आर्थिक 📈

लोडसेडिङ हटाउन २५० मेगावाट विद्युत् आयात गरिने

काठमाडौं, ७ मंसिर । सुक्खायाममा सहज रुपमा विद्युत् आपूर्तिको व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरणले अधिकतम् २५० मेगावाटसम्म विद्युत् आयात गर्ने भएको छ । विशेषगरी माघ, फागुनमा नदीमा जलसतह कम हुने तथा प्राधिकरण र निजी क्षेत्रका आयोजनामा समेत कम विद्युत् उत्पादन हुने भएकाले बिजुली व्यवस्थापनका लागि भारतबाट विद्युत् आयात गर्न लागिएको हो । प्राधिकरणले सन् २०२० को डिसेम्बर १ देखि २०२१ को जुनसम्मका लागि विद्युत् आयातका लागि भारतसँग आग्रह गरेको थियो । प्राधिकरणको सो आग्रहलाई भारतले स्वीकृति दिएको जनाइएको छ ।… पुरा पढौ

नागरिक लगानी कोषले कमायो १४ करोड ५९ लाख खुद नाफा

काठमाडौं, ७ मंसिर । नागरिक लगानी कोषले यस आर्थिक वर्षको पहिलो त्रैमासमा २०.६३ प्रतिशत खुद नाफा कमाएको छ । कोषको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १४ करोड ५९ लाख खुद नाफा गरेको छ । गएको वर्ष यही अवधिमा कोषको खुद नाफा १२ करोड १० लाख रहेको थियो । नागरिक लगानी कोषको संचित कोषमा अहिले ८ अर्ब २८ करोड रुपैयाँ रहेको छ । एक अर्ब ६४ करोड चुक्ता पूँजी रहेको कोषको हकप्रद शेयर बिक्री पछि चुक्ता पूँजी ३ अर्ब पुर्याइने भएको… पुरा पढौ

युनाईटेड इदी–मर्दी हाइड्रोको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, ७ मंसिर । युनाईटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कपनीले आज बैंकिंग समय पश्चात आइपीओ बिक्री बन्द गर्न लागेको हो । कम्पनीले मंसिर २ गतेदेखि सर्वसाधारणमा ८ लाख ७३ हजार ९१० कित्ता शेयर बिक्री खुल्ला गरेको थियो। उक्त शेयरमा ५ गुणा भन्दा बढी आवेदन परिसकेको छ। कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र कास्की जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुको लागि ४ लाख २० हजार कित्ता आईपीओ बिक्री गरेको थियो । सो मध्ये बिक्री… पुरा पढौ

बिओके क्यापिटलको ४.५ प्रतिशत लाभांश पारित

काठमाडौं, ७ मंसिर । बिओके क्यापिटलको पाँचौ साधारण सभाबाट ४.५ लाभांश पारित भएकाे छ । सम्पन्न साधारण सभाबाट आर्थिक वर्ष २०७६/२०७७ को वित्तिय विवरण पारित गरिएको छ । सभाले प्रस्तावित ४.५ प्रतिशतले हुन आउने ९४ लाख ५० हजार नगद लाभांश करसहित पारित गरेको छ । आर्थिक वर्ष २०७६/२०७७ को संचित मुनाफा, चुक्ता पूँजी २१ करोडबाट ४.५ लाभांश पारित भएको हो । यस्तै साधारण सभाले सामुहिक लगानी कोष व्यवस्थापन र रकम जम्मा लगायतका व्यवस्थापनका काम क्यापिटलले गर्ने प्रस्तावलाई पारित गरेको छ… पुरा पढौ

शाइन रेसुंगाको शेयर संरचना परिवर्तन, संस्थापकको हिस्सा ५४.८५ प्रतिशत

काठमाडौं, ७ कात्तिक । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको शेयर संरचना परिमार्जन भएको छ । बैंकको संस्थापक र सर्वसाधारण समूहको शेयर संरचना केहि फेरबदल भएको हो । बैंकको ११ लाख १९ हजार ५५६ कित्ता संस्थापक शेयर सर्वसाधारणमा रुपान्तरण भएको छ । शेयर संरचना परिवर्तन भएसँगै अब संस्थापक समूहको हिस्सा ५४.८५ प्रतिशत र सर्वसाधारण समूहको ४४.१५ प्रतिशतअनुपात कायम भएको छ । हाल यस बैंकको चुक्ता पुँजी १ अर्ब १ करोड रहेको छ । पुरा पढौ

