आर्थिक 📈

चालु आवको दुई महिनामा ७ अर्बको स्मार्टफोन आयात

काठमाडौं, १२ असोज । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा झण्डै सात अर्ब रुपैयाँको स्मार्टफोन आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार रु छ अर्ब ७० करोड ८१ लाख ५८ हजार बराबरको चार लाख ५४ हजार नौ सय ५८ थान स्मार्टफोन आयात भएको हो । यस अवधिमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ । विभागका अनुसार रु ११ अर्ब छ करोड ५२ लाख चार हजार बराबरको पेट्रोल आयात भएको छ भने रु १३ अर्ब ६४ करोड ५२ लाख ५०… पुरा पढौ

आँखुखोला जलविद्युतकाे साढे १७ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं, ११ असाेज । आँखुखोला जलविद्युत कम्पनीले आजदेखि १७ लाख ५० हजार २४८ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । यसमा सहभागि हुनका लागि लगानीकर्ताले घटीमा रु १०० मा नघटाएर यसैकाे आधारमा बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले घटिमा ज्ञ हजार तथा बढीमा सबै कित्ताका लागि असोज २० गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीले यसअघि १ करोड २० लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएकाे थियो । उक्त समयमा बिक्री हुन बाँकी रहेकाे सेयर यसपटक लिलामी बिक्रीमा ल्याइएको हो । आवेदकले बिक्री… पुरा पढौ

उद्यमशीलता वृद्धि सरकारको प्राथमिकतामा छ : मन्त्री भण्डारी

पाटन (ललितपुर), ११ असोज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धि सरकारको प्राथमिकतामा रहेको बताएका छन्। ‘समृद्धिका लागि सम्पदा संरक्षण’ नाराका साथ ललितपुर रत्न तथा आभूषण सङ्घ र रोटरी क्लब अफ पाटन हेरिटेजको संयुक्त आयोजनामा आजदेखि सुरु भएको ‘पाटन हेरिटेज जेम एण्ड ज्वेलरी एक्स्पो–२०२४’ को उद्घाटन गर्दै मन्त्री भण्डारीले यति बेला नीतिगत सुधार जटिलतालाई समाधान गर्नेतर्फ सरकार लागिपरेको बताए। उनले सरकारी तवरबाट लगानीकर्तामैत्री र परियोजनामैत्री वातावरण बनाउने क्रमबद्ध कार्ययोजना तय भएको बताए। “आर्थिक मन्दीले सुनचाँदी… पुरा पढौ

काभ्रेमा बजेट अभावमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम रोकियो

काभ्रेपलाञ्चोक, ११ असोज । परम्परागत रूपमा स्थानीय समुदायले खेती गर्दै आएको परम्परागत (रैथाने) बाली प्रवर्द्धन–संरक्षण अभियान बजेट अभावका कारण रोकिएको छ । उक्त कार्यक्रमलाई तीव्रता दिइएको काभ्रेमा बजेट अभावमा दुई वर्षदेखि रोकिएको हो । आर्थिक वर्ष २०७८/ ७९ सम्म बागमती प्रदेश सरकारले उक्त कार्यक्रमलाई बजेट विनियोजन गर्दा जिल्लास्थित कृषि कार्यालयमार्फत रैथाने बाली प्रवर्द्धन एवं संरक्षण प्राथमिकताका साथ गर्दै आएको थियो । रैथाने बाली मूल्य शृङ्खला प्रवर्द्धन कार्यक्रमअन्तर्गत अघिल्लो आवमा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा ४० हेक्टर जमिनमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम सुरु… पुरा पढौ

सुनमा अर्को नयाँ रेकर्ड, तोलाको १ लाख ६१ हजार २ सय

काठमाडौं, ११ असोज । सुनको भाउ दिनदिनै बढिरहेको छ । अघिल्लो दिन बिहिबार ऐतिहासिक उच्च रेकर्ड बनाएको सुनमा आज फेरि अर्को नयाँ रेकर्ड बनेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ । चाडबाडकै बेलामा नेपालमा सुनको भाउले भने उच्च रेकर्ड बनाउदै आएको छ । बिहिबार छापावाल सुन तोलाको रुपैयाँ १ लाख ६० हजार ७ सय कायम भएर ऐतिहासिक उच्च रेकर्ड बनाएको थियो आज फेरि बढेर अर्काे नयाँ रेकर्ड बनेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि भाउ बढेर अर्को… पुरा पढौ

