोला रु ९४ हजार ७०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सो धातु आइतबार प्रतितोला रु ९३ हजार ८५० मा… पुरा पढौ

डिपिआरको ढिलाइले सेनाले नलगाड जलविद्युत् आयोजना छोड्दै

जाजरकोट, ६ पुस । छ महिनाभन्दा बढी समयसम्म नलगाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम रोकिएपछि सुरक्षामा खटिएको सेनाले हात झिक्ने चेतावनी दिएको छ । सुरक्षामा खटिएको सेनासँग दुई वर्षको सम्झौता गरेको भए पनि सम्झौता मिति सकिएको र अहिलेसम्म सम्झौताअनुसारको व्यवस्थापनसमेत नगरेको सेनाले जानकारी दिएको छ । सम्झौताअनुसार नेपाली सेनालाई रु १५ लाख भुक्तानी दिइएको र रु ४३ लाख दिन बाँकी रहेको छ । डिपिआरको जिम्मा लिएको स्मेक, एमडब्लुएच र स्वदेशी कम्पनी उदय कन्सल्ट्यान्टले लिएका छन् । आयोजनाको डिपिआर… पुरा पढौ

नागरिक लगानी कोषको हकप्रद शेयर भर्ने अवधि पुस १३ सम्म मात्रै

काठमाडौं, ६ पुस । नागरिक लगानी कोषको हकप्रद शेयरका लागि शेयरधनीहरुले पुस १३ गतेसम्म आवेदन गर्न सक्ने भएका छन् । कोषले ८२.८४ प्रतिशत हकप्रद शेयर बिक्रीका लागि खुला गरेको अवधि पुस १४ गतेसम्म मात्रै हो । कोषको सञ्चालक समितिको बैठकले पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कोषका अनुसार १ः०.८२८४ को अनुपातमा १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयर बिक्री हुन लागेको छ । कोषको प्रतिकित्ता रु. १०० को दरले १ अर्ब ३५ करोड… पुरा पढौ