आर्थिक 📈

हवाई भाडा नियन्त्रणको माग गर्दै सांसद बजगाईंसहित प्रदर्शन

काठमाडौं, २५ कात्तिक । हवाई भाडामा भएको महँगी नियन्त्रणको माग गर्दै आज नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंको नेतृत्वमा माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । टिकट महँगिएकाले मुलुकको नागरिक उड्डयन र पर्यटन क्षेत्रमा असर परेको भन्दै सांसद बजगाईंको नेतृत्वमा ब्यानर र प्लेकार्टसहित प्रदर्शन गरिएको हो । महङ्गो हवाई भाडा दर घटाउने उपाय खोज्न ध्यानाकर्षणका लागि दबाबस्वरूप प्रदर्शन गरिएको सांसद बजगाईंले बताए। नेपालमा हवाई भाडा महँगो हुँदा रोजगारीका सिलसिलामा विभिन्न देश जानुपर्ने मानिसहरू भारत हुँदै जान थालेकामा उनले चिन्ता व्यक्त गरे ।… पुरा पढौ

उखु उत्पादकका समस्या समाधान गर्न नेपाल चिनी उद्योग सङ्घसंग मन्त्री भण्डारीको प्रस्ताव

काठमाडौं, २५ कात्तिक । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उखु उत्पादक किसान र चिनी उद्योगका समस्या दिर्घकालिन रुपमा समाधान गर्न प्रस्ताव गरेका छन्। नेपाल चिनी उद्योग सङ्घका पदाधिकारीसँगको आज मन्त्रालयमा भएको छलफलका क्रममा उनले उखु किसान र चिनी उत्पादक उद्योगीका समस्या सरकारले दीर्घकालीन रुपमा समाधान गर्नुपर्ने भएकाले सरोकारवालासहित एक विशेष कार्यदल बनाउन प्रस्ताव राखे। “उद्योग मन्त्रालयको आपूर्ति तथा उपभोक्ता हित महाशाखाका सहसचिवको नेतृत्वमा कृषि मन्त्रालय, चिनी उत्पादक उद्योगी, उखु उत्पादक किसान, चिनी आयातकर्ता र नेशनल साल्ट्र ट्रेडिङका प्रतिनिधि सम्मिलित… पुरा पढौ

नेप्सेमा भारी अंकको बृद्धि, पौने १० अर्बको कारोबार

काठमाडौं, २५ कात्तिक । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली शेयर बजारमा हरियाली छाएको छ ।नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक भारी मात्रामा बढेको छ । नेप्सेमा ६२.५४ अंकले बृद्धि भएको छ । यसरी बृद्धि भएको नेप्से २७३८ विन्दुमा उक्लिएको छ । नेप्सेमा २.३३ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ९.९१ अंकले बढेर ४८७.१० विन्दुमा पुगेको छ । यसदिन १३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । नेप्सेमा छाएको हरियालीले लगानीकर्ताहरुमा उत्साह थपिएको छ । कुल ३२५ कम्पनीहरुको शेयर कारोबार… पुरा पढौ

आज सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ करोबार ?

काठमाडौं, २५ कात्तिक । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाादीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ५ सय तथा चाँदीमा २० दे घटेको जनाएको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ५ सयले घटेर तोलाको १ लाख ६६ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ६६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा रुपैयाँ २० ले घटेर तोलाको १ हजार ९ सय… पुरा पढौ

लाभांश अनुमाेदन गर्न हाथवे इन्भेष्टमेन्टकाे एजिएम आज बस्दै

काठमाडौं, २५ कार्तिक । हाथवे इन्भेष्टमेन्ट नेपालकाे साधारण सभा आज बस्दैछ । सभाले १०.५२६ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गर्ने भएकाे छ । कम्पनीकाे साधारण सभा, आम्रपाली ब्यांक्वेट, काठमाडौंमा बिहान १० बजे बाेलाइएकाे छ । सभामा १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगदसहित १०.५२६ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव लगातका एजेण्डा रहेका छन् ।  सभामा वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत वित्ती एजेण्डामाथि छलफल गरी पारित गरिनेछ। बोनस बितरण गरिएपछि कम्पनीको चुक्ता पुँजी वृद्धि हुनेछ । साधारणा… पुरा पढौ

सगरमाथा जलविद्युतको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडाैं, २५ कात्तिक । सगरमाथा जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेकाे छ। कम्पनीका अनुसार साधारण सभा र लाभांश वितरणकाे प्रयोजनका लागि साेमबार, कात्तिक २६ गते बुकक्लोज गरिने भएकाे छ । लगानीकर्ताहरूले लाभांश पाउन र साधारण सभामा भाग लिनका लागि आजसम्म नेप्सेमा शेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका शेयरधनीहरू नै याेग्य मानिनेछन् । कम्पनीले ४.७५ प्रतिशत बोनस शेयर तथा ०.२५ प्रतिशतका नगद लाभांशसहित ५ प्रतिशत लाभांश वितरण गर्नेछ । लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गर्न… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजकाे भाउ

काठमाडौं, २५ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा निर्धारण गरेको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ०७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ५४ पैसा,… पुरा पढौ

झापामा ७ करोडको सौर्य विद्युत् उत्पादन

झापा, २४ कात्तिक । सौर्य ऊर्जा उत्पादन गर्दै आएको झापा इनर्जी लिमिटेडले नौ महिनामा ७ करोड ११ लाख ३८ हजार सात सय १० मूल्य बराबरको विद्युत् उत्पादन गरेर नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको छ । शिवसताक्षी नगरपालिका–४ बुलुचोकमा उक्त कम्पनीको सौर्य विद्युत् परियोजना सञ्चालनमा रहेको छ । गत वर्षको माघ २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त परियोजनाको उद्घाटन गरेका थिए । कम्पनीका प्रबन्ध सञ्चालक सुभाष भट्टराईले गत वर्षको माघ १० गतेदेखि विद्युत् उत्पादन सुरु गरेको बताए। गत माघ १०… पुरा पढौ

शनिबार अमेरिकी डलर र युरोको भाउ बढ्यो

काठमाडौं, २४ कात्तिक । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलर र युरोको भाउ बढेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३० पैसा रहेकामा शनिबारका लागि यस मुद्राको खरिदर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा कायम भएको छ । यसैगरी, शनिबारका लागि युरो (युरोपियन युरो)… पुरा पढौ

सब:स्टेसन निर्माणपछि लमजुङ र मनाङमा विद्युत् आपूर्ति सहज हुने

काठमाडौं, २३ कात्तिक। धारापानी र खुदी सबस्टेसन निर्माणपछि लमजुङ र मनाङमा विद्युत् आपूर्ति सहज हुने मर्स्याङ्दी करिडोर २२० केभी प्रसारणलाइन आयोजना कार्यालयले जनाएको छ। आयोजनाअन्तर्गत मनाङको नासोँ गाउँपालिका–१ धारापानीमा २२० केभी क्षमताको सबस्टेसन निर्माणाधीन छ भने लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ खुदीमा निर्माणाधीन २२० केभी क्षमताको सबस्टेसन अन्तिम चरणमा पुगेको हो । दुवै स्थानका सबस्टेसन निर्माण निर्धारित समयमा सम्पन्न भएमा लमजुङ र मनाङको विद्युत् आपूर्ति सहज हुनुका साथै भरपर्दो र गुणस्तरीय सेवा प्रवाह हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । धरापानी सबस्टेसन… पुरा पढौ