आर्थिक 📈

गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा

गोरखा, १४ मङ्सिर । सहिद लखन गाउँपालिकाले आफ्नो क्षेत्रका गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा गर्न थालेको छ । अर्थाभावका कारण स्वास्थ्योपचार तथा जाँचमा गर्भवतीलाई समस्या नहोस् भन्ने उद्देश्यले पालिकाले निःशुल्क बीमा कार्यक्रम सञ्चालन गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिए । “चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत गर्भवती जाँचका लागि स्वास्थ्य संस्थामा पुग्नेबित्तिकै स्वास्थ्य बीमा गर्ने व्यवस्था मिलाइएको छ, गर्भ जाँचका लागि आएकी गर्भवतीका बारेमा स्वास्थ्यकर्मीले सम्बन्धित वडाको बीमा दर्ता सहयोगीलाई खबर गर्ने र बीमा अभिकर्ताले घरमै पुगेर बीमा गर्ने… पुरा पढौ

वर्ल्डलिङ्कले ल्यायाे फिनल्यान्डबाट १ करोड युरो लगानी

काठमाडौं, १४ मंसिर । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी र देशकै अग्रणी आईसीटी कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडमा फिनल्याण्डको सरकारी फण्डिङ्ग कम्पनी फिनफण्डले १ करोड युरो लगानी गरेको छ। फिनफण्डको लगानी विद्यमान फाइबर नेटवर्क बिस्तार गर्न प्रयोग गरिनेछ। नेपालमा झन्डै आधा जनसंख्या अझै पनि ब्रोडब्यान्ड इन्टरनेटको पहुँचबाट वञ्चित छन् र शहरी र ग्रामीण क्षेत्रहरूमा उल्लेखनीय असमानता छ, यसको लागि विश्वस्तरीय डाटा सेन्टरले नेपालको कनेक्टिभिटीमा सुधार र आर्थिक वृद्धिलाई टेवा पुर्याउनेछ। गत २०८१ मंसिर १३ गते आयोजित कार्यक्रममा, फिनल्याण्डका वैदेशिक… पुरा पढौ

सपोर्ट र फरवार्ड माइक्रो फाइनान्सको शेयरमूल्य समायोजन

काठमाडौं, १४ मंसिर । सपोर्ट माइक्रो फाइनान्स र फरवार्ड माइक्रो फाइनान्सको शेयरमूल्य आज नेप्सेमा समायोजन भएकाे छ । दुबै माइक्रो फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेपछि नयाँ शेयरमूल्य समायोजन गरिएकाे हाे । सपोर्ट माइक्रोफाइनान्सको १३.७७५ प्रतिशत बोनस शेयर समायाेजन भएकाे छ । साथै फरवार्ड माइक्रो फाइनान्सको १३.३३ प्रतिशत बोनस शेयर समायोजन गरिएकाे छ । शेयर समायोजन गरिएपछि सपोर्ट माइक्रो फाइनान्सको शेयरमूल्य २ हजार ९२४ रुपैयाँ १९ पैसा र फरवार्डको शेयरमूल्य १ हजार ३५२ रुपैयाँ १६ रुपैयाँ… पुरा पढौ

यस्तो छ आज निर्धारण गरिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, १४ मङ्सिर । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदरअनुसार अमेरिकी डलर, युरोपियन युरो, अष्ट्रेलियन डलरलगायतको मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर… पुरा पढौ

सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी

वालिङ (स्याङ्जा), १४ मङ्सिर । यहाँका एक किसानले व्यावसायिक रूपमा सागसब्जी र तिनका बेर्ना बिक्री गरेर रु २६ लाख आम्दानी गरेका छन्। वालिङ नगरपालिका–६ लालुपातेका किसान रेशम रेग्मीले मौसमी तथा बेमौसमी सागसब्जी र बेर्ना बिक्री गरेर लाखौं आम्दानी गर्न सफल भएका हुन्। उनले अघिल्लो वर्षको कात्तिकदेखि यस वर्षको कात्तिकसम्ममा उत्पादन भएका सागसब्जी बिक्रीबाट रु २० लाख र बेर्ना बिक्रीबाट रु छ लाख आम्दानी भएको बताए । उनले खेत तथा बारीमा काउली, बन्दा, गोलभेँडा, सिमी, बोडी, काक्रा, भण्टा, भिण्डी, मुला, खुर्सानी,… पुरा पढौ

