आर्थिक 📈

सांग्रिला बैंककाे नाफामा ६१.१९ प्रतिशतले बृद्धि

काठमाडौं, ८ वैशाख । सांग्रिला डेभलपमेन्ट बैंककाे नाफामा राम्राे सुधार भएकाे छ । बैंककाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मकाे वित्तीय विवरण अनुसार रूपैयाँ ४३ करोड ४२ लाख रुपैयाँ खुद नाफा गरेकाे छ । बैंकले गरेकाे यो नाफा गत वर्षको यसै अवधिकाे भन्दा ६१.१९ प्रतिशतले बढी हाे । गएकाे वर्ष साेहि अवधिमा बैंकले रूपैयाँ २६ करोड ९३ लाख खुद नाफा गरेकाे थियो । खुद ब्याज आम्दानी १.३१ प्रतिशतले घटेकाे छ । जाे रूपैयाँ १ अर्ब ४२ करोड रुपैयाँ रहेकाे… पुरा पढौ

कर नबुझाउने एक सय बाइस करदातामाथि कारबाही

बागमती, ८ वैशाख । आन्तरिक राजस्व कार्यालय मकवानपुर हेटौँडाले लामो समयदेखि कर नबुझाउने १२२ जना करदातामाथि कारबाही अघि बढाएको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने करदाताको अभिलेख तयार गरेर बैङ्क खाता, आयात निर्यात र सम्पत्ति रोक्काका लागि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रमुख कर अधिकृत युक्तप्रसाद सुवेदीले जानकारी दिए। कर नबुझाएका करदाताबाट करिब रु ६० करोडभन्दा बढी बक्यौता उठाउन बाँकी रहेको सो कार्यालयले जनाएको छ । “पटक–पटक कर बुझाउन मौखिक र पत्राचार गरिए पनि आलटाल गर्ने करदातामाथि… पुरा पढौ

‘राजस्व बढ्ने आधार छैन, रुग्ण आयोजनाका बजेट व्यापक कटौती गर्नुपर्छ’

काठमाडौं, ८ वैशाख । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि स्रोतको अभाव हुनसक्ने भएकाले रुग्ण र समस्याग्रस्त आयोजनामा व्यापक कटौती गर्नुपर्ने सुझावसहितको प्रतिवेदन राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई बुझाएको छ । आयोगले आइतबार आगामी आर्थिक वर्षको बजेट तर्जुमा सम्बन्धमा नीतिगत तथा कार्यक्रमगत छलफलसम्बन्धी प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाउँदै अनिवार्य दायित्वका क्षेत्रमै स्रोतको चाप देखिनसक्ने भएकाले रुग्ण आयोजनामा बजेट कटौतीका लागि सुझाव दिएको हो । “राजस्व परिचालनमा आगामी आर्थिक वर्षमा पनि उल्लेख्य सुधार हुने सम्भावना कम रहेको छ । वैदेशिक अनुदान… पुरा पढौ

सुनमा फेरि नयाँ रेकर्ड, ताेलाकाे १ लाख ९१ हजार

काठमाडाैं, ८ बैशाख । साताकाे सुनचाँँदीकाे काराेबार हुने दाेश्राे दिन साेमबार नेपाली सुनचाादी बजारमा सुनकाे भाउले फेरि नयाँ रेकर्ड बनाएकाे छ । पछिल्ला दिनहरूमा नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुन प्रतितोला १ हजार २०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको छ। भाउ बढेर छापावाल सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि गएकाे बैशाख ४ गते सुनको भाउ प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँमा काराेबार भएकाे थियाे । महासंघले यसदिन चाँदीको मूल्य स्थिर रहेको जनाएकाे… पुरा पढौ

