आर्थिक 📈

सुनचाँदीको भाउ घट्यो

काठमाडौं, १८ असोज । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु दुई हजार ९०० र चाँदीको मूल्य रु ६० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु दुई लाख ९१ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३९० कायम भएको छ । गत शुक्रबार एक तोला छापावाल सुन रु दुई लाख ९४ हजार ८०० र एक तोला असली चाँदी रु चार हजार ४५० मा खरिदबिक्री… पुरा पढौ

होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी

तेहरान,१८ असोज । इरानको इस्लामिक रिभोलुसन गार्ड कर्प्स (आईआरजीसी) को नौसेनाले पछिल्ला पाँच दिनमा होर्मुज जलडमरूमध्यमा कम्तीमा सात तेल ट्यांकरलाई निशाना बनाएको इरानको अर्धसरकारी फर्स समाचार एजेन्सीले जनाएको छ। फर्सका अनुसार आईआरजीसीले दैनिक एकभन्दा बढी तेल ट्यांकरलाई निशाना बनाएको छ। यो घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्य खुला रहेको र अमेरिकाको नियन्त्रणमा रहेको बताउँदै आएका बेला भएको हो। फर्सले स्वतन्त्र सैन्य पर्यवेक्षक मेन्चओसिन्टलाई उद्धृत गर्दै शुक्रबार जलडमरूमध्यमा दुई तेल ट्यांकरमा विस्फोट भएको जनाएको छ। तीमध्ये एउटा जलमार्गको प्रवेश क्षेत्रमा र… पुरा पढौ

नेपाल-ईयू आर्थिक सम्बन्ध व्यापार र लगानीमा केन्द्रित गर्न महासंघको आग्रह

काठमाडौं, १८ असाेज। नेपाल उद्योग वाणिज्य महासंघले नेपाल र युरोपेली संघ (ईयू) बीचको आर्थिक सम्बन्धलाई व्यापार, लगानी, प्रविधि हस्तान्तरण र निजी क्षेत्रको साझेदारीमा थप केन्द्रित गर्न आग्रह गरेको छ। महासंघ सचिवालय टेकुमा भएको भेटवार्तामा महासंघका अध्यक्ष अन्जन श्रेष्ठले नेपालका लागि ईयू महत्वपूर्ण विकास तथा व्यापार साझेदार रहेको बताउँदै नेपालको निजी क्षेत्रको क्षमता विकास, निर्यात विस्तार, लगानी प्रवर्द्धन र दिगो आर्थिक विकासमा ईयूको निरन्तर सहयोग आवश्यक रहेको बताउनुभयो। अध्यक्ष श्रेष्ठले नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति हुने… पुरा पढौ

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं, १८ असोज। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ १८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ९८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ६९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४२ पैसा कायम… पुरा पढौ

थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै

तुलसीपुर (दाङ), १८ असोज। भापमा पाकेको तातो ढिक्री र थारू समुदायको परम्परागत स्वाद बोकेको घोंगी.... । थारू भान्सामा परापूर्वकालदेखि पाक्दै आएका यस्तै मौलिक परिकारहरु अब गाउँघर र पर्वमा मात्र सीमित छैनन् । यी परिकारलाई बजारीकरण गरेर आम्दानीको स्रोत बनाउन थालिएको छ । शनिबारमात्रै दाङको घोराहीमा थारू समुदायका परम्परागत परिकारहरू उपलब्ध गराउने उद्देश्यले ‘ढिक्री घर’ सञ्चालनमा ल्याइएको छ । थारू समुदाय संस्कार, संस्कृति, खानपान, रहनसहनका हिसाबले धनी समुदाय भए पनि पछिल्लो समय लोप हुँदै गएको भन्दै त्यसलाई संरक्षण गर्नका लागि ‘ढिक्री… पुरा पढौ