साना किसान लाभान्वित हुने गरी बिमा कार्यक्रम लागू

काठमाडौं, १३ मङ्सिर । सरकारले साना किसान लाभान्वित हुने गरी बाली तथा पशुधन बिमा कार्यक्रम लागु गरेको छ । उक्त कार्यक्रम अन्तर्गत बिमालेख रु ५० लाख जारी गरेका किसानलाई ८० प्रतिशत अनुदान, एक करोड सम्मका लागि रु ६५ करोड र एक करोडभन्दा माथिको बिमालाई ५० प्रतिशतमा वर्गीकरण गरी कार्यक्रम लागू गरिएको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि क्षेत्रमा धेरै किसानलाई बिमाको दायरामा ल्याउन र उनीहरुलाई अधिकतम सुविधा उपलब्ध गराउन बिमासम्बन्धी सरोकारवालासँग छलफलसहित विद्यमान कार्यविधि परिमार्जन गरी नयाँ कार्यक्रम… पुरा पढौ

नेप्सेमा ८.३० अंकको गिरावट, साढे ८ अर्बको कारोबार

काठमाडौं, १३ मंसिर । साताको शेयर कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली शेयर बजारमा गिरावट भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ८.३० अंकले घटेर २७४८ विन्दुमा झरेको छ । नेप्सेमा ०.३० प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.३८ अंकले घटेर ४७७.५० विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ३ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका १० वटामा रातो लागेको छ । कुल ३०७ कम्पनीहरुको शेयर कारोबार भएको छ । उनीहरुको १ करोड ६६ लाख ६३ हजार ३५५… पुरा पढौ

सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नेछ: मन्त्री भण्डारी

काठमाडौं, १३ मङ्सिर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको निजी क्षेत्रलाई सरकारले आर्थिक क्रियाकलापमा समेट्न खोजेको बताएका छन् । भृकुटीमण्डपमा आजदेखि सुरु भएको प्लाष्ट नेपालको चौथो तीन दिने प्रदर्शनीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रको सहकार्य बिना आर्थिक क्षेत्रका समस्या समाधान गर्न नसकिने बताए। पछिल्लो समय आर्थिक सूचकाङ्हरुमा सुधार देखिएको उल्लेख गर्दै उनले पूँजी बजारमा निजी क्षेत्रको उपस्थिति बढाउनुपर्नेमा जोड दिए। मन्त्री भण्डारीले भने, “पुँजी बजारलाई बढाउनुपर्ने छ, स्वदेशी उत्पादन बढाउनुपर्ने छ, व्यापार घाटा न्यून गर्नुपर्ने छ,… पुरा पढौ

सुनचाँदीको भाउमा गिरावट, तोलाको कति ?

काठमाडौं, १३ मंसिर । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा ३ सयले घटेको जनाएको छ । चाँदीमा ३० रुपैयाँ घटेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ३ सयले घटेर तोलाको १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ ३० ले घटेर तोलाको… पुरा पढौ

सोल्टी होटलकाे शेयरमूल्य नेप्सेमा समायोजन

काठमाडौं, १३ मंसिर । सोल्टी होटलकाे शेयरमूल्य नेप्सेमा समायोजन भएको छ। पुस ४ गते होटलकाे साधारण सभा हुने भएकाे छ । लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लोज गरेपछि शेयरमूल्य समायोजन गरेर नयाँ मूल्य कायम गरिएकाे हाे । नेप्सेका अनुसार साेल्टी होटलको १० प्रतिशत बोनस शेयर समायोजन गरिएकाे छ । समायोजन भएपछि शेयरमूल्य ५१८ रुपैयाँ १८ पैसा कायम भएको छ। याे अघिल्लो कारोबार भएकाे दिनको अन्तिम मूल्यका आधारमा शेयरमूल्य समायोजन भएकाे हाे । बुधबार दोस्रो बजारमा प्रतिशेयर ५७० रुपैयाँमा अन्तिम कारोबार भएको… पुरा पढौ