आर्थिक 📈

एभरेष्ट बैंकको नाफा ५१.५४ प्रतिशतले घट्यो, कस्ताे छ अन्य सूचक ?

काठमाडाैं, २४ कात्तिक । एभरेष्ट बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद मुनाफा ५१.५४ प्रतिशतले घटेको छ । बैकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३३ करोड ४७ लाख मात्रै नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा ६९ करोड ८ लाख खुद नाफा कमाएको थियो । बैंकको वितरणयोग्य मुनाफा १३ करोड ५९ लाख रहेको छ । बैंकको खुद ब्याज आम्दानी पनि कम भएको छ। खुद ब्याज आम्दानी २८.५७ प्रतिशतले घटेर १ अर्ब २ करोड रहेको छ । अघिल्लो आर्थिक वर्ष सोहि… पुरा पढौ

आज पनि सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठडमौं, २४ कात्तिक । सुनको मूल्य आज पनि बढेको छ । सुन प्रतितोला ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुन प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । आज चाँदी प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको छ । आईतबार सुनको मूल्य तोलामा ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलामा ९७ हजार २०० रुपैयाँ कायम भएको… पुरा पढौ

राष्ट्र बैंकले आज १७ अर्बको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौं, २४ कात्तिक । नेपाल राष्ट्र बैंकले आज रु १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकको निकालेकाे सूचनाअनुसार उक्त परिमाणको ट्रेजरी बिल बोलकबोल प्रक्रियाकाेे माध्यमबाट बिक्री गर्न लागिएको हो । बैंकले सबै परिमाणको ट्रेजरी बिल नवीकरण गर्न लागेको बताएकाे छ । त्यसमध्ये रु पाँच अर्ब बराबरको ट्रेजरी बिल भने २८ दिनका लागि बिक्री गरिनेछ । उक्त बिल आगामी मंसिर २३ गते परिपक्व हुनेछ । यस्तै रु १० करोड बराबरको ट्रेजरी बिल ९१ दिनका… पुरा पढौ

विशाल ग्रुपका संचालकलाई १ बर्ष कैंद र २४ लाख ७२ हजार जरीवाना

काठमाडौं, २४ कात्तिक । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले म्याद गुज्रिएका खाद्य सामग्रीमा पुनःम्याद राख्दै गरेको अवस्थामा पक्राउ परेका विशाल ग्रुपका संचालकलाई १ बर्ष कैंद र २४ लाख ७२ हजार रुपैयाँ जरीवाना तोकिएको जनाएको छ । विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले आज बिज्ञप्ति जाारी गरी २०७७ असोज महिनामा विभागका महानिर्देशकको इजलासमा पेश गरिएका मुद्धामाथि भएका निर्णयहरुमा भारतको राजस्थानका हाल काठमाडौं बस्ने रोनक बोथरा र धादिङ्ग गल्छी गाउँपालिका वडा नं ३ घर भएका काठमाडौं कुलेश्वर बस्ने शंकर बयलकोटीलाई १… पुरा पढौ

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो,बैंकका लगानीकर्ताले गुमाए

काठमाडौं, २३ कात्तिक । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । १२ दशमलव ४९ अंकले बढेर १ हजार ६ ४८ दशमलव ५८ अंकमा पुगेको छ । ‘क’ वर्गको कारोबार मापवन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ५७ अंकले बढेको छ । नेप्से परिसूचक बढेसँगै कारोबार रकममा समेत उल्लास देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार साढे ३ अर्ब बढी रकमको कारोबार भएको छ । दिनभर भएका ४१ हजार ७ सय ६७ कारोबारबाट… पुरा पढौ

