आर्थिक 📈

सुन चाँदीको मूल्यमा गिरावट

काठमाडाैं, १६ पुस। सुनको मूल्यमा आज गिरावट आएको छ। अघिल्लो दिन ४ सय रुपैयाँले बढेको सुनको मूल्य आज एक्कासी घटेको हो।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।   सुनकाे मूल्यमा गिरावट आएसंगै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको मूल्य ३० रुपैयाँले घट्दै प्रतितोला १ हजार… पुरा पढौ

बसाइँसराइलाई रोक्दै सुन्तलाखेती

म्याग्दी, १६ पुस । बेनी नगरपालिका–३ मरेकका पदमबहादुर खत्री २१ वर्षअघि भारतीय गोर्खा सैनिकबाट सेवा निवृत्त भएर घर फर्कँदा सुरक्षा, शिक्षा, स्वास्थ्य, रोजगारी र सुविधाको खोजीमा गाउँ छाडेर सहर पस्ने लहर थियो । सदरमुकाम बेनीमा घर बनाइसकेका उनलाई तत्कालीन समयमा गाउँको खेतबारीमा धान, कोदो, मकै लगाउन छाडेर सुन्तलाका बिरुवा रोप्दा छिमेकी र आफन्तले दुःख नगर्न सुझाव दिन्थे ।“ तत्कालीन कृषि विकास कार्यालयबाट एक हजार पाँच सय सुन्तलाका बिरुवा बोकेर गाउँमा पुग्दा धेरैले लगाउन मान्नुभएन”, उनले भने, “केही छिमेकीले हामी धान,… पुरा पढौ

एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने अन्तिम दिन

काठमाडाैं, १६ पुस । एनएलजी इन्स्योरेन्स कम्पनीले मंसिर ११ गतेदेखि बिक्रीमा ल्याएकाे हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ६२.५६ प्रतिशत हकप्रद शेयर खुलाएकाे हाे । हाल कायम १० कित्ता शेयर बराबर नयाँ ६.२५६ कित्ता रेसियाेमा हकप्रद खुलाइएकाे हाे । जसमा ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा ९६ लाख ३१ हजार २२०.२२ कित्ता बिक्रीमा ल्याएकाे हाे । कम्पनीले हकप्रद शेयर निष्काशनकाे प्रयोजनका लागि गएकाे… पुरा पढौ

२० औं लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा

लेखनाथ, १५ पुस । लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष १८ गते देखि माघ १ गतेसम्म आयोजना गरेको २० औ संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि भन्ने नाराको साथ आयोजना गर्न लागिएको महोत्सवको ९५ प्रतिशत तयारी पुरा भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले लेखनाथ उद्योग वाणिज्य संघले २०५८ साल देखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई… पुरा पढौ

बिआरआई परियोजना समयमै कार्यान्वयन गर्नुपर्छ: विज्ञहरु

काठमाडौं, १५ पुस । विभिन्न राजनीतिक दलका नेता एवं विज्ञहरुले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजना नेपाल र चीनको बृहत्तर हित र आर्थिक विकासका दृष्टिकोणले महत्त्वपूर्ण भएको बताएको छ । बिआरआईले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै मुलुकको आर्थिक विकास र क्षेत्रीय साझेदारितालाई फराकिलो बनाउने उनीहरूकाे विश्वास छ । साथै बिआरआईबारेका भ्रम चिर्दै कार्यान्वयनतर्फ लैजानु उपयुक्त हुने विज्ञहरुको सुझाव छ । गिरिजाप्रसाद कोइराला फाउन्डेसन फर डेमोक्रेसी पिस एन्ड डेभलपमेन्ट, मदन भण्डारी फाउन्डेसन र नेपाल–चाइना फ्रेन्डसिप फोरमले संयुक्तरुपमा यहाँ आयोजना… पुरा पढौ

