आर्थिक 📈

यस्तो छ आज ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, ४ वैशाख । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ ७९ पैसा र बिक्रीदर १३७ रूपैयाँ ३९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५५ रूपैयाँ ५१ पैसा र बिक्रीदर १५६ रूपैयाँ १९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रूपैयाँ ५६ पैसा र बिक्रीदर १८२ रूपैयाँ ३६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६७ रूपैयाँ ४६ पैसा र बिक्रीदर १६८ रूपैयाँ १९ पैसा कायम गरिएको… पुरा पढौ

आलुखेतीबाट तीन महिनामा आठ लाख आम्दानी

इनरुवा (सुनसरी), ४ वैशाख । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ का राजकिशोर मेहताले तीन बिघामा आलुखेती गरेका थिए । उनले सबै खर्चसहित रु छ लाख खर्च गरे । त्यसबाट करिब र १४ लाखको आलु उत्पादन गरिएको बताए । तीन महिना मेहनत गरेर आलुखेतीबाट रु आठ लाख आम्दानी गर्न सफल भएको महतोको भनाइ छ । रु १४ लाखको आलु बिक्री गर्दा सबै खर्च कटाएर रु आठ लाख आम्दानी भएको उनले बताए । “विभिन्न समस्या त छन्, मजदुर, खाद्यमलको अभाव छ । तथापि… पुरा पढौ

बर्दघाट सुस्तापूर्व तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

मध्यविन्दु (नवलपरासी), ४ वैशाख । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा यस वर्ष दुई हजार ४६९ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएकाेमा उक्त परिमाणमा उत्पादन भएको हो । केन्द्र प्रमुख कुलप्रसाद तिवारीले उत्पादन भएको तेलहन बालीमध्ये तोरी एक हजार ३१९ र सर्सियु एक हजार ७१५ मेट्रिक टन रहेको बताए। उनका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा यहाँ दुई हजार ४४३ हेक्टर क्षेत्रफलमा तोरीखेती गर्दा दुई हजार ९७१ मेट्रिक टन… पुरा पढौ

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौं, ४ वैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४०, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई)… पुरा पढौ

नौ महिनामा दुई अर्ब ३५ करोड राजस्व सङ्कलन

भद्रपुर (झापा), ४ वैशाख । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा रु दुई अर्ब ३५ करोड १४ लाख ४४ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम गत आव २०८०÷८१ को सोही अवधिको तुलनामा आठ दशमलव २६ प्रतिशतले बढी हो । कार्यालयको तथ्याङ्कअनुसार गत आव २०८०/८१ को (साउन–चैत) महिनामा रु दुई अर्ब १७ करोड १९ लाख तीन हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी एवं कर अधिकृत डोरराज सुनुवारले जानकारी दिए। चालु आव २०८१/८२ मा रु… पुरा पढौ

नेप्सेमा ९.७५ अंकको बृद्धि, ७ अर्ब २६ करोडको कारोबार

काठमाडौं, ३ वैशाख । साताको शेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली शेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ९.७५ अंकले बढेर २६९८.९७ विन्दुमा रहेको छ । नेप्सेमा ०.३६ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १.५४ अंकले बढेर ४५२.०६ विन्दुमा रहेको छ । १३ उपसमूहमध्ये ५ वटामा रातो लागेको छ । बाँकी रहेका ८ वटामा हरियो लागेको छ । कुल ३२९ कम्पनीहरुको शेयर कारोबार भएको छ । उनीहरुको १ करोड ६६ लाख ११ हजार… पुरा पढौ

सुनको भाउ हालसम्मकै उच्च, तोलाको १ लाख ८७ हजार

काठमाडौं, ३ वैशाख । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन तोलामा रुपैयाँ २७ सयले बढेको जनाएको छ । यस्तै चाँदीमा रुपैयाँ १० ले बढेको जनाएको छ । यसदिन छापावाल सुनमा रुपैयाँ २७ सयले बढेर तोलाको १ लाख ८७ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार… पुरा पढौ

लाभांश पारित गर्न स्वरोजगार लघुवित्तले डाक्याे एजिएम

काठमाडाैं, ३ वैशाख । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले लाभांश पारित गर्न साधारण सभा डाकेकाे छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १४.२१ प्रतिशत लाभांश वितरण गर्न घोषणा गरेको लाभांश अनुमाेदनका लागि सभा डाकेकाे हाे । कम्पनीकाे सोह्रौँ साधारण सभा बैशाख २९ गते, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा पूर्वान्ह साढे ११ बजे बाेलाइएकाे छ। सभामा १३.५० प्रतिशत बोनस तथा कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित गरिने भएकाे छ । यस्तै सभामा अन्य कुनै उपयुक्त लागेका वित्तीय संस्थासंग… पुरा पढौ

रिलायबल समृद्धिको इकाईमा आवेदन दिने अन्तिम दिन

काठमाडाैं, ३ वैशाख । रिलायबल क्यापिटल इन्भेष्टेमन्ट एण्ड मर्चेन्टले आजदेखि एक अर्ब रुपैयाँ बराबरको रिलायबल समृद्धि योजनाको इकाई सार्वजनिक निष्काशन गरेकाे छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरकाे १० करोड इकाई बिक्रीमा ल्याएकाे हाे । १० वर्षकाे अवधि रहेकाे रिलायबल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने उक्त योजना बन्दमुखी योजना हो। कुल १० करोड इकाईको १ करोड १५ लाख इकाईबाट १ करोड ४० लाख इकाई कोष प्रवर्धक कम्पनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका लागि रहेकाे छ । १० लाख इकाई योजना… पुरा पढौ

नौ महिनामा एक खर्ब २४ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा), ३ वैशाख । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा रु एक खर्ब २४ अर्ब ७० करोड राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयका अनुसार साउनमा रु १२ अर्ब १५ करोड, भदौमा रु १३ अर्ब ४२ करोड, असोजमा रु १३ अर्ब ४७ करोड, कात्तिक रु ११ अर्ब १० करोड, मङ्सिरमा रु १४ अर्ब ४० करोड, पुसमा रु १५ अर्ब ४७ करोड, माघमा रु १४ अर्ब ४४ करोड राजस्व सङ्कलन भएको हो । यसैगरी, फागुनमा रु १४ अर्ब… पुरा पढौ