जलविद्युत् आयोजनाले पानी नछाड्दा किसानलाई चैते धान रोप्न समस्या

खोटाङ, ८ वैशाख । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट छ दशमलव छ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिएको छ । प्रवद्र्धक कम्पनी थ्री–स्टार हाइड्रोपावर कम्पनीले उत्पादन गरेको साप्सुखोला जलविद्युत् आयोजनाको विद्युत् विसं २०७८ पुसमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । राजापानीको बेलडाँडास्थित पावर हाउस (विद्युत्गृह)बाट उत्पादन गरिएको जलविद्युत् दुई दशमलव पाँच किलोमिटरमाथि राजापानीकै पर्ने पुरानो गाउँमा निर्माण गरिएको सव–स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । करिब रु एक अर्ब ५० करोड लगानीमा साप्सुखोला जलविद्युत् आयोजनाको काम सम्पन्न भएको जनाइएको छ ।… पुरा पढौ

दोर्दी खोला जलविद्युतकाे हकप्रदमा आवेदन दिने अन्तिम दिन

काठमाडाैं, ८ वैशाख । दोर्दी खोला जलविद्युत लिमिटेडकाे हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले चैत्र १९ गतेदेखि १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यकाे १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर खुलाएकाे थियाे । कम्पनीले चुक्ता पूँजीको शतप्रतिशत हकप्रद निष्काशन गरेकाे हाे । १ कित्ता बराबर नयाँ १ कित्ता रेसियाेमा हकप्रद शेयर खुलाएकाे हाे । कम्पनीले हकप्रद निष्काशनकाे प्रयोजनका लागि फागुन १५ गते बुकक्लोज… पुरा पढौ

ट्रेड टावरको आईपीओ आजदेखि बिक्री खुला

काठमाडाैं, ८ वैशाख । ट्रेड टावरले आजदेखि आईपीओ निष्काशन गरेकाे छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि शेयर (आईपीओ) खुलाएकाे हो। कम्पनीले ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरकाे ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्काशन गर्ने अनुमति लिएकाे थियो। पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँ बराबरको ३ लाख ९७ हजार १६९.३० कित्ता शेयर खुलाइएकाे हाे । शेयरमा घटीमा १० तथा बढीमा १… पुरा पढौ

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौं, ८ वैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४०, गाजर (लोकल) प्रतिकिलो रु ३५ रहेकाे छ… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? पहिले भाउ बुझ्नुस्

काठमाडौं, ८ वैशाख । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ । केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५५ रूपैयाँ २८ पैसा र बिक्रीदर १५५ रूपैयाँ ९६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रूपैयाँ २३ पैसा र बिक्रीदर १८२ रूपैयाँ ०३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६६ रूपैयाँ ९८ पैसा र बिक्रीदर १६७ रूपैयाँ ७२ पैसा कायम… पुरा पढौ

यसकारण हिमाली याकचौँरीपालन सङ्कटमा

मुस्ताङ, ८ वैशाख । यहाँको थासाङ–२ घट्टेखोलास्थित हिमालयन याक नाकपालन उपसमितिका सदस्य एवं वडासदस्य भीमप्रसाद थकालीलाई पछिल्लो समय याकचौँरीका पाठापाठी हुर्काउन समस्या छ । उनको करिव ७० वटा याकचौँरी छन् । पूख्र्यौली पेशा अङ्गाल्दै आएका थकालीले पछिल्लो समय याकचौँरीपालन व्यवसाय जोगाउनै गाह्रो परेको बताए। सरकारले हिमाली क्षेत्रका याकचौँरीपालन व्यवसायलाई संरक्षण गर्न अनुकूलनका कार्यक्रम ल्याउन आवश्यक रहेको उनको भनाइ छ । “सरकारले हिमाली याकचौँरीपालन संरक्षणका लागि अहिलेसम्म ठोस कार्यक्रम ल्याउन सकिरहेको छैन,” उनले भने, “हिमालमा चरनक्षेत्रमा घाँस नहुने, वन्यजन्तुको जोखिम र… पुरा पढौ