आर्थिक 📈

दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने

काठमाडौं, २२ माघ। निर्वाचन आयोगले निर्वाचन खर्चलाई पारदर्शी र मितव्ययी बनाउन ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचार–प्रसार बैङ्क खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२’ स्वीकृत गरेको छ । आयोगले यही मङ्गलबार स्वीकृत गरेको यो कार्यविधि प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दल र उम्मेदवारबाट हुने प्रचारप्रसार खर्चलाई नियन्त्रण, निगरानी र अनुशासित बनाउने उद्देश्यले ल्याइएको जनाइएको छ । कार्यविधिअनुसार अब ा निर्वाचनको प्रचारप्रसारका लागि राजनीतिक दल र उम्मेदवारले अनिवार्य रूपमा छुट्टै बैङ्क खाता खोल्नुपर्ने छ । त्यसका लागि राजनीतिक दलले आयोगको सचिवालयमा र उम्मेदवारले सम्बन्धित… पुरा पढौ

दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि समायोजन गर्न निर्देशन

काठमाडौं,२२ माघ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तुमा देखिएको अस्वाभाविक मूल्यवृद्धि समायोजन गर्न उत्पादक, पैठारीकर्ता र वितरकलाई निर्देशन दिएको छ । विभागले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै बजारमा अनावश्यक मूल्यवृद्धि नियन्त्रण गरी प्रतिस्पर्धी र स्वच्छ बजार व्यवस्था कायम गर्न निर्देशन दिएको हो । “खाद्यान्न तथा तेल उत्पादन गर्ने प्रमुख उत्पादक, प्रमुख पैठारीकर्ता र वितरकहरुलाई बोलाई अनुचित नाफा नलिई आफ्ना वस्तु वा सेवा उपलब्ध गराउन तथा अस्वाभाविक मूल्यवृद्धिलाई समायोजन गरी उपभोक्तालाई राहत दिन निर्देशन दिइएको छ”, विज्ञप्तिमा भनिएको छ… पुरा पढौ

स्वास्थ्य बिमाका समस्या समाधानका गर्न अर्थसँग बजेट माग

काठमाडौं, २१ माघ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रममा देखिएको आर्थिक सङ्कट समाधानका लागि तत्काल आवश्यक बजेट उपलब्ध गराउन अर्थ मन्त्रालयसँग माग गर्नुभएको छ । आज प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा भएको छलफलमा उहाँले तत्काल रु १५ अर्ब व्यवस्थापन नगरे स्वास्थ्य बिमा प्रणालीमा आवद्ध रहेका अस्पतालहरू बन्द हुनसक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो । मन्त्री डा गौतमले विद्यमान समस्या र अवस्थाको समाधान छलफल र सुझावले मात्र सम्भव नहुने भन्दै स्रोत व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग आग्रह गर्नुभयो… पुरा पढौ

नेप्से सामान्य अंकले घट्याे, काराेबार ७ अर्ब ४९ करोडमा सिमित

काठमाडौं, २१ माघ । साताकाे शेयर काराेबार हुने चाैथाे दिन बुधबार नेप्सेमा सामान्य अंककाे गिरावट भएकाे छ। मंगलबार पनि शेयर बजार घटेर बन्द भएको थियाे । नेप्से परिसूचक १.६४ अंकले घटेर २६८१.५० विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ०.७० अंकले घटेको छ । फ्लोट इण्डेक्स ०.१९ अंकले तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१९ अंकले घटेको छ। यसदिन कारोबार रकम पनि घटेको छ। यसअघि मंगलबार ८ अर्ब ६३ करोड रुपैयाँबराबरको शेयर काराेबार भएकाेमा बुधबार ३२६ कम्स्टपनीहरुकाे ८० हजार ४२२ पटकको कारोबार हुँदा ७… पुरा पढौ

तनहुँमा यसवर्ष ४५ करोड बढीको सुन्तला बिक्री

तनहुँ, २१ माघ। किसानले यस वर्ष सुन्तला बिक्रीबाट रु साढे पैतालिस करोड आम्दानी गरेका छन् । गतवर्ष रु ४२ करोड बराबरको बिक्री गरेको यस जिल्लाले यस वर्ष रु साढे तीन करोड बढीको सुन्तला उत्पादन गरेको हो । जिल्लामा एक हजार ६७० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएकामा ९७७ हेक्टरबाट उत्पादन भएको कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत एवं सूचना अधिकारी किरण परियारले जानकारी दिनुभयो । उहाँका अनुसार एघार हजार ८२१ दशमलव सात मेट्रिकटन उत्पादन भएकामा औपचारिक रूपमा पाँच हजार ८२१ दशमलव नौ… पुरा पढौ

