आर्थिक 📈

तोलामा ७ सयले घट्यो सुनको मूल्य

काठमाडाै, ४ मंसिर । सुनको मूल्यमा गिरावट आएको छ । कोरोना भाइरसको खोपको सफलताका समाचार अन्तरराष्ट्रियरूपमा सार्वजनिक भएपछि त्यसको प्रभाव सुनको मूल्यमा समेत परेको छ । सोही कारण आज स्थानीय बजारमा समेत पहेलाे धातुको मूल्य प्रतितोला ७ सयले ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार छापावाला सुन प्रतितोला ९४ हजार ४ सयमा कारोवार भएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार १ सयमा कारोवार भएको थियो । बुधबारको तुलनामा आज छापावाला सुन प्रतितोला ७ सयले घटेको… पुरा पढौ

युनाईटेड इदी-मर्दी हाइड्रोपावरकाे शेयरमा मागभन्दा धेरै आबेदन

काठमाडाैं, ४ मंसिर । युनाईटेड इदी-मार्दी हाइड्रोपावरद्वारा सर्वसाधारणका लागि शेयर निष्काशन गरिएकाे पहिलो दिनमै बुधवार माग गरेभन्दा धेरै आबेदन परेको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेकाे ग्लोवल आइएमई क्यापिटलका अनुसार माग गरेभन्दा धेरै शेयर लगानीकर्ताले आबेदन दिएका छन् । जस्अनुसार ८३ हजार आबेदनमा ११ लाख ३८ हजार २६० कित्ता शेयरको लागि लगानीकर्ताले आबेदन गरेका हुन् । यसअघि आयाेजना प्रभाबित स्थानियका लागि खुला गरिएकाे शेयरमध्ये बिक्री नभइ बाँकी रहेकाे शेयरसहित ८ लाख ७३ हजार ९१० कित्ता शेयर बुधबारबाट बिक्रीका… पुरा पढौ

एलआइसीको खुद नाफा ५ करोड ७९ लाख २६ हजार

काठमाडौं, ३ मंसिर । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपालको नाफा यस वर्ष १४४.६४ प्रतिशतले बढेको छ । गएको वर्ष २ करोड ३६ लाख ७८ हजार रुपैयाँ नाफा कमाएको एलआइसीले यस वर्षको पहिलो त्रैमासमा ५ करोड ७९ लाख २६ हजार खुद नाफा कमाएको छ । असोज महिनाको अन्त्य सम्ममा बीमा शुल्क तथा बीमा कोषको रकम बढेकोले इन्स्योरेन्सको खुद नाफा पनि बढेको हो । एलआइसीको बीमा शुल्क २०.४१ प्रतिशतले बढ्दा उक्त रकम ५ अर्ब ३ करोड ३१ लाख ३२ हजार भएको छ… पुरा पढौ

नेप्से २३ अंकले बढ्दा ४७९ करोडको शेयर कारोबार

काठमाडौं, ३ मंसिर । सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार दोहोरो अंकले बढेको छ । मंगलबार ४ अर्ब ७९ करोड रुपैयाँ भन्दा धेरैको सेयर कारोबार भएको हो । नेप्से परिसूचक २३ दशमलव ३२ अंकले बढेर १ हजार ७ सय ४१ दशमलव ८१ अंकमा पुगेको छ । नेप्से परिसूचक बढ्दा क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.२४ प्रतिशत अर्थात ०.८० अंकले घटेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत उल्लास देखिएको छ । दिनभर भएका ४३ हजार ६… पुरा पढौ

विश्व बैंकबाट ४२ अर्ब सहयोग

काठमाडाैं, ३ म‌ंसिर । नेपालको शहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरणसहित कोभिड– १९ पछिको उत्थानशील पुनरुत्थानका पहललाई टेवा पुर्‍याउन नेपाल सरकार र विश्व बैंकबीच छुट्टाछुट्टै दुई सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल शहरी शासकीय सुधार र पूर्वाधार आयोजना र ‘आर्थिक वृद्धिका लागि वित्त’ विकास नीति सहायतासम्बन्धी सम्झौतामा अर्थ सचिव शिशिरकुमार ढुङ्गाना र माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरे । अर्थ मन्त्रालयमा हस्ताक्षरपछि जारी संयुक्त प्रेस विज्ञप्तिअनुसार १५ करोड अमेरिकी डलर (करीब रु… पुरा पढौ