किसानलाई बजारसँग जोड्ने नेपाली ढाँचाको ‘पैँचो पसल’

काठमाडौं, ११ असोज । गुल्मी छत्रकोट–१ हुँगाका युवराज पाण्डे बिहान झिसमिसेमै तरकारी सङ्कलन केन्द्रमा पुग्नुहुन्छ । केन्द्रमा स्थानीय किसानहरू तरकारी लिएर आइपुग्छन् । पाण्डेको बिहान कुन किसानले कुन तरकारी ति परिमाणमा ल्याए ? त्यसको मूल्य कति हो ? निर्धारण गरेर पठाउँदैमा बित्छ । किसानलाई आफूले ल्याएको तरकारीबाट कति कमाइ भयो भन्ने जानकारी घर नपुग्दै मोबाइलमा आइपुग्छ । कति तरकारी बिक्री गरेछु भन्ने हिसाब राख्नै पर्दैन । पाण्डेका अनुसार केन्द्रमा दैनिक औसतमा पाँच क्विन्टल तरकारी आउँछ । सङ्कलन भएका तरकारी लिन… पुरा पढौ

यस्ताे छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं, ११ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ १४ पैसा, युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ६० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७८ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ ४७ पैसा कायम गरिएको छ । केन्द्रीय बैंकका अनुसार स्वीस… पुरा पढौ

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बढायाे अनुगमन

काठमाडौं, ११ असोज । नेपालीको महान् चाड बडादसैँ नजिकिएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चाडपर्व लक्षित खाद्यपदार्थको अनुगमनलाई बढाउन थालेको छ । विभागको दुईवटा टोलीले काठमाडौं उपत्यकाका नौ स्थानमा अनुगमन गरेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले राससलाई जानकारी दिए । अनुगमनका क्रममा एयरपोर्ट बर्गर हाउस एण्ड थकाली किचेन प्रालिमा उपभोग्य मिति समाप्त भएको पाँच सय ग्रामका छ थान कोदोको पिठो र तोकिएको गुणस्तरभन्दा फरक पर्ने तेल नष्ट गरिएको पनि उनले बताए । उक्त पसललाई देखिएका कमजोरी सुधार गरी सात दिनभित्र… पुरा पढौ

विदेशी मुद्राको सञ्चिति २१ खर्ब पुग्यो : राष्ट्र बैङ्क

काठमाडौं, १० असोज । नेपाल राष्ट्र बैङ्कले देशभित्र विदेशी मुद्राको सञ्चिति करिब रु २१ खर्ब पुगेको जनाएकाे छ । राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको विवरण अनुसार कुल विदेशी मुद्राको सञ्चिति रु २० खर्ब ९२ अर्ब २२ करोड पुगेको देखिएकाे हो । यो विवरण गत साउन मसान्तसम्मको हो । गत असार मसान्तमा कुल विदेशी मुद्राको सञ्चिति रु २० खर्ब ४१ अर्ब १० करोड बराबर थियो । त्यसमा दुई दशमलव पाँच प्रतिशतले वृद्धि भई रु २० खर्ब ९२ अर्ब २२ करोड बराबर… पुरा पढौ

नेप्सेमा ३२.८१ अंकको गिरावट, करिब ५ अर्बको कारोबार

काठमाडौं, १० असोज । अघिल्लो दिन सकारात्मक बनेको सेयर बजार साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार पुनः ओरालोको यात्रामा गएको छ । चालु आर्थिक वर्षमा बनेको नयाँ गठबन्धनको सरकारका अर्थमन्त्री विष्णु पोखरलेलको अर्थमन्त्रीमा सपथ ग्रहण भएको भोलिपल्न देखिनै उकालो लागेको नेप्से ३० अर्बको कारोबारसम्म पुगेर फेरि ओरालाे लागेको छ । फाट्टफुट्ट सकारात्मक बनेपनि पछिल्ला दिनहरुमा अधिक सूचाकांकहरु राताम्मै बन्दै आएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३२.८१ अंकले घटेर २४८६.७६ विन्दुमा झरेको छ । नेप्सेमा १.३० प्रतिशतले… पुरा पढौ