आर्थिक 📈

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं, ७ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपिया १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४१ पैसा बिक्रीदर १३४ रुपैयाँ १ पैसा रहेको छ । यूरो १ को खरिददर १४८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५९ पैसा रहेको छ । पाउण्डस्ट्रलिङ १ को खरिददर १७७ रुपैयाँ ७३ पैसा बिक्रीदर १७८ रुपैयाँ ५३ पैसा… पुरा पढौ

सानिमा रिलायन्स लाइफकाे एजिएम असाेज २३ मा तय

काठमाडौं, ७ असाेज । सानिमा रिलायन्स लाइफ इन्स्याेरन्सको साधारण सभा असोज २३ गते डाकिएकाे छ । सभामा गत आर्थिक वर्षको मुनाफाबाट १८.३८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गरिने भएकाे छ ।  यस्तै प्रबन्धपत्र तथा नियमावली संशोधन गरिने भएकेा छ । आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानकाे हिसाब, वित्तीय अवश्था लगायतका विषयमा छलफल गरिने छ । भासबाट आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेकिने भएकाे छ । संस्थापक समूहको तर्फबाट सञ्चालकको नियुक्ति गरिनेछ । साधारण सभाकाे प्रयोजनका… पुरा पढौ

गरिबी अल्पविकसित मुलुकको साझा समस्या : प्रधानमन्त्री

न्युयोर्क (अमेरिका) ७ असोज । प्रधानमन्त्री केपी शर्मा ओेलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाको ‘समिट अफ द फ्युचर’ सत्रलाई सम्बोधन गरेका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा भाग लिन यही असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क आएका प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घको मुख्यालयमा जारी सत्रलाई सम्बोधन गरे। यसअघि प्रधानमन्त्री ओलीले महासभाअन्तर्गत ‘समिट अफ द फ्युचर’को अन्तरक्रियात्मक सत्रको अध्यक्षता गरे। उनले अल्पविकसित मुलुकका समूहहरुको साझा समस्याका रुपमा रहेको गरिबी निवारणका लागि उत्पादनवृद्धि गरी औद्योगिकीकरण गरिनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले कार्बन उत्सर्जनका… पुरा पढौ

नेप्सेमा ११.५८ अंकको बृद्धि, कारोबार ५ अर्बमा सिमित

काठमाडौं, ६ असोज । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । कारोबार रकममा भने उल्लेख्य बढोत्तरी हुन सकेन । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११.५८ अंकले बढेर २५८८.३५ विन्दुमा पुगेको छ । नेप्सेमा ०.४४ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ३.५० अंकले बढेर ४६३.४३ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ५ वटामा रातो लागेको छ । बाँकी रहेका ८ वटामा हरियो लागेको छ । यसदिन कुल ३२५ कम्पनीहरुको सेयर कारोबार भएको छ… पुरा पढौ

कोशीमा बजेट पारित, २२ महिनापछि समितिका सभापति चयन

विराटनगर, ६ असोज । कोशी प्रदेशसभाको पाचौँ अधिवेशन अन्त्य भएको छ । कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गको कार्यालयबाट नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्यको पत्र सभामुख अम्बरबहादुर विष्टले सदनमा पढेर सुनाएसँगै अधिवेशन समापन भएको थियो । त्यस अवसरमा सभामुख विष्टले कोशी प्रदेशसभाले यस पटक समयमै बजेट पारित गरी समितिका विषयगत सभापतिसमेत चयन गर्न महत्वपूर्ण सफलता हासिल गरेको बताउँदै सभालाई मर्यादित रुपमा सञ्चालन गर्न सत्तापक्ष र विपक्षसमेत सबैले गरेको सहयोगप्रति आभार प्रकट गरे । गत वैशाख ३१… पुरा पढौ

अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच भेट, नेपालकाे अर्थतन्त्रमा सुधार हुँदै

काठमाडौं, ६ असोज । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा उपनिर्देशक दत्त गुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदै गएको आफूले पाएको बताए। उनले नेपालमा लागानी सहजीकरणसम्बन्धी कानुन परिमार्जन हुँदै गएको, राजस्व परिचालन रणनीति कार्यान्वयनमा आएको, अर्थतन्त्रसम्बन्धी विभिन्न सुझाव कार्यान्वयन हुँदै गएकाले आफू उत्साहित भएको धारणा व्यक्त गरेको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ । सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई सुदृढ… पुरा पढौ

सुनको भाउमा नयाँ रेकर्ड, तोलाको १ लाख ५८ हजार ८ सय

काठमाडौं, ६ असोज । सुनको भाउले फेरि ऐतिहासिक रेकर्ड कायम गरेको छ । भाउ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेर हालसम्मकै उच्च रेकर्ड बनाएको हो । यसदिन छापावाल सुनमा रुपैयाँ १७ ले बढेको छ । चाँदीमा रुपैयाँ ५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १७ स यले बढेर तोलाको १ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार… पुरा पढौ

प्रभु सेलेक्ट र प्रभु स्मार्ट फन्डको बुक क्लोज असोज १४ मा

काठमाडौं, ६ असाेज । प्रभु सेलेक्ट फन्ड र प्रभु स्मार्ट फन्डको बुक क्लोज मिति तय भएको छ । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा रहेकाे यी दुइ म्युचुअल फन्डहरूको लाभांशकाे लागि बुक क्लोज मिति तय गरिएकाे हाे । दुबै फन्डहरुले नगद लाभांश वितरण गर्नका लागि यही असोज १४ गते सोमबार बुक क्लोज गर्ने भएका हुन्। कम्पनीकाे लाभांश पाउन याेग्य हुनका लागि इकाईधनीहरूले असोज १३ गतेसम्म सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएकाहरूले मात्र लाभांश पाउनका लागि हकदार हुनेछन् ।… पुरा पढौ

आत्मनिर्भर बन्न सामूहिक बङ्गुरपालन गर्दै स्थानीय

गल्याङ (स्याङ्जा), ६ असोज । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ गोक्रुङका स्थानीयले सामूहिक बङ्गुरपालन गर्दै आएका छन् । विसं २०७७ मा रु २५ लाख लगानीमा गोक्रुङ सामूहिक कृषि फार्म खोलेर बङ्गुरपालन सुरु गरिएको थियो । स्थानीय रुकमाया रानाले विगतमा अज्ञात रोगले फार्मका करिब ५० वटा बङ्गुर मरेपछि लगानी डुब्ने डरले बङ्गुर पाल्न डराए पनि हाल कालीगण्डकी गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको सहयोगमा फेरि सामूहिक बङ्गुरपालन सुरु भएको बताइन्। चालीस जना सेयर सदस्य रहेको फार्ममा हाल बीउ उत्पादन गर्न ४० वटा धराने बङ्गुरका… पुरा पढौ

झापामा सवारीसाधन कारबाहीबाट ६६ लाख बढी राजस्व सङ्कलन

भद्रपुर (झापा), ६ असोजः जिल्ला ट्राफिक कार्यालयाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु ६६ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ । नौ हजार सात सय ६९ सवारीसाधन कारबाहीबाट उक्त राजस्व सङ्कलन गरिएको कार्यालयका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमले जानकारी दिए। सो अवधिमा सबैभन्दा धेरै एक हजार छ सय ८४ जिप, कार तथा भ्यानलाई कारबाही गर्दा रु १० लाख पाँच हजार पाँच सय राजस्व सङ्कलन भएको छ । यसैगरी एक हजार दुई सय ३१ मोटरसाइकल, छ सय ९६ ट्रक,… पुरा पढौ