आर्थिक 📈

सुक्खाबन्दरगाहमा भदौसम्म ८ अर्ब ३९ करोड राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा), ८ असोज । सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१÷८२ को भदौसम्ममा रु आठ अर्ब ३९ करोड ४१ लाख १२ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले कार्यालयलाई भदौसम्म रु नौ अर्ब ९७ करोड ७९ लाख ६९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो । तर भदौसम्मको लक्ष्य पछ्याउन भने सकेन । कार्यालयले चालु आवको साउनमा रु तीन अर्ब ७५ करोड २२ लाख ११ हजार सङ्कलन गर्यो भने चालु आवकै भदौमा भने रु चार अर्ब ६४… पुरा पढौ

सुनकाे भाउमा फेरि नयाँ रेकर्ड: तोलाको १ लाख ६० हजार

काठमाडौं, ८ असोज । सुनको भाउ दिनदिनै बढिरहेको छ । आज सुनको भाउले फेरि ऐतिहासिक रेकर्ड बनाएको छ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ रुपैयाँ ५ सयले बढेको छ । चाँदीको भाउमा रुपैयाँ ५ ले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ५ सयले बढेको जनाएको हाे भने चाँदीमा रुपैयाँ ५ ले घटेको जनाएको छ । छापावाल सुनमा रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख ५९ हजार ७ सय… पुरा पढौ

गुल्मीको निहुरो बुटवलदेखि काठमाडौँसम्म पुग्छ

गुल्मी, ८ असोज । जिल्लाका केही विपन्न परिवारका मानिस निहुरो बिक्री गरेर घरमा नुनतेलको जोहो गरिरहेका छन् । भान्सामा तरकारी र अचारका रूपमा निहुरो खाने गरिन्छ । उनिउँ प्रजातिको यो वनस्पति डाँठे, झुसे र कान्ले गरी तीन प्रकारको निहुरो यहाँमा पाइन्छ । वर्षात्का समयमा लेक क्षेत्रमा बसोबास गर्ने विपन्न परिवारका मानिसको दिनचर्या दिनभर जङ्गल र पाखामा निहुरो टिपेर बित्ने गर्छ । जिल्लाको पश्चिमी भेगका जङ्गल र खोल्साहरूमा प्रशस्त मात्रमा निहुरो पाइन्छ । दुई दिनको समय लगानी गरेर राम्रै आम्दानी गर्न… पुरा पढौ

गाउँपालिकाद्वारा विपन्न नागरिकको निःशुल्क बीमा

म्याग्दी (बेनी), ८ असोज । जिल्लाको मालिका गाउँपालिकाले पालिकाभित्रका विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्न थालेको छ । विपन्न नागरिकको स्वास्थ्योपचारमा सहयोग गर्न गाउँपालिकाले चालु आर्थिक वर्षमा ‘विपन्न नागरिकको स्वास्थ्य बीमा कार्यक्रम’ सञ्चालन गर्न लागेको हो । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र महिला स्वास्थ्य स्वयंसेविकाका साथै विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्न लागिएको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्वुजाले बताए। उनका अनुसार पालिकाले विपन्न नागरिकका लागि रु ३० लाख र महिला स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य बीमाका लागि रु तीन लाख बजेट विनियोजन… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं, ८ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ३९ पैसा र बिक्री दर एक सय ३३ रुपैयाँ ९९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिद दर एक सय ४८ रुपैयाँ ३५ पैसा र बिक्री दर एक सय ४९ रुपैयाँ २ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर एक सय ७७ रुपैयाँ ५९ पैसा र बिक्री दर एक… पुरा पढौ

विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह

न्युयोर्क (अमेरिका), ८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गरेका छन्। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयद्वारा आयोजित वल्ड लिडर्स फोरममा गरिबी निवारण गरी सबैलाई सम्मानजनक रूपमा बाँच्न पाउने अधिकार दिलाउन समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा अघि सारिएको स्पष्ट पारे। ‘नेपालको लोकतन्त्र र आर्थिक विकासको यात्रा’ विषयक संवादमा मुख्य वक्ताका रुपमा सम्बोधन गर्दै… पुरा पढौ

दिगो विकासका लक्ष्य पूरा गर्न वित्तीय स्रोत परिचालन चुनौतीपूर्ण: प्रधानमन्त्री ओली

काठमाडौं, ७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले अतिकम विकसित मुलुकहरुलाई दिगो विकासका लक्ष्य प्राप्त गर्न वार्षिक कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को ४० प्रतिशत खर्च गर्नुपर्ने अवस्था रहेकाले वित्तीय स्रोत व्यवस्थापन चुनौतीपूर्ण बनेको बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाअन्तर्गत संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित मुख्यालयमा आयोजित ‘समिट अफ द फ्युचर’को सहअध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले बहुपक्षीय विकास साझेदार र विकसित मुलुकहरुले उपलब्ध गराउने भनिएको वित्तीय स्रोत परिचालनका लागि आग्रह गरे। “दिगो विकासका लक्ष्य पूरा गर्न अल्प विकसित देशहरुलाई ठूलो स्रोतको आवश्यक पर्छ,… पुरा पढौ

समावेशी सहकारीकाे १७औं साधारण सभा सम्पन्न, ७ सिद्धान्तमा प्रतिवद्ध भए समस्या हुँदैन: उपमेयर गुरुङ

पोखरा, ७ असोज । समावेशी बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–१ वगरको १७ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । संस्थाको साधारण सभामा विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ । कार्यक्रममा ज्येष्ठ सदस्य तर्फ शरण श्रेष्ठ, अनुशाशित