आर्थिक 📈

युनिलिभर नेपालकाे नाफामा ४.६३ प्रतिशतले गिरावट

काठमाडाैं, २८ कात्तिक । युनिलिभर नेपालकाे नाफा यसपालि घटेकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ४.६३ प्रतिशतले घटेको हाे । कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म रूपैयाँ ५२ करोड ६९ लाख रुपैयाँ खुद नाफा गरेकाे छ । यो नाफा गएकाे आर्थिक वर्षको सोही अवधिकोभन्दा थाेरै हाे । गएकाे वर्ष कम्पनीले रूपैयाँ ५५ करोड २५ लाख नाफा गरेकाे थियो। आम्दानी घटेकाे कारण खुद नाफामा प्रभाव परेकाे हाे… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? पहिले भाउ बुझ्नुस्

काठमाडौं, २८ कात्तिक । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ८५ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७२ रुपैयाँ ८६ र बिक्रीदर एक सय ७३ रुपैयाँ ६३ पैसा, स्वीस… पुरा पढौ

पूर्वी नाकाबाट रु पाँच अर्ब बढीको भेनियर र प्लाईबोर्ड निर्यात

झापा, २८ कात्तिक । नेपालमा विदेशी मुद्राआर्जन गर्न र वैदेशिक व्यापार घाटा कम गराउन भेनियर र प्लाई काठको निर्यातले महत्वपूर्ण योगदान पु¥याएको छ । पहाडमा हुर्किने उत्तिस, कदम, मौवालगायत कमसल काठ (कु–काठ) बाट भेनियर पत्ती र प्लाइबोर्ड उत्पादन हुँदै आएको छ । विसं २०७९ साउन १ गतेदेखि २०८१ असोज मसान्तसम्म पूर्वीनाका काँकडभिट्टाबाट रु पाँच अर्ब ९२ करोड पाँच लाख ९२ हजार मूल्य बराबरको भेनियर पत्ती र प्लाइबोर्ड भारत निर्यात भएको मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालले बताए। गोलिया… पुरा पढौ

अर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरु सुधार्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं, २७ कात्तिक । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका बाह्य र आन्तरिक सूचकमा रहेका सबलताको जगमा आन्तरिक परिसूचक कमजोर रहेका क्षेत्रलाई सुधार्ने गरी कार्यसम्पादन गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री पौडेलले वैदेशिक मुद्राको सञ्चिति, शोधानान्तर स्थिति, विप्रेषण, बैंकमा अधिक तरलता, न्यून ब्याजदर, मूल्यवृद्धि नियन्त्रण, गत वर्षको तुलनामा राजस्व वृद्धि, आर्थिक वृद्धि दर राम्रो हुने स्थिति भए पनि आयात, निर्यात, उत्पादन, माग, पुँजीगत खर्च, लगानीलगायतका पक्षमा समीक्षा गरेर… पुरा पढौ

नेप्सेमा करेक्सन, कारोबार करिब ८ करोडमा सिमित

काठमाडौं, २७ कात्तिक । साताको शेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली शेयर बजारमा करेक्सन भएको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा निकै कम भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११.२४ अंकले घटेर २७४८.९६ विन्दुमा झरेको छ । नेप्सेमा ०.४० प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.९३ अंकले घटेर ४८८.७८ विन्दुमा झरेको छ । १३ उपसमूहहरुमध्ये ३ वटामा हरियो लागेको छ । बाँकी रहेका १० वटामा रातो लागेको छ । यसदिन कुल ३१२ कम्पनीहरुको शेयर कारोबार… पुरा पढौ

लगानी निरुत्साहित हुने कार्य नगर्न अध्यक्ष ढकालकाे आग्रह

काठमाडौं, २७ कात्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी निरुत्साहित हुने गतिविधि हुननहुने बताउँदै देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन समाजका सबै वर्गको सहयोग आवश्यक भएकामा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशले आयोजना गरेको दोस्रो गण्डकी प्रदेश महोत्सवको आज उद्घाटन गर्दै उनले भने, “मुलुकका कतिपय क्षेत्रमा अझै पनि विकास र लगानीमा अवरोध गर्ने सोच हटेको छैन । यस किसिमका अवरोधले लगानीमा मात्र नभई देशको समृद्धिकम समेत नकारात्मक असर पार्छ ।” विशेष गरी धार्मिक… पुरा पढौ

साल्ट ट्रेडिङ धनुषाद्वारा १८ करोड ६२ लाखको नुन बिक्री

जनकपुरधाम, २७ कात्तिक । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड शाखा कार्यालय धनुषाले गत आर्थिक वर्ष २०८०/८१ मा रु १८ करोड ६२ लाख ८१ हजार मूल्यबराबरको आयोडिनयुक्त नुन बिक्री गरेको छ । धनुषा, महोत्तरी तथा सिन्धुली कार्यक्षेत्र रहेको सो कार्यालयले उक्त तीनवटा जिल्लामा आफ्ना २५ डिलरमार्फत आयोडिनयुक्त नुन बिक्री गरेको हो । कार्यालयका अनुसार चालु आर्थिक वर्षको तीन महिना अर्थात् साउन, भदौ र असोजमा रु पाँच करोड २३ लाख मूल्यबराबरको नुन बिक्री गरेको छ । सो अवधिमा ४५ हजार तीन सय ७०… पुरा पढौ

आज सुनको मूल्यमा २४ सयले गिरावट, चाँदी पनि घट्याे

काठमाडौं, २७ कात्तिक । साताकाे सुनचाँदीकाे काराेबार हुने तेश्राे दिन मंगलबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य रु दुई हजार चार सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ६२ हजार ६०० मा किनबेच भइरहेको छ । यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य प्रतितोला रु ३० ले घटेको छ । सोमबार प्रतितोला रु एक हजार ९५५ मा कारोबार भएको चाँदी आज… पुरा पढौ

लुम्बिनी विकास कोषको ७७ करोड ५५ लाख बजेट पारित

लुम्बिनी, २७ कात्तिक । लुम्बिनी विकास कोषको परिषद् बैठकले आर्थिक वर्ष २०८१/८२ को बजेट पारित गरेको छ । कोषका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बसेको परिषद् बैठकले बजेट पारित गरेको हो । परिषद्ले रु ७७ करोड ५५ लाख ९२ हजारको आयव्यय अनुमानित बजेट पारित गरेको हो । कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले प्रस्ताव गरेको बजेटमा आन्तरिकतर्फ रु ३२ करोड ५५ लाख ९२ हजार र सरकारको अनुदान रु ४५ करोड गरी उक्त आम्दानी खर्चको अनुमान गरेको हो ।… पुरा पढौ

एनएमबि लघुवित्त नाफामा, अन्य सूचक कस्ता ?

काठमाडौं, २७ कात्तिक । एनएमबि लघुवित्त वित्तीय संस्थाले नाफा कमाएकाे छ । संस्थाकाे प्रकाशित भएकाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार नाफामा गएकाे हाे । गएकाे वर्ष साेहि अवधिमा घाटामा थियाे । यस वर्षको पहिलो तीन महिनामा संस्थाले रुपैयाँ ७१ लाख ५४ हजार नाफा गरेकाे छ। गएकाे आर्थिक वर्ष सोही अवधिकाे नाफा रुपेयाँ ४ करोड ७३ लाख थियो। ब्याज आम्दानी बढेपछि संस्थाकाे खुद नाफा बढ्नमा सहयाेग भएकाे हाे । खुद ब्याज आम्दानी ४०.८६ प्रतिशत रहेकाे छ । खुद… पुरा पढौ