आज पनि सुनचाँदीको मूल्य वृद्धि, सुन प्रतितोला ५०० रुपैयाँ बढ्यो

काठमाडौं, २३ कात्तिक । पछिल्ला दिनहरुमा सुनचाँदीको मूल्य उकालो लाग्ने क्रम रोकिएको छैन । आज पनि सुनको मूल्य बढेको छ । सुन प्रतितोला ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाला सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार सूनको मूल्य तोलामा १ हजार बढेको थियो । चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी प्रतितोला २५ रुपैयाँले बढेर १… पुरा पढौ

इँटा उद्योगमा मजदूरकाे अभाव, ८० प्रतिशत उद्योग बन्द हुदैं

राजविराज, २३ कात्तिक । कोभिड–१९ का कारण मजदुर अभाव हुँदा मुलुकमा ८० प्रतिशत इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका छन । नेपाल इँटा उद्योग व्यवसायी सङ्घका सचिव अरुण प्रधानले राजविराजमा शनिबार आयोजित सप्तरी इँटा उद्योग व्यवसायी सङ्घको पदस्थापन कार्यक्रममा प्रथम जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई पदस्थापन गराउँदै प्रधानले कोभिड–१९ का कारण भारतको पश्चिम बङ्गालका मजदुरहरु आउन छाडेकाले उत्पादनमा समस्या भएको बताए । देशका मजदुरलाई उद्योगका लागि प्रोत्साहन गरे पनि वैदेशिक रोजगारीमा जान रुचाउने र दक्ष, अनुभवी एवं सीपयुक्त मजदुर नहुने कारणले… पुरा पढौ

२४ प्रतिशत लाभांश घोषणा गरेको शिवम सिमेन्टको साधारणसभा भोलि, के–के छन् एजेण्डा ?

काठमाडौं, २३ कात्तिक । आकर्षक लाभांश घोषणा गरेको शिवम् सिमेन्ट्सले सोमबार कात्तिक २४ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले जुम मार्फत साधारण सभामा बोलाएको हो ।कम्पनीले २४.२१ प्रतिशत नगद लाभांश पारित गर्ने प्रमुख एजेन्डा लैजाँदैछ । कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट समेत हुनेगरी २४।२१५ लाभांश वितरण गर्न लागेको छ । साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले कात्तिक १३ गते बुक क्लोज गरिसकेको छ। यसर्थ, कात्तिक १२ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गरेका छन् । पुरा पढौ

विराटनगर भन्सारद्वारा सात अर्ब राजश्व सङ्कलन

विराटनगर, २२ कात्तिक । एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालु आर्थिक वर्ष २०७७÷७८ को तीन महिनाको अवधिमा कूल रु सात अर्ब ९३ करोड ३० लाख ४२ हजार राजश्व सङ्कलन गरेको छ । यस अवधिमा कार्यालयले रु १० अर्ब एक करोड १८ लाख छ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । सङ्कलित राजश्व लक्ष्यमा ७९ दशमलव २४ प्रतिशत मात्र प्रगति हासिल गरेको छ । गएको वर्षमा यो अवधिमा कूल रु आठ अर्ब ९९ करोड ३८ लाख नौ हजार राजश्व सङ्कलन… पुरा पढौ

ढोरपाटन सिकार आरक्षमा कोरोनाले घट्यो सिकार:एक झारल र एक नाउर सिकार हुने

गलकोट, २२ कात्तिक । कोरोना कहर हुन्थेन भने यतिबेला बागलुङको ढोरपाटन सिकार आरक्षमा विदेशी पर्यटकको चहल पहल हुन्थ्यो । तर, यस वर्षको पहिलो सिकार याम शुरु भइसके पनि हालसम्म विदेशी सिकारी आउन सकेका छैनन् । कोरोना अगाडि धेरै नाउर र झारल शिकार गर्ने नेपालको एक मात्रै ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याममा जम्मा एक नाउर र एक झारल मात्र सिकार हुने भएको छ । कोरोना त्रासले गत वर्षको चैतदेखि सिकार हुँन नसकेको आरक्षमा यस वर्षको पहिलो याममा तोकिएको… पुरा पढौ