रुस्काज ब्युटि स्टुडियो र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडाैं, १७ असाेज ।रुस्काज ब्युटि स्टुडियो र प्रभु बैंकबीच विशेष छुट सम्बन्त्री सम्झौता भएकाे छ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाण्डौ,कमलादीकाे रुस्काज् ब्युटि स्टुडियो सौेन्द्रर्य सम्बन्धि सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हाे ।एक कार्यक्रम बिच रुस्काज् ब्युटि स्टुडियोका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रुस्काज् वैध श्रेष्ठ र प्रभु बैंकका तर्फबाट बागमती प्रदेश प्रमुख प्रचिता श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । समारोहमा प्रभु बैंकको तर्फबाट कमलादी शाखाकी अधिकृत राधा गुरुङ तथा रुस्काज् ब्युटि स्टुडियोका तर्फबाट प्रबन्ध निर्देशक… पुरा पढौ

सहकारीका ऋणीबाट ११ करोड कर्जा असुली

काठमाडौं, १७ असोज। सरकारले विभिन्न सहकारी संस्थाको कर्जा असुलीलाई तीव्रता दिएको छ । सरकारले कर्जा असुली न्यायाधीकरण कार्यालयमार्फत सहकारीबाट ऋण लिएर तोकिएको समयमा वा भाका नाघ्दासमेत सावाँ-ब्याज नतिर्ने ऋणीबाट कर्जा असुली गरेको हो । चालु आवको असोज १५ गतेसम्म विभिन्न २७ वटा मुद्दाको मिलापत्र र फैसला कार्यान्वयनबाट कार्यालयले सहकारी संस्थाहरूको करिब रु ११ करोड कर्जा असुली गरेको कार्यालय प्रमुख अच्युत श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष असार २५ गते स्थापना भएको कार्यालयलाई कर्जा असुलीसम्बन्धी मुद्दाको सुरुको कारबाही र… पुरा पढौ

सुनचाँदी व्यवसायीका समस्याप्रति राज्य गम्भीर हुनुपर्छ : पोउवा अध्यक्ष गौतम

पोखरा, १७ असोज । पोखरा उद्योग वाणिज्य संघ (पोउवा) का नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ, कास्कीले बधाई तथा सम्मान गरेको छ। रोयल दिदीबहिनी किचन, उत्तमचोक पोखरामा शनिबार आयोजित एक विशेष समारोहका बीच नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरिएको हो। नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्कीका अध्यक्ष मन बहादुर सुनारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्ने वक्ताहरूले सुनचाँदी व्यवसायमा रहेका विविध नीतिगत जटिलता र राज्यको हेर्ने दृष्टिकोणबारे चिन्ता व्यक्त गरे। व्यवसायी मैत्री नीतिको आवश्यकता कार्यक्रमका… पुरा पढौ

नेप्से परिसूचकमा साढे १ प्रतिशतभन्दा बढीको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १७ असाेज । यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साढे १ प्रतिशतभन्दा बढीले घटेर बन्द भएको छ। गत साता २६२९.८१ विन्दुमा बन्द भएको नेप्से, यस साता ४२.५६ अंक (१.६२ प्रतिशत) ले घट्दै २५८७.२५ विन्दुमा झरेको छ। यस साता बजार खुलेका पाँच कारोबार दिनमध्ये एक दिन मात्र नेप्से सकारात्मक रह्यो भने बाँकी चार दिन रातो (घाटा) मा बन्द भयो। अन्य सूचक तथा कारोबार रकमको अवस्था प्रमुख सूचकहरू: यस साता फ्लोट इण्डेक्स १.२८ प्रतिशत, सेन्सेटिभ इण्डेक्स १.५६ प्रतिशत र सेन्सेटिभ… पुरा पढौ

सुनको भाउ एक हप्तामा ३ हजार ८०० रुपैयाँले घट्यो

काठमाडौं, १७ असाेज । पछिल्लो एक हप्ताको अवधिमा नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ हजार ८०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असोज १० गते शनिबार प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन हप्ताको अन्तिम दिन असोज १६ गते शुक्रबारसम्म आइपुग्दा घटेर २ लाख ९४ हजार ८०० रुपैयाँमा झरेको छ। चाडपर्व नजिकिँदै गर्दा नयाँ गहना बनाउने र खरिद गर्ने ग्राहकको चहलपहल बढे पनि बजारमा सुनको मूल्य भने ओरालो लागेको हो। हप्ताभरि कसरी भयो सुनको कारोबार?… पुरा पढौ