किवीबाट जाम र वाइन, फल बिक्रीबाट भन्दा दोब्बर आम्दानी

त्रिशूली (नुवाकोट), १५ पुस । दुप्चेश्वर गाउँपालिकाले स्थानीय किसानले उत्पादन गरेको किवीको प्रशोधन गरी जाम र वाइन उत्पादन सुरु गरेको छ । गाउँपालिकाको प्राविधिक सहयोगमा उत्पादन मात्रै नभइ जाम र वाइनको बजारीकरण पनि गरिरहेको छ । दुप्चेश्वर गाउँपालिकाले ‘पोस्ट हार्भेस्ट मूल्य शृङ्खला अभिवृद्धि कार्यक्रम’मार्फत वडा नं. २ कडेनीका किवी प्रशोधन गरी गाउँमै जाम बनाउन सुरु गरेको गाउँपालिका अध्यक्ष शङ्करबहादुर थापाले जानकारी दिए। उनका अनुसार बजारमा फलभन्दा जाम उत्पादन गरेर बिक्री गर्दा किसानले दोब्बर बढी आम्दानी पाइरहेका छन् । किवीको बिक्रीबाट… पुरा पढौ

आज शेयर बजार, बैंक तथा वित्तीय संस्थाकाे कारोबार बन्द

काठमाडौं, १५ पुस । आज शेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द भएका छन् । पुस १५ गते आज साेमबार सरकारले तमु ल्होछारको सार्वजनिक विदा दिएको छ । सार्वजनिक बिदाकाे कारण शेयर बजार, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाहरू बन्द भएका हुन्। बिदापछि मंगलबार पुस १६ गते कार्यालयमा काम तथा वित्त बजारकाे काराेबार खुला हुनेछ ।  पुरा पढौ

यस्तो छ आज निर्धारण गरिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, १५ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार, युके पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, साउदी अरेबियन रियाल, साउथ कोरियन वन, कुवेती दिनार, बहराइन दिनारको भाउ बढेको छ । यस्तै, युरोपियन युरो, स्वीस फ्र्याङ्क, क्यानेडियन डलर, जापानी येन, कतारी रियाल, थाई भाट, स्वीडिस क्रोनरको भाउ घटेको छ भने केही विदेशी मुद्राको विनिमयदर स्थिर छ । निर्धारित दरअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ५६ पैसा र… पुरा पढौ

आठौँ म्याग्दी महोत्सव : स्थानीय उत्पादनलाई प्राथमिकता

म्याग्दी (बेनी), १५ पुस । म्याग्दी सरदमुकाम बेनीमा आयोजना हुन लागेको आठौँ म्याग्दी महोत्सव तथा माघे सङ्क्रान्ति मेलामा स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री वितरणलाई प्राथमिकता दिइने भएको छ । महोत्सव मूल आयोजक म्याग्दी उद्योग वाणिज्य सङ्घले जिल्लामा उत्पादन भएका बस्तु तथा सामग्रीलाई बिक्री वितरण तथा प्रचारप्रसारका लागि प्रदर्शनीमा राख्न निःशुल्क स्टलको व्यवस्था गरेको हो । यही पुस २८ देखि आगामी माघ ८ गतेसम्म सञ्चालन हुने महोत्सवमा वन, कृषि र लघुउद्यमसम्बन्धी स्थानीय उत्पादनका सामग्रीको व्यापार र प्रदर्शनीका लागि २३ वटा स्टल… पुरा पढौ

नागार्जुन नगरपालिकाका प्रमुख बस्नेत विरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणमा मुद्दा दायर

काठमाडौं, १५ पुस । नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत विरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्रमुख बस्नेतले पदको दुरुपयोग गरेर आफ्नै नगरपालिका क्षेत्रमा रहेको पद्या कोलनी प्रालि, पद्या मर्चेन्ट कम्पनी र जगतगुरु कृपालु प्रतिष्ठान नेपालका लागि काम गरी नाजायज लाभ लिएको र राज्यकोषमा नोक्सानी हुने काम गरेको आरोप आयोगको छ । बजार मूल्य रु ४७ करोड ७५ लाख भएको जग्गा पद्या कोलनीले जग्गाधनीलाई रु १८ करोड ९४ लाख… पुरा पढौ