आर्थिक 📈

च्याउखेतीबाट मासिक १ लाख बढी आम्दानी गर्दै रोशन र भरत

धरान (सुनसरी), १२ मङ्सिर । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ का दुई युवाले च्याउखेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । दाजु रोशन र भाइ भरत गुप्ताले २०७७ सालमा दाजु भाई कृषि फर्म दर्ता गरी गाउँमै सुरु गरेको च्याउखेतीबाट राम्रो आम्दानी गरिरहेका छन् । सात वर्षसम्म वैदेशिक रोजगारीमा जीवन विताएर स्वदेश फर्किएपछि आफूहरुले व्यावसायिक च्याउखेती सुरु गरेको रोशन गुप्ताले बताए। पहिलो वर्ष केही घाटा भए पनि त्यसपछि भने राम्रो आम्दानी भइरहेको उनले बताए। उनका अनुसार हाल सबै खर्च कटाएर वार्षिक रु १२ लाख सजिलै… पुरा पढौ

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा शपथ ग्रहण

काठमाडौं, ११ मङ्सिर । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडैलले अध्यक्ष श्रेष्ठलाई शपथ ग्रहण गराएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्ष बनाउने निर्णय गरेको थियो । कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकारले कानुनसम्मत ढङ्गले खुलारूपमा प्रतिस्पर्धाको विधि अवलम्बन गरेर धितोपत्र बोर्डको अध्यक्ष छनोट गरेको बताउँदै पुँजी बजारका क्षेत्रमा रहेका यावत समस्यालाई संस्थागत रूपमा सम्बोधन गर्ने विश्वास व्यक्त गरे। उनले पुँजी बजारको… पुरा पढौ

नेप्सेमा छायो हरियाली, ७ अर्ब ४४ करोडको कारोबार

काठमाडौं, ११ मंसिर । साताको शेयर कारोबार हुने तेश्रो दिन मंगलबार आज नेपाली शेयर बजारमा हरियाली छाएको छ । शेयर बजारमा आएको सकारात्मक माहोलले लगानीकर्तामा उत्साह थपिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३३.४१ अंकले बढेर २७१६५.६६ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.२४ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ४.५० अंकले बढेर ४७७.५७ विन्दुमा रहेको छ । यसदिन १३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । कुल ३१२ कम्पनीहरुको शेयर कारोबार भएको छ । उनीहरुको १ करोड ४४ लाख ९२… पुरा पढौ

समता घरेलु लघुवित्तकाे एफपीओ नेप्सेमा सूचीकृत

काठमाडौं, ११ मंसिर । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ आज नेप्सेमा सूचीकृत भएको हो । नेप्सेका अनुसार साे शेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा भएपछि दाेश्राे बजारमा खरिदबिक्री गर्न सकिनेछ ।  लघुवित्तले गत कात्तिक १२ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ खुलाएकाे थियाे । प्रचलित ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ… पुरा पढौ

गार्डियन माइक्रो लाइफले मंसिर १९ देखि आईपीओ जारी गर्ने

काठमाडौं, ११ मंसिर । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले मंसिर १९ गतेदेखि आईपीओ निष्काशन गर्ने बताएकाे छ। कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको जनाएकाे छ । कम्पनीले २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएकोमा १० प्रतिशतले हुने रुपैयाँ २ करोड २५ लाख रुपैयाँ बराबरको १ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्ने भएकाे हाे । कर्मचारीहरुका लागि ३ प्रतिशतले हुने ६७ हजार ५०० कित्ता र… पुरा पढौ

सुनको भाउ दिनदिनै घट्दै, आज २६ सयले गिरावट

काठमाडौं, ११ मंसिर । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ २६ सयले गिरावट भएको छ । चाँदीमा रुपैयाँ २५ ले घटेको छ । छापावाल सुनमा रुपैयाँ २६ सयले घटेर तोलाको १ लाख ४८ हजार ७ सय रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा रुपैयाँ २५… पुरा पढौ

ड्रागन फ्रुट बिक्रीबाट ढुङ्गानाले गरे रु १८ लाख आम्दानी

वालिङ (स्याङ्जा), ११ मङ्सिर । यहाँका एक किसानले ‘ड्रागन फ्रुट’ बिक्रीबाट रु १८ लाख आम्दानी गर्न सफल भएका छन् । स्याङ्जाको वालिङ–१ धरमपानीमा व्यावसायिक रूपमा ड्रागनखेती गरेका कृष्णप्रसाद ढुङ्गानाले ड्रागन बेचेर रु १८ लाख आम्दानी गरेका छन्। चार हजार पाँच सय केजी ड्रागन बिक्री गरेर उक्त आम्दानी लिन सफल भएको व्यवसायी ढुङ्गानाले बताए। असी रोपनी जग्गा भाडामा लिएकोमध्ये ४० रोपनीमा तीन वर्षअघि व्यावसायिक ड्रागनखेती गरेका ढुङ्गानाले यस वर्ष एकै याममा मनग्य आम्दानी गर्न सफल भए । “असी रोपनी जग्गा भाडामा… पुरा पढौ

स्ट्याण्डर्ड चार्टर्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडाैं, ११ मंसिर । स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १२ गते बुकक्लोज गर्ने भएकाे छ । लाभांश पाउनका लागि शेयरधनीहरूले आजसम्म नेप्सेमा शेयर कारोबार गरी कायम भएकाे हुनुपर्छ । यसरी कायम भएका शेयरधनीहरु मात्रै साधारण सभामा लिन र लाभांश पाउन याेग्य मानिनेछन्। बैंककाे ३८ औँ साधारण सभा मंसिर २५ गते, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा डाकिएकाे छ। सभा बिहान साढे ९ बजे बाेलाइएकाे हाे… पुरा पढौ

अमेरिकी डलरकाे भाउ घट्याे, युरो, पाउण्ड लगायतकाे बढ्याे

काठमाडौं, ११ मङ्सिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदरअनुसार सोमबारको तुलनामा अमेरिकी डलर, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, थाई भाट, हङ्कङ डलर र ओमानी रियालको मूल्य घटेको छ । त्यस्तै, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, स्वीडिस क्रोनरको भने मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ५७ पैसा र बिक्रीदर… पुरा पढौ

पूर्वीनाकाबाट कृषि वस्तुको आयातभन्दा निर्यात बढी

झापा, ११ मङ्सिर । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८१÷८२ को प्रथम त्रैमासिक अवधिमा रु सात अर्ब ८२ करोड ५५ लाख चार हजारको कृषि बाली भारत निर्यात भएको छ । आयातको तुलनामा कृषि वस्तुको निर्यात सात गुणा बढी रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाले जनाएको छ । उक्त त्रैमासिक अवधिमा पूर्वीनाका काँकडभिट्टाबाट रु ७९ करोड ६३ लाख १० हजारको कृषि बाली आयात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार रु चार अर्ब ४८ लाखको चिया, रु एक अर्ब ५५… पुरा पढौ