आर्थिक 📈

मुलुकमा लगानीको वातावरण निर्माण र रोजगारी सिर्जना हुँदैछ: प्रधानमन्त्री ओली

काठमाडौं, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लगानीको वातावरण निर्माण गरी रोजगारी सिर्जना गर्न कानुनी तथा संस्थागत सुधारको लागि सरकारले निरन्तर काम गरिरहेको बताएका छन्। प्रतिनिभिसभाको आजको बैठकमा सांसद्हरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले बेरोजगार युवालाई रोजगारीको अवसर प्रदान गर्न उत्पादन, उत्पादकत्व र रोजगारी अभिवृद्धि हुने खालका कार्यक्रमलाई प्राथमिकता दिई सोही बमोजिम सबै काम अगाडि बढाइएको बताए । “देशभित्र रोजगारीका अवसर सिर्जना गर्नका लागि स्टार्टअप उद्यमलाई रु २५ लाखसम्मको सहुलियतपूर्ण कर्जा प्रदान गरिरहेको छ । चालु… पुरा पढौ

नेप्सेमा १९.५६ अंकको बृद्धि, साढे ९ अर्बको कारोबार

काठमाडौं, ४ फागुन । साताको शेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली शेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ । नेप्सेको उकालोको यात्राले लगानीकर्तारुमा उत्साह थपिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १९.५६ अंकले बढेर २६९८.०३ विन्दुमा पुगेको छ । नेप्सेमा ०.७३ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ३.५४ अंकले बढेर ४५३.४२ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये २ वटामा रातो लागेको छ । बाँकी ११ वटा उपसमूहहरुमा हरियो लागेको छ । कुल ३०९ कम्पनीहरुको शेयर कारोबार भएको छ… पुरा पढौ

किसानलाई प्याजखेती प्रवर्द्धनमा ५० प्रतिशत अनुदान

झापा, ४ फागुन । प्याजमा जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ५० प्रतिशत अनुदान दिएर किसानलाई प्याजखेती प्रवर्द्धन सुरु गरेको छ । जिल्लाका शिवसताक्षी, अर्जुनधारा र गौरादह नगरपालिका तथा कमल, गौरीगञ्ज र झापा गाउँपालिकाका कृषक समूहले ५० प्रतिशत अनुदानमा प्याजखेती सुरु गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख रवीन्द्र सुवेदीले बताए । उनका अनुसार परियोजनामार्फत जिल्लामा साढे छ हेक्टर जमिनमा प्याजखेती सुरु गरिएको छ । महिला समूह र कृषक समूहद्वारा १० कट्ठादेखि दुई बिगाहा जमिनमा किसानले खेती गरिरहेको उनले… पुरा पढौ

लाभांश पारित गर्न आइएमई लाइफले डाक्याे एजिएम

काठमाडाैं, ४ फागुन । लाभांश अनुमाेदनका लागि आइएमई लाइफ इन्स्योरेन्सले ८ औँ वार्षिक साधारण सभा डाकेकाे छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई वितरण गर्नका लागि यसअघि घोषणा गरेको लाभांश अनुमाेदनका लागि साधारण सभा डाकेकाे हाे । कम्पनीका अनुसार साधारण सभा फागुन २५ गते पूर्वान्ह ११ बजे दियो महल, धुम्बाराही, काठमाडौँमा बोलाइएको छ। सभाबाट २१.०५२६४ प्रतिशत नगद लाभांशकाे प्रस्थाव पारित गरिने भएकाे छ । साथै लेखापरीक्षककाे नियुक्ति, प्रबन्धपत्र तथा नियमावली संशोधनकाे जिम्मेवारी सञ्चालक समितिलाई दिने, विवध खर्चहरुकाे अनुमोदन लगायतका… पुरा पढौ

