आर्थिक 📈

गण्डकी प्रदेशका प्रमुख सचिव डन्डुराज घिमिरे निलम्बन

पोखरा, २४ वैशाख । गण्डकी प्रदेशका प्रमुख सचिव डन्डुराज घिमिरे निलम्बनमा परेका छन्। पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोगमा उनि बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गर्ने बिज्ञप्ती निस्कान गरेसंगै घिमिरे निलम्बनमा परेका हुन । अख्तियारका दुरुपयोग अनुसन्धान आयोगका प्रबक्ता सुरेश न्यौपानेका अनुसार भ्रष्टाचार मुद्धा दायर हुनासाथ अथवा अभियोग लाग्नासाथ निजामती सेवाका कर्मचारी स्वतः निलम्बनमा पर्ने ऐनको ब्यबस्था अनुसार घिमिरे बिहिवार नै निलम्बनमा पर्नु भएको हो । पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा कर छुटसम्बन्धी अनियमिततामा गरेको अभियोगमा उनीसहित… पुरा पढौ

पोखरा विमानस्थल प्रकरणः १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, २४ वैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणका क्रममा मूल सम्झौताको प्रावधानविपरीत ठेकेदार कम्पनीलाई कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनामाथि भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । नेपाल सरकारले ऋण स्वरूप प्राप्त गरेको सार्वजनिक सम्पत्तिमध्येबाट जम्मा रु तीन अर्ब ६२ करोड पाँच लाख २२ हजार १६० हिनामिना, हानिनोक्सानी र दुरूपयोग गरे÷गराएको पुष्टि भएको अख्तियारको दावी छ । उक्त भ्रष्टाचार मुद्दामा दुई सचिवसमेत परेका छन् । मूल सम्झौताको प्रावधानविपरीत ठेकेदार कम्पनीलाई कर छुट दिनेगरी… पुरा पढौ

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधा कार्यक्रमको अवधि दुई महिना थप

काठमाडौं, २४ वैशाख। अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) को कार्यकारी बोर्डले नेपालका लागि लागू गरिएको विस्तारित कर्जा सुविधा (इसिएफ) कार्यक्रमको अवधि थप दुई महिना लम्ब्याउने निर्णय गरेको छ । आइएमएफले बुधबार जारी गरेको विज्ञप्तिअनुसार उक्त कार्यक्रम अब सन् २०२६ जुलाई ११ सम्म कायम रहनेछ । आइएमएफका अनुसार इसिएफ कार्यक्रमअन्तर्गत सातौँ तथा अन्तिम समीक्षा पूरा गर्न पर्याप्त समय उपलब्ध गराउने उद्देश्यले कार्यक्रमको अवधि थप गरिएको हो । नेपालका लागि ३८ महिनाको इसिएफ कार्यक्रम सन् २०२२ जनवरी १२ मा स्वीकृत भएको थियो ।… पुरा पढौ

नेप्सेमा सामान्य सुधार: परिसूचक ६.९४ अंकले बढ्दा कारोबार रकम भने खुम्चियो

काठमाडौं, २४ वैशाख। साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। अघिल्लो दिन बुधबार सामान्य गिरावट आएको बजारमा यस दिन सुधार देखिएको हो। बिहीबार नेप्से परिसूचक ६.९४ अंकले बढेर २७१८.१६ विन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स ०.९५ अंक, फ्लोट इण्डेक्स ०.३० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२२ अंकले सकारात्मक रहेका छन्। परिसूचक बढे तापनि कारोबार रकममा भने बुधबारको तुलनामा गिरावट आएको छ। बुधबार ३ अर्ब १९ करोड रुपैयाँको शेयर कारोबार भएकोमा बिहीबार… पुरा पढौ

अनौपचारिक विप्रेषणको कारोबार नगर्न नगराउन अनुरोध

काठमाडौं, २४ वैशाख। इजरायलस्थित नेपाली राजदूतावासले इजरायल तथा साइप्रसमा रही कोही कसैले पनि अनौपचारिक रूपमा विप्रेषणको काम, कारोबार नगर्न÷नगराउन अनुरोध गरेको छ । त्यहाँस्थित दूतावासले बुधबार सूचना जारी गरी इजरायल तथा साइप्रसमा रही कसैले त्यस्तो काम कारोबार गरेको भए त्यस्तो कार्य गर्ने, गराउनेको विवरण प्रमाणसहित राजदूतवासमा जानकारी गराउन आग्रहसमेत गरेको छ । यसले अनौपचारिक रूपमा हुने विप्रेषणलाई रोक्ने कार्यमा सहयोग पुग्ने दूतावासको अपेक्षा छ । सूचनामा भनिएको छ, “सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणका लागि विदेशमा रही अनौपचारिक… पुरा पढौ

