आर्थिक 📈

प्राइम कमर्सियल बैंकको खुद नाफा अर्ब नाघ्याे, बेस रेटमा सुधार

काठमाडौं, २० कात्तिक । प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब १ करोड ७६ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५ करोड ७८ लाख ६७ हजार रुपैयाँ बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकले ६५ करोड ९७ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । पछिल्लो ३ महिनामा बैंकको निक्षेप १ खर्ब १९ अर्बबाट बढेर १ खर्ब २४ अर्ब पुगेको छ भने कर्जा… पुरा पढौ

आरम्भ चौतारीको नाफामा झिनो सुधार, खराब कर्जा घटाउन सकेन

काठमाडौं, २० कात्तिक । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड २९ लाख ७६ हजार रुपैयाँ कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा झिनो वृद्धि हो । गत आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा यस संस्थाले १ करोड २३ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी बढेपनि लघुवित्तको खर्च र निष्क्रिय कर्जा बढेका कारण खुद नाफामा केही दबाब पुगेको देखिएको छ। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २ करोड… पुरा पढौ

नेप्से २.३९ अंकले घट्यो, १ अर्ब ७५ करोड बढीकाे कारोबार

काठमाडौं, १९ कात्तिक । नेप्से परिसूचक आज घटेको छ । नेप्से २.३९ अंकले घटेर १६४०.६४ विन्दुमा रोकिएको छ । जम्मा २०१ कम्पनीको १ अर्ब ७५ करोड रुपैयाँ बढीको कारोेबार भएको छ । आज १२ समूहको कारोबार भएको छ । उनिहरुमध्ये ५ समूहको सूचक बढेको छ । बाँकि तल झरेका छन् । सबैभन्दा बढी व्यापारिक समूह २५.३१ अंकले बृद्धि भएको छ । आज वाणिज्य बैंक समूहमा ३.०४ अंकले बृद्धि देखिएको छ । विशाल बजार र सानिमा जनरल इन्स्योरेन्सको शेयर मूल्य बढेको… पुरा पढौ

महासङ्घको निर्वाचनका लागि ढकाल र प्रधान समूहको मनोनयन दर्ता, वरिष्ठ उपाध्यक्ष सर्बसम्मत गराउने प्रयास जारी

काठमाडौं, १९ कात्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घको आसन्न निर्वाचनका लागि किशोरकुमार प्रधान र चन्द्र ढकाल प्यानलका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । महासङ्घको केन्द्रीय कार्यालय टेकुमा दुवै प्यानलका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । महासङ्घको वरिष्ठ उपाध्यक्षमा मनोनयन दर्ता गराएका प्रधान प्यानलमा वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएटतर्फको उपाध्यक्षमा सौरभ ज्योति रहेका छन् । यसैगरी ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोसिएट उपाध्यक्षमा रामचन्द्र सङ्घाईले उम्मेदवारी दर्ता गराएका… पुरा पढौ

सुनको मूल्य ९०० रुपैयाँ बढ्यो

काठमाडौं, १९ कात्तिक । सुनको मूल्य आज प्रतितोला ९०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ४०० रहेको थियो । आज चाँदीको मूल्य घटेको छ । आज ५ रुपैयाँ घटेर प्रतितोला १ हजार २ सय ५ मा कारोबार भएको छ । पुरा पढौ

सानिमा जनरल इन्स्योरेन्सको शेयर काराेबार आजबाट

कठमाडौं, १९ कात्तिक । सानिमा जनरल इन्स्योरेन्सको आइपीओ हिजाे नेप्सेमा सूचिकरण भएपछि आजबाट कारोबार खुला भएको छ । नेप्सेले तोकिदिएको पहिलो कारोबार न्यूनतम १०३ रुपैयाँ ७३ पैसा रहेको छ । अधिकतम यो ३११ रुपैयाँ १९ पैसासम्म हुनेछ । यसको कारोबार एसजिआई संकेतमा खुला हुने भएको छ । सानिमा जनरल इन्स्योरेन्सको १ करोड कित्ता शेयर सूचिकरण भएको छ । पुरा पढौ

स्वदेशी लघुवित्तको छलाङ : ब्याज आम्दानी चार गुणाले बढ्यो

काठमाडौं, १९ कात्तिक । स्वदेशी लघुवित्त वित्तीय संस्थाले वित्तीय अवस्थामा राम्रो सुधार गरेको छ । संस्थाका धेरै सूचकहरु राम्रा देखिएका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यस संस्थाले ३ करोड ३३ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा यस संस्थाले १ करोड ९१ लाख ८० हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २ करोड ३३ लाख ७५ हजार रुपैयाँ बढेर ९ करोड ९४ लाख ६२… पुरा पढौ

आरएमडिसी लघुवित्तको नाफा घट्यो, अन्य सूचक कस्ता छन् ?

काठमाडौं, १९ कात्तिक । आरएमडिसी लघुवित्त वित्तीय संस्थाले ६ करोड ५ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको छ। तर यो मूनाफा अघिल्लो वर्षको तुलनामा घटेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको नाफा १ करोड २९ लाख २४ हजार रुपैयाँ घटेको छ। गत आवको असोज मसान्तसम्ममा ७ करोड ३५ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको यस लघुवित्तले चालु आवको सोही अवधिमा ६ करोड ५ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको छ। लघुवित्तको… पुरा पढौ

उद्योग वाणिज्य महासंघमा ढकाल समूहको उम्मेदवारी दर्ता

काठमाडौं, १८ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न चुनावका लागि वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल प्यानलबाट विभिन्न पदमा उम्मेदवारी मनोनयन दर्ता भएको छ । उपाध्यक्ष पदमा उमेशलाल श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोसियट उपाध्यक्ष पदमा रामचन्द्र संघाईले मंगलबार महासंघको केन्द्रीय कार्यालय टेकुमा उम्मेदवारी दर्ता गरेका हुन्। यस्तै, केन्द्रीय सदस्यहरुमा हेमराज ढकाल, कमला श्रेष्ठ, आकाश अधिकारी, जय सिबाकोटी, सुबास भण्डारी, प्रकाशसिंह कार्की, भक्त हमाल, सुबोधकुमार गुप्ता, सुमित केडिया, रविनकुमार श्रेष्ठ, नरेशलाल श्रेष्ठको उम्मेदवारी परेको महासंघले जनाएको छ । यसअघि… पुरा पढौ

नेप्से परिसूचक ५ अंकले बढ्दा बैंकिङ उपसमूह भने घट्यो

काठमाडौं, १८ कात्तिक । मंगलबार शेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ । गत बिहीबारदेखि निरन्तर सोमबारसम्म घटेको बजार मंगलबार भने ५ दशमलव ४० अंक बढेर बन्द भएको हो । मंगलबार १ हजार ६३६ दशमलव २० विन्दुदेखि खुलेको बजार १ हजार ६४३ दशमलव शून्य ३ विन्दुमा बन्द भएको छ । बढेको बजारमा सोमबारको तुलनामा कारोबार रकममा भने कमि आएको छ । सोमबार २ अर्ब ४५ करोड ३९ लाख ५४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा मंगलवार २ अर्ब २३… पुरा पढौ