आर्थिक 📈

नेप्सेको नयाँ सीईओका लागि ४ जनाको ‘सर्टलिस्ट’ सार्वजनिक

काठमाडौं, २० असाेज। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदपूर्तिका लागि छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ। अर्थ मन्त्रालयअन्तर्गत गठित नेप्सेको सीईओ छनोट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धाका आधारमा परेका आवेदनहरूबाट चार जना उम्मेदवारलाई संक्षिप्त सूची (सर्टलिस्ट) मा समावेश गरेको हो। समितिले आज एक सूचना जारी गर्दै सर्टलिस्टमा परेका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताको कार्यतालिका सार्वजनिक गरेको छ। सर्टलिस्टमा परेका उम्मेदवारहरू: १. अनिल राज पौडेल २. नवराज सापकोटा ३. नारायण प्रसाद सापकोटा ४. प्रताप सुवेदी… पुरा पढौ

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं, २० असोज। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ३२ पैसा र बिक्रीदर २०४ रुपैयाँ ११ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ५० पैसा र बिक्रीदर १८६ रुपैयाँ २२ पैसा कायम… पुरा पढौ

सुन्तलामा रोग लागेपछि किसान चिन्तामा

भोजपुर, २० असोज । सुन्तलाको बगानमा फल झर्ने र विभिन्न रोगको प्रकोप देखिएपछि भोजपुरका किसान चिन्तित भएका छन् । सुन्तलाका दाना परिपक्व नहुँदै भेट्नो कुहिएर खस्न थालेपछि वर्षभरिको मेहनत र लगानी खेर जाने भन्दै किसान पिरोलिएका हुन् । सुन्तला पहेँलो हुने र आफैँ भुइँमा खस्ने रोग फैलिएको भोजपुर नगरपालिका–३ गुप्तेश्वरका किसान तीर्थबहादुर प्रधानले बताउनुभयो । फल लाग्ने समयमा परेको असिनापानीबाट जोगिएको सुन्तलामा अहिले फल झर्ने समस्या देखिएको उहाँको भनाइ छ । प्रधानका अनुसार बगानमा अहिले फल झर्नेबाहेक हाँगा सुक्ने, पातमा… पुरा पढौ

अमलेखगन्ज-लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा

लोथर (चितवन), २० असोज। राष्ट्रिय प्राथमिकता प्राप्त अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत चितवनको राप्ती नगरपालिका–१ लोथरमा अहिले ‘ल्याण्ड फिलिङ’ र बाहिरी पर्खाल लगाउने काम धमाधम भइरहेको छ । जग्गा व्यवस्थापनसँगै सो परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)को काम पनि अन्तिम चरणमा पुगेको आयोजना प्रमुख एवं नेपाल आयल निगमका निर्देशक प्रदीपकुमार यादवले जानकारी दिनुभयो । परियोजनअन्तर्गत राप्ती नगरपालिका–१ लोथरस्थित करिब २३ बिघा १२ कट्ठामा अत्याधुनिक सुविधासहितको ग्रीन फिल्ड टर्मिनल निर्माण हुनेछ । इन्डियन आयल कर्पोरेसशन (आइओसी)को मोतिहारी डिपोमा रहेको पम्प हाउसबाटै लोथरसम्म पाइपलाइनका… पुरा पढौ

बेनी-जोमसोम-कोरला सडक : मर्मत जारी

म्याग्दी, २० असोज। पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला अन्र्तगत म्याग्दी खण्डको मर्मत धमाधम भइरहेको छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङदेखि म्याग्दीको बेनी हँुदै चीनको सिमानामा रहेको कोरला नाका जोड्ने दुई सय दुई किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक असोज दोस्रो साताको बर्सातपछिको बाढीपहिरोले ५० भन्दा बढी ठाउँमा अवरुद्ध बनेको थियो । दश ठाउँमा कालीगण्डकीले सडक कटान गरेर बगाएको र भत्काएको छ । बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले आगामी सोमबारसम्म सवारीसाधन सञ्चालन… पुरा पढौ