सुन तोलामा रु २७ सयले घट्यो, चाँदीमा पनि गिरावट

काठमाडौ, ४ फागुन । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ २७ सयले घटेको जनाएको छ । चाँदीमा रुपैयाँ १५ ले घटेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ २७ सयले घटेर तोलाको १ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा रुपैयाँ १ हजार ९… पुरा पढौ

तरकारीखेतीबाट वार्षिक ७ लाख आम्दानी गर्दै सिद्धराज

कञ्चनपुर, ४ फागुन । शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका सिद्धराज सार्कीले जग्गा भाडामा लिएर व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । दुई दशकदेखि तरकारीखेती गर्दै आएका उनले डेढ बिघा जग्गा भाडामा लिएका छन् । वर्षमा सार्कीले रु सात लाख बढीको तरकारी बिक्री गरी गतिलो आम्दानी लिँदै आएका छन् । तरकारीखेतीको कमाइबाट चार जनाको परिवारको खर्च समेत धानेका छन् । अरुको जग्गामा बस्दै आएका सार्कीले तरकारीखेतीबाट आएको आम्दानीबाट घरबासका लागि एक कट्ठा जग्गा खरिद गरेका छन् । “तरकारीखेतीको आम्दानीको रकम खर्च गरी छोरीको बिहे… पुरा पढौ

यस्तो छ तरकारी र फलफूलको आजको भाउ

काठमाडौं, ४ फागुन । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी रू ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रू ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रू २५, आलु रातो प्रतिकेजी रू ३५, आलु रातो (भारतीय) प्रतिकेजी रू ३२, प्याज सुकेको (भारतीय) प्रतिकेजी रू ८०, गाजर (लोकल) प्रतिकेजी रू ३५, गाजर (तराई) प्रतिकेजी रू ३० रहेकाे छ… पुरा पढौ

हेटौँडा सिमेन्ट उद्योग बन्द हुँदा आर्थिक सङ्कट गहिरिँदै

बागमती, ४ फागुन । लामो समयदेखि हेटौँडा सिमेन्ट उद्योग बन्द हुँदा आर्थिक सङ्कट गहिरिँदै गएको छ । यसका कारण सिमेन्ट उत्पादन अन्यौलमा परेको छ । उद्योग व्यवस्थापनले उद्योगका विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने भन्दै गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उपकरणहरु मर्मत सम्भार गरी गत मङ्सिरको पहिलो साताबाटै उत्पादन सुरु गर्ने बताए पनि उपकरण मर्मतको काम नसकिएकाले उत्पादन सुरु गर्न नसकेको उद्योग प्रशासनले जनाएको छ । ‘‘उत्पादन सुरु हुन नसक्नुमा उपकरण मर्मत एउटा पाटो हो, तर… पुरा पढौ

यस्तो छ आज निर्धारित विदेशी मुद्राको भाउ

काठमाडौं, ४ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३९ रूपैयाँ २२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिदर १४५ रूपैयाँ ०७ पैसा र बिक्रीदर १४५ रूपैयाँ ७० पैसा निर्धारण गरिएको छ । यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७४ रूपैयाँ ४० पैसा र बिक्रीदर १७५ रूपैयाँ १५ पैसा कायम गरिएको छ । स्वीस फ्र्याङ्क एकको खरिददर… पुरा पढौ

घरजग्गा कारोबार-माघमा पाैने ४ अर्ब राजस्व सङ्कलन

काठमाडौं, ४ फागुन । देशभर घरजग्गाको कारोबार सुधारोन्मुख देखिएको भए पनि गत पुसको तुलनामा माघमा भने राजस्व सङ्कलनमा गिरावट आएको छ । घरजग्गा कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत माघमा रु तीन अर्ब ८७ करोड २४ लाख ८१ हजार छ सय ४७ बराबर राजस्व सङ्कलन भएको छ । गत पुसमा रु चार अर्ब २५ करोड २२ लाख २१ हजार सात सय ७९ राजस्व सङ्कलन भएको थियो । विभागका अनुसार गत मङ्सिरमा रु तीन अर्ब ८७ करोड… पुरा पढौ