सिद्धार्थ इक्विटी फण्ड २ मा आवेदन दिने म्याद थप

काठमाडौं, २४ वैशाख । सिद्धार्थ क्यापिटलले निष्काशन गरेको सामूहिक लगानी कोष 'सिद्धार्थ इक्विटी फण्ड २' मा आवेदन दिने समय थप गरिएको छ। गत वैशाख २१ गतेदेखि बिक्री खुला गरिएको यस फण्डको इकाईका लागि अब आगामी जेठ ४ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने क्यापिटलले जनाएको छ। यसअघि निष्काशन छिटोमा वैशाख २५ गते बन्द हुने कार्यतालिका थियो। तर, तोकिएको समयभित्र पर्याप्त आवेदन नपरेपछि म्याद थप गरिएको हो। यद्यपि, मागभन्दा बढी आवेदन परेमा जेठ ४ गते अगावै पनि सूचना प्रकाशित गरी बिक्री… पुरा पढौ

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २४ वैशाख । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले बैशाख २१ गतेदेखि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो। निष्काशन विवरण कम्पनीले कुल जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत (अर्थात् ८ करोड ५० लाख रुपैयाँ बराबरको) ८ लाख ५० हजार कित्ता शेयर सार्वजनिक निष्काशन गर्ने अनुमति पाएको थियो। सोही स्वीकृत कित्तामध्ये १० प्रतिशत अर्थात् ८५ हजार कित्ता शेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका… पुरा पढौ

समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

काठमाडौं, २३ वैशाख । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित सहकारी संस्थाहरूको बचत फिर्ता गराउने प्रक्रियालाई तीव्र बनाउँदै ठुला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु गरेको छ। समितिले एक सूचना जारी गर्दै विभिन्न १० वटा समस्याग्रस्त सहकारीका मुख्य ऋणीहरूको नामावली सार्वजनिक गरेको हो। समितिका अनुसार बचतकर्ताहरूको रकम फिर्ता गर्नका लागि ऋणीहरूबाट रकम असुली गर्नु अनिवार्य भएकाले पहिलो चरणमा ठुला ऋणीहरूको नाम बाहिर ल्याइएको हो। अन्य समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम पनि क्रमशः सार्वजनिक गर्दै जाने समितिले जनाएको छ। सार्वजनिक गरिएका १० सहकारीहरू:… पुरा पढौ

आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान

काठमाडौं, २४ वैशाख। राष्ट्रिय तथ्याङ्क कार्यालयले सबै व्यावसायिक प्रतिष्ठानलाई आर्थिक गणनामा सहभागी हुन आह्वान गरेको छ । आर्थिक कारोबार हुने औपचारिक तथा अनौपचारिक क्षेत्रका व्यापार–व्यवसाय गर्ने संस्थालाई गणना प्रक्रियामा सहभागी हुन राष्ट्रिय तथ्याङ्क कार्यालयअन्तर्गत आर्थिक गणना शाखाका निर्देशक डा वेदप्रसाद ढकालले आग्रह गर्नुभयो । मुलुकको आर्थिक गतिविधि प्रस्तुत गर्ने र आर्थिक नीतिनिर्माणमा आधार प्रदान गर्ने उद्देश्यले यही वैशाख २ देखि असार ७ गतेसम्म गणना कार्य जारी छ । उहाँका अनुसार गणनाका क्रममा व्यावसायिक कृषि, खानी, उत्पादन, उद्योग, व्यापार, निजी व्यवसाय,… पुरा पढौ

नेप्सेमा सामान्य गिरावट: कारोबार रकम ३ अर्ब १९ करोडमा खुम्चियो, ८ उपसमूहमा हरियाली

काठमाडौं, २३ वैशाख । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट देखिएको छ। मंगलबार झिनो अंकले बढेको बजार यस दिन पुनः १.६४ अंकले घटेर २७११.२२ विन्दुमा ओर्लिएको छ। परिसूचक घटे पनि सेन्सेटिभ इण्डेक्स भने ०.८० अंकले बढेको छ। यस्तै फ्लोट इण्डेक्समा ०.०१ र सेन्सेटिभ फ्लोट इण्डेक्समा ०.२४ अंकको सुधार देखिएको छ। कारोबार रकममा कमी बजार परिसूचकसँगै कारोबार रकममा पनि केही गिरावट आएको छ। मंगलबार ३ अर्ब ४३ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ३३६ कम्पनीका ७१… पुरा पढौ