सुनको मूल्य १०० रुपैयाँ घट्यो

काठमाडौं, ३ मंसिर । तिहारपछि पहिलो दिन आज सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ । आज सुन तोलामा १०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार १०० मा कारोबार भएको छ । तेजाबी सुन प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ वृद्धि भएको छ । चाँदी प्रतितोला एक हजार २३० रुपैयाँमा कारोबार भएको छ । पुरा पढौ

युनाईटेड इदी-मर्दी हाइड्रोको आइपीओ आजबाट खुला

काठमाडौं, ३ मंसिर । युनाईटेड इदी मर्दी हाइड्रोपावरको सर्वसाधारणका लागि शेयर आजबाट खुला गरिएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार कम्पनीले कात्तिक २७ गतेदेखि बिक्री खुला गर्ने भनिएको मिति सारेर मंसिर ३ गतेदेखि बिक्री खुला गर्ने मिति तोकेअनुसार आजबाट खुला गरेकाे हाे । कम्पनीले आयोजना प्रभावितहरुको लागि छुट्याएको बिक्री नभएको शेयरलाई पनि थपेर जम्मा ८ लाख ७३ हजार ९१० कित्ता शेयर खुला गरेको हो । आयोजना प्रभावितका लागि निश्कासन गरिएको यसअघिको ४ लाख २० हजार कित्तामध्ये बिक्री नभएर बाँकी… पुरा पढौ

२७ बैंकले ३ महिनामा कमाए १४ अर्ब ७६ करोड, कुनले कति कमाए ? (सूची सहित)

काठमाडौं, ३ मंसिर । चालु आर्थिक वर्ष २०७७।७८ को पहिलो त्रैमासमा सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले १४ अर्ब ७६ करोड रुपैयाँ खुद मूनाफा कमाएका छन् । तर यो मूनाफा अघिल्लो आर्थिक वर्ष २०७६।७७ को पहिलो त्रैमासको भन्दा धेरै कम हो । अघिल्लो आर्थिक वर्षको यहि अवधीमा तत्कालिन अवस्थामा रहेका २८ वाणिज्य बैंकहरुले १५ अर्ब ५५ करोड रुपैयाँ भन्दा धेरै मूनाफा कमाएका थिए । त्यतिबेला फरक रहेका ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाल मिलेर एक भएका छन् । अब हेरौं… पुरा पढौ

चार करोडको प्रशोधित कपास गोदाममै थन्कियो

बाँके, २ मङ्सिर । बाँके जिल्लाको खजुरा कपास विकास समितिमा रु चार करोड मूल्यबराबरको २०३ मेट्रिक टन प्रशोधित कपास ६ वर्षदेखि बिक्री नहुँदा गोदाममा थन्किएको छ । समितिले कृषकबाट खरिद गरी प्रसोधन गरेर बिक्रीका लागि तयारी अवस्थामा राखेको करिब रु चार करोड मूल्यबराबरको कपास बिक्री नभएपछि गोदाममै थन्किएको हो । पहिले हेटौंडा कपडा उद्योग र बुटवल धागो कारखानाले कपास खरिद गर्दै आएकामा ती दुवै उद्योग बन्द भएपछि उत्पादित कपास खेर जाने अवस्था रहेको समितिका निमित्त प्रमुख विजयकुमार जोशीले बताए ।… पुरा पढौ

राष्ट्रिय बीमा कम्पनीको बीमा कोष २८.३३ प्रतिशतले वृद्धि

काठमाडौं, २ मंसिर । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको नाफा अघिल्लो वर्षको भन्दा १५.१४ प्रतिशतले घटे पनि बीमा कोष २८.३३ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले यस आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड १७ लाख ९२ हजार खुद नाफा आर्जन गरेको छ । गएको वर्ष कम्पनीले ६ करोड १० लाख ३५ हजार आर्जन गरेको थियो । राष्ट्रिय बीमा कम्पनीको कोष भने वृद्धि भएको छ । कोष २८.३३ प्रतिशतले वृद्धि भएको हो । १ अर्ब ७७ करोड ३४ लाख ९६ हजारबाट… पुरा पढौ