डलर सटही सुविधा, अग्रिम भुक्तानी र ऋणको दायरा बढ्यो

काठमाडौं, १९ असाेज। नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार सम्बन्धी एकीकृत परिपत्र-२०८२ मा व्यापक संशोधन गर्दै विभिन्न क्षेत्रमा प्रदान गरिने विदेशी मुद्रा सटही सुविधा तथा अग्रिम भुक्तानीको सीमा बढाएको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ अनुसार सोमबार परिपत्र जारी गर्दै संशोधित व्यवस्था लागू गरेको हो। हवाई सेवा र सूचना प्रविधि क्षेत्रलाई ठूलो राहत नयाँ व्यवस्था अनुसार नेपाली वायुसेवा कम्पनीहरूले हवाई जहाजका… पुरा पढौ

पहिलो दिन नेप्से २० अंकले घट्यो, ३ अर्ब २७ करोडको कारोबार

काठमाडौं, १९ असाेज। साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात् गत शुक्रबार घटेर बन्द भएको बजारले सोमबार पनि सोही गिरावटलाई निरन्तरता दिएको हो। सोमबार नेप्से परिसूचक २०.४८ अंकले घटेर २५६६.७६ विन्दुमा झरेको छ। यससँगै ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ इण्डेक्स ३.२३ अंक, फ्लोट इण्डेक्स १.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१३ अंकले ओरालो लागेका छन्। कारोबार रकममा पनि गिरावट नेप्सेसँगै सोमबार सेयर कारोबार रकममा पनि गिरावट आएको छ। गत… पुरा पढौ

भोटेकोशी बाढीः पुनःनिर्माण र पुनःस्थापनाका लागि ५ खर्ब स्वीकृतिका सिफारिस गर्ने निर्णय

काठमाडौं, १९ असोज। सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य बाढीका कारण प्रभावित क्षेत्रमा पुनःनिर्माण र पुनःस्थापनाका लागि रु पाँच खर्बभन्दा बढी आवश्यक भएको जनाएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि रु पाँच खर्ब ५९ अर्ब १७ करोड ७२ लाख २७ हजार स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको हो । आर्थिक कार्यविधि तथा… पुरा पढौ

सोमबार सुनको भाउ घट्यो, चाँदीको बढ्यो

काठमाडौं, १९ असाेज । असोज १९ गते सोमबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य बढेको छ। यस दिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ भने चाँदी प्रतितोला ४० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुन प्रतितोला २ लाख ९१ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो। त्यस्तै, चाँदीको मूल्य भने बढेर प्रतितोला ४ हजार ४३० रुपैयाँ पुगेको छ। आइतबार चाँदी… पुरा पढौ

राष्ट्र बैंकद्वारा ३० करोड थान दुई रुपैयाँका सिक्का छाप्दै

काठमाडौं, १९ असाेज । नेपाल राष्ट्र बैंकले रु. २ (दुई रुपैयाँ) दरका ३० करोड थान सर्वसाधारण प्रयोगमा आउने सिक्का (Circulation Coins) को डिजाइन, टक्सार (Minting), आपूर्ति तथा सम्बद्ध सेवाहरूका लागि अन्तर्राष्ट्रिय स्तरको सिलबन्दी बोलपत्र (Bid) आह्वान गरेको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले आज (५ अक्टोबर २०२६) एक सूचना प्रकाशित गर्दै पूर्व-योग्य (Pre-qualified) सुरक्षण टक्सार कम्पनीहरूबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र (ICB) आह्वान गरेको हो। सूचनाका प्रमुख विवरणहरू: आयोजना/सामग्री: रु. २ दरका ३० करोड (३०० मिलियन) थान नयाँ सिक्काको डिजाइन, टक्सार, आपूर्ति… पुरा पढौ