आर्थिक 📈

एनएमबि हाईब्रिड फण्ड इकाईमा भाेलिसम्म आवेदन दिन पाइने

काठमाडौं, ७ फागुन । एनएमबि क्यापिटलले माघ २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष एमएबि हाईब्रिड फण्ड एल २ को इकाई खरिदका लागि भाेलि बिहीवारसम्म आवेदन दिन सकिने भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनएमबि हाईब्रिड फण्ड एल २ दश वर्षे बन्दमुखीे योजना हो । कम्पनीका अनुसार यो योजना हाईब्रिड प्रकृतिको भएकाले सामान्यतया इक्विटी फण्डभन्दा… पुरा पढौ

आज सार्वजनिक बिदा, शेयर बजारकाे काराेबार बन्द

काठमाडाैं, ७ फागुन । आज बुधबार शेयर बजार नखुल्ने भएको छ। राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिएकाेले सेयर बजार बन्द हुने भएको हो । अब भोलि बिहीबार मात्रै नियमित समयमा बजार खुल्नेछ। पुरा पढौ

एकैदिन प्रतितोला १ हजार १ सयले बढ्यो सुनको भाउ

काठमाडौं, ७ फागुन । बुुधवार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार १ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलवार तोलामा १ लाख ६९ हजार ४ सयमा कारोबार भएको सुनको मूल्य बुधवार १ हजार १ सयले बढेर तोलामा १ लाख ७० हजार ५ सयमा कायम भएको हो । त्यस्तै, बुधवार चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । मंगलवार तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधवार बढेर १ हजार ९८५ मा… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजकाे भाउ

काठमाडौं, ७ फागुन । नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ ४३ पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४५ रूपैयाँ २७ पैसा र बिक्रीदर एक सय ४५ रूपैयाँ ९० पैसा निर्धारण गरिएको छ । युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रूपैयाँ ९५ पैसा र बिक्रीदर एक सय ७५ रूपैयाँ ७१ पैसा… पुरा पढौ

एमसिसीद्वारा नेपालमा सञ्चालित आयोजना स्थगित

काठमाडौं, ७ फागुन । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)द्वारा नेपालमा सञ्चालित मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालका कार्यक्रम स्थगन गर्ने जानकारी गराएको छ । अर्थ मन्त्रालयद्वारा जारी ‘प्रेस रिलिज’ मार्फत तीन महिनाका लागि एमसीए नेपाल कार्यक्रम स्थगित भएको औपचारिक जानकारी दिइएको हो । रिलिजमा भनिएको छ, “अमेरिकी सहायता संस्था एमसीसीले फागुन २ मा पठाएको इमेलमा नेपाल सरकार र उक्त निकायबीच २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्टअन्तर्गत कार्यन्वयन भइरहेका आयोजनासँग सम्बन्धित एमसीसी कोषबाट भुक्तानी हुने क्रियाकलापहरू अमेरिकी राष्ट्रपतिको २० जनवरी… पुरा पढौ

२६ आयोजना पुनःनिर्माणमा १९ अर्बको स्रोत सहमति

काठमाडौं, ७ फागुन । गत असोज दोस्रो साता आएको बाढी पहिरोबाट क्षति भएका सडक तथा पुल गरी २६ आयोजना पुनःनिर्माणका लागि अर्थ मन्त्रालयले रू १८ अर्ब ८८ करोड बराबरको सहमति प्रदान गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट फागुन ४ गते माग भइ आएकोमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोजना पुनःनिर्माणका लागि स्रोत सहमति प्रदान गर्ने निर्णय गरेका हुन्। अर्थ मन्त्रालयका अनुसार स्रोत सहमति भएका आयोजनामा १३ सडक र १३ पुल पुनःनिर्माणसँग सम्बन्धित आयोजना छन् । सडक पुनःनिर्माणमा बिपी… पुरा पढौ

नेप्से ११.९१ अङ्कले बढ्याे, रु १० अर्ब ४३ करोडकाे काराेबार

काठमाडौं, ६ फागुन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार दोहोरो अङ्कको वृद्धि देखिएको छ । आइतबार १९ दशमलव ५६ र सोमबार २९ दशमलव ८७ अङ्कले बढेको नेप्से परिसूचक आज ११ दशमलव ९१ अङ्कले बढेको हो । शून्य दशमलव ४३ प्रतिशतको वृद्धिपछि नेप्से परिसूचक दुई हजार ७३९ दशमलव ८२ को विन्दुमा कायम भएको छ । आज ३१४ कम्पनीको एक करोड ८२ लाख ३० हजार ३०२ कित्ता शेयर ९९ हजार ५८५ पटक खरिदबिक्री हुँदा रु १० अर्ब ४३ करोड ७० लाख… पुरा पढौ

स्वरोजगार लघुवित्तले फागुन १८ देखि एफपीओ जारी गर्ने

काठमाडौं, ६ फागुन । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले फागुन १८ गतेदेखि एफपीओ निष्काशन गर्ने भएकाे छ। संस्थाले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ रहने १ लाख ९५ हजार ७७३ कित्ता शेयर जारी गर्ने भएकाे हाे । शेयरमा लगानीका लागि लगानीकर्ताले फागुन २१ गतेसम्म आवेदन दिन पाउनेछन्। साे अवधिभित्र माग अनुसारकाे आवेदन नपरेमा चैत ३ गतेसम्म आवेदन दिन पाइनेछ । यसमा न्युनतम १० कित्ता तथा बढीमा १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ। लगानीकर्ताले नसम्पूर्ण… पुरा पढौ

मंगलबार सुनचाँदी स्थिर भाउमा खरिदबिक्री हुँदै

काठमाडौं, ६ फागुन । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन सुनचाँदीको भाउ स्थिर रहेर सोमबारकै भाउमा कारोबार भईरहेको जनाएको छ । छापावाल सुन यसदिन तोलाको १ लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार पनि छापावाल सुन तोलाको १ लाख ६८ हजार ७ सय रुपैयाँमा नै कारोबार भएको थियो । महासंघा अनुसार चाँदीको भाउ पनि स्थिर रहेर तोलाको १ हजार ९ सय ७०… पुरा पढौ

यस्तो छ आजको तरकारी एवं फलफूलको थोक मूल्यसूची

काठमाडौं, ६ फागुन । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी रू ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रू ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रू २५, आलु रातो प्रतिकेजी रू ३५, आलु रातो (भारतीय) प्रतिकेजी रू ३२, प्याज सुकेको (भारतीय) प्रतिकेजी रू ७७, गाजर (लोकल) प्रतिकेजी रू ३०, गाजर (तराई) प्रतिकेजी रू २५, बन्दा (लोकल)… पुरा पढौ