४१७ मेगावाट क्षमताको नलगाड जलविद्युत् आयोजनाको तत्काल डिपिआर सक्न निर्देशन

काठमाडौं, ६ मङ्सिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नलगाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम तत्काल सम्पन्न गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन्। जाजरकोटमा आयोजनास्थल रहेको कूल ४१७ मेगावाट क्षमताको जलाशययुक्त आयोजनाको डिपिआरको तयारीमा नै लामो समय लागेको गुनासो आएपछि मन्त्री पुनले उक्त निर्देशन दिएका हुन्। जाजरकोटबाट प्रतिनिधिसभा सदस्यसमेत रहेका वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, ऊर्जा मन्त्रालयका सहसचिव प्रवीणराज अर्याल र नलगाड हाइड्रोपावर कम्पनीका अध्यक्ष मोहनराज पन्त र कार्यकारी अधिकृत रामगोपाल… पुरा पढौ

शिवम् सिमेन्ट उद्योगमा आगलागी

काठमाडाै, ६ मंसिर । हेटौँडा उपमहानगरपालिका–१६ मा अवस्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ । विद्युत् प्रवाह चुहावट भई उद्योगको कोइला च्याम्बरमा शनिबार बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । आगलागीबाट मानवीय र ठूलो धनजनको क्षति नभएको उनले बताएका छन्। स्थानीयवासी प्रहरी, उद्योगका कर्मचारी र हेटौँडा उपमहानगरपालिकाको दमकलबाट आगो नियन्त्रणमा लिइएको थियो । पुरा पढौ

रिडी हाइड्रोपावरकाे साधारण सभा मंसिर २६ मा डाकियाे

काठमाडौं, ६ मंसिर । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीकाे वार्षिक साधारण सभा मंसिर २६ गते डाकिएकाे छ । सभा कम्पनीको कर्पोरेट कार्यालय, काठमाडौंमा बिहान ११ बजे डाकिएकाे हाे । कम्पनीका अनुसार साधारणा सभा भर्चुअल हुनेछ । सभामा ५ प्रतिशत बोनस शेयर वितरणका लागि प्रस्ताव लगिने भएकाे छ । कम्पनीको सञ्चालक समितिकाे बैठकले कर तिर्न ०.२६% नगद लाभांश दिने निर्णय पनि गरेकाे छ। साधारणा सभामा छलफलका लागि प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने लगायतका अन्य एजेन्डा पनि रहेका छन् । यस्तै कम्पनीको अधिकृत… पुरा पढौ

मन्त्रिपरिषद् निर्णयः सहुलियतपूर्ण व्यावसायिक कर्जा दिइने

काठमाडौं, ५ मंसिर । सरकारले कोभिड–१९ बाट प्रभावित व्यवसायलाई निरन्तरता दिन सहुलियतपूर्ण व्यावसायिक कर्जा उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकको गत कात्तिक २७ को निर्णयअनुसार शुक्रबारदेखि नै लागू हुने गरी रोगको महामारीबाट प्रभावित घरेलु तथा साना उद्यम सञ्चालन, विभिन्न व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी र व्यवसायको निरन्तरताका लागि व्यावसायिक कर्जा उपलब्ध गराइने भएको हो । यसका लागि मन्त्रिपरिषद्ले ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७’ पारित गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए। आज आयोजित पत्रकार सम्मेलनमा कात्तिक २७… पुरा पढौ

एडिबीले अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता बढाउन १७ अर्ब ७० करोड सहुलियत ऋण दिने

काठमाडौं, ५ मङ्सिर । एशियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धि गर्न रु १७ अर्ब ७० करोड सहुलियत ऋण उपलब्ध गराउने भएको छ । बैंकले नेपाललाई उक्त रकम सहुलियत ऋणस्वरुप प्रदान गर्न आज स्वीकृति जनाएको मनिलास्थित बैंकको प्रधान कार्यालयले जनाएको छ । त्रिभुवन विमानस्थलमा समानान्तर ‘ट्याक्सी वे’ र ‘ह्याङ्गर एप्रोन’ बनाउन तथा गौतमबुद्ध विमानस्थलमा ‘टर्मिनल’ भवन निर्माणका साथै त्यसको क्षमता बढाउन ऋण रकम स्वीकृत गरिएको बैंकले जनाएको छ । भैरहवामा निर्माणाधीन वैकल्पिक… पुरा पढौ