आर्थिक 📈

किवीबाट जाम र वाइन, फल बिक्रीबाट भन्दा दोब्बर आम्दानी

त्रिशूली (नुवाकोट), १५ पुस । दुप्चेश्वर गाउँपालिकाले स्थानीय किसानले उत्पादन गरेको किवीको प्रशोधन गरी जाम र वाइन उत्पादन सुरु गरेको छ । गाउँपालिकाको प्राविधिक सहयोगमा उत्पादन मात्रै नभइ जाम र वाइनको बजारीकरण पनि गरिरहेको छ । दुप्चेश्वर गाउँपालिकाले ‘पोस्ट हार्भेस्ट मूल्य शृङ्खला अभिवृद्धि कार्यक्रम’मार्फत वडा नं. २ कडेनीका किवी प्रशोधन गरी गाउँमै जाम बनाउन सुरु गरेको गाउँपालिका अध्यक्ष शङ्करबहादुर थापाले जानकारी दिए। उनका अनुसार बजारमा फलभन्दा जाम उत्पादन गरेर बिक्री गर्दा किसानले दोब्बर बढी आम्दानी पाइरहेका छन् । किवीको बिक्रीबाट… पुरा पढौ

आज शेयर बजार, बैंक तथा वित्तीय संस्थाकाे कारोबार बन्द

काठमाडौं, १५ पुस । आज शेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द भएका छन् । पुस १५ गते आज साेमबार सरकारले तमु ल्होछारको सार्वजनिक विदा दिएको छ । सार्वजनिक बिदाकाे कारण शेयर बजार, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाहरू बन्द भएका हुन्। बिदापछि मंगलबार पुस १६ गते कार्यालयमा काम तथा वित्त बजारकाे काराेबार खुला हुनेछ ।  पुरा पढौ

यस्तो छ आज निर्धारण गरिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, १५ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार, युके पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, साउदी अरेबियन रियाल, साउथ कोरियन वन, कुवेती दिनार, बहराइन दिनारको भाउ बढेको छ । यस्तै, युरोपियन युरो, स्वीस फ्र्याङ्क, क्यानेडियन डलर, जापानी येन, कतारी रियाल, थाई भाट, स्वीडिस क्रोनरको भाउ घटेको छ भने केही विदेशी मुद्राको विनिमयदर स्थिर छ । निर्धारित दरअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ५६ पैसा र… पुरा पढौ

आठौँ म्याग्दी महोत्सव : स्थानीय उत्पादनलाई प्राथमिकता

म्याग्दी (बेनी), १५ पुस । म्याग्दी सरदमुकाम बेनीमा आयोजना हुन लागेको आठौँ म्याग्दी महोत्सव तथा माघे सङ्क्रान्ति मेलामा स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री वितरणलाई प्राथमिकता दिइने भएको छ । महोत्सव मूल आयोजक म्याग्दी उद्योग वाणिज्य सङ्घले जिल्लामा उत्पादन भएका बस्तु तथा सामग्रीलाई बिक्री वितरण तथा प्रचारप्रसारका लागि प्रदर्शनीमा राख्न निःशुल्क स्टलको व्यवस्था गरेको हो । यही पुस २८ देखि आगामी माघ ८ गतेसम्म सञ्चालन हुने महोत्सवमा वन, कृषि र लघुउद्यमसम्बन्धी स्थानीय उत्पादनका सामग्रीको व्यापार र प्रदर्शनीका लागि २३ वटा स्टल… पुरा पढौ

नागार्जुन नगरपालिकाका प्रमुख बस्नेत विरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणमा मुद्दा दायर

काठमाडौं, १५ पुस । नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत विरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्रमुख बस्नेतले पदको दुरुपयोग गरेर आफ्नै नगरपालिका क्षेत्रमा रहेको पद्या कोलनी प्रालि, पद्या मर्चेन्ट कम्पनी र जगतगुरु कृपालु प्रतिष्ठान नेपालका लागि काम गरी नाजायज लाभ लिएको र राज्यकोषमा नोक्सानी हुने काम गरेको आरोप आयोगको छ । बजार मूल्य रु ४७ करोड ७५ लाख भएको जग्गा पद्या कोलनीले जग्गाधनीलाई रु १८ करोड ९४ लाख… पुरा पढौ

वैकल्पिक वित्तीय स्रोत जुटाउन विधेयक ल्याउँदै सरकार-अर्थमन्त्री पौडेल

काठमाडौं, १४ पुस । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासको उच्च आकाङ्क्षालाई सम्बोधन गर्न सरकारले वैकल्पिक विकास वित्तको तयारी गरेको बताएका छन्। नयाँ र वैकल्पिक वित्तीय स्रोत खोज्नका लागि नीतिगत व्यवस्था गर्न सरकारले विधेयक ल्याउने तयारी गरिरहेको पनि उनले बताए। “राजस्व, वैदेशिक सहयोग र ऋणमा आधारित परम्परागत स्रोतले मात्र वित्त व्यवस्थापन र विकासको तीव्र आकाङ्क्षा तथा चाहनालाई सम्बोधन गर्न चुनौतीपूर्ण छ”, अर्थमन्त्री पौडेलले भने, “त्यसैले दीर्घकालीन विकासको आवश्यकतालाई सम्बोधन गर्नेगरी वैकल्पिक विकास वित्तका निम्ति सार्थक र प्रभावकारी कदम चाल्न वैकल्पिक… पुरा पढौ

नेप्सेमा २१.१२ अंकको गिरावट, साढे ५ अर्बकाे काराेबार

काठमाडौं, १४ पुस । साताको शेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली शेयर बजारमा गिरावट भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २१.१२ अंकले घटेर २६०९.५८ घटेर विन्दुमा झरेको छ । नेप्सेमा ०.८० प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.४६ अंकले घटेर ४४८.९९ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ३ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका १० वटा उपसमूहहरुमा रातो लागेको छ । यसदिन कुल ३१५ कम्पनीहरुको शेयर कारोबार भएको छ । उनीहरुको १ करोड १० लाख… पुरा पढौ

अर्थतन्त्रमा देखिएका समस्याकाे पहिचान र लगानीमैत्री वातावरण निर्माणमा महासंघले सघाउने

काठमाडाैं, १४ पुस । नेपाल उद्योग तथा व्यवसायी महासंघको विधान तथा नीति निर्माणका सन्दर्भमा आयोजित विस्तारित बैठक सम्पन्न भएको छ । नवलपुरको गैँडाकोटमा आयोजित बैठकले महासंघलाई थप बलियो र उद्यमी व्यवसायीका समस्या समाधानमा नीति निर्माण तहमा पहल गर्न र बलियो संगठनका रुपमा महासंघलाई विकास गर्ने निर्णय गरेको छ । महासंघको विस्तारित बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेकपा एमालेका महासचिव शंकर पोखरेलले २०७२ सालमा संविधान बनेपछि मात्रै मुलुकमा आर्थिक विकास र समृद्धि प्रमुख एजेण्डा बनेको बताए । उनले संविधान बन्नु अगाडीका… पुरा पढौ

बैंकिङ प्रणालीबाट ७० अर्ब तरलता तान्दै नेपाल राष्ट्र बैंक

काठमाडौं, १४ पुस । नेपाल राष्ट्र बैंकले आज पुस १४ गते बैंकिङ प्रणालीबाट एकैपटक ७० अर्ब रुपैयाँ तान्ने भएको छ। बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा तान्ने भएको हो । यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको भाउ

काठमाडौं, १४ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दरअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ १६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ १२ पैसा, स्वीस फ्र्याङ्क… पुरा पढौ