स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री कार्की

काठमाडौं, २१ माघ । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानको प्रयास प्रारम्भ गर्नुभएको छ । यसै क्रममा सरोकार भएका पक्षसँग छलफल गर्न उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न बैठक आह्वान गर्नुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । केही समयअघिदेखि देशका विभिन्न भागमा रहेका अस्पतालहरूले स्वास्थ्य बिमाबापतको रकम स्वास्थ्य बिमा बोर्डले भुक्तानी नदिँदा सेवा बन्द गर्ने निर्णय गरेका थिए । स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले लामो समयदेखि बिमाबापत रकम नपाउँदा सेवा प्रवाह गर्न कठिन भएको जनाएका छन् । स्वास्थ्य… पुरा पढौ

सूर्यकुण्ड हाइड्रोको आईपीओमा आवेदन दिने अन्तिम दिन

काठमाडौं, २१ माघ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले माघ १८ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरिकेकाे छ । कम्पनीले १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता शेयर निष्काशनकाे अनुमति पाएकोमा ६ लाख ८९ हजार ६७५ कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि रहेकाे छ । ६८ हजार ९६७… पुरा पढौ

फलेवासमा गहुँ र तोरीको बीउ उत्पादन हुँदै

पर्वत, २१ माघ। स्याङजा बीउ स्रोत केन्द्र र राष्ट्रिय गहुँ अनुसन्धान केन्द्र भैरहवाको सहयोगमा फलेवास नगरपालिकामा तोरी र गहुँको बीउ उत्पादन प्रारम्भ भएको छ । फलेवास नगरपालिका–६ को चौबिस कुरिया र सात कुरिया फाँटमा यहाँ आठ प्रजातिका गहुँ र लुम्ले–१ नामको तोरीको बीउको उत्पादन थालिएको हो । स्थानीय शक्ति कृषि फार्मको मूल संयोजनमा १५ जना किसानको सहभागितामा बीउ उत्पादन भइरहेको अगुवा किसान रमेश चापागाईँले राससलाई जानकारी दिनुभयो । “सात कुरिया र चौबीस कुरिया फाँटमा २०० रोपनीमा लुम्ले–१ तोरीको मूलबीउको खेती… पुरा पढौ

कालिञ्चोक दर्शनकाे नाफामा १५२.६८ प्रतिशतले बृद्धि

काठमाडौं, २१ माघ। कालिञ्चोक दर्शन लिमिटेडकाे नाफा बढेकाे छ । कम्पनीकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षकाे साेही अवधिकाेभन्दा बढेकाे हाे । कम्पनीले पुस मसान्तसम्म १ करोड १९ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको छ। याे नाफा गत आर्थिक वर्षकाे साेही अवधिकाेभन्दा १५२.६८ प्रतिशतले धेरै हाे। गत आर्थिक वर्षमा कम्पनीले ४७ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएकाे थियो। कम्पनीको आम्दानी ३ कराेड ८ लाख रुपैयाँबाट बढेर ३ करोड ५४ लाख रुपैयाँ पुगेको छ । सञ्चालन आम्दानी २ कराेड ९० लाख… पुरा पढौ

एपोलो हाइड्रोपावरले पायाे साधारण शेयर बिक्रीकाे अनुमति

काठमाडौं, २१ माघ। नेपाल धितोपत्र बोर्डले एपोलो हाइड्रोपावर कम्पनी लिमिटेडलाई साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको छ । कम्पनीलाई अङ्कित मूल्य रु एक सयमा रु १४ करोड १० लाख बराबरको १४ लाख १० हजार कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको हो । सो कम्पनीको शेयर बिक्री प्रबन्धमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । एपोलो हाइड्रोपावरले ओखलढुंगामा एक जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । बोर्डले चालु आवको हालसम्म कूल १५ कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति दिएको छ । त्यसमा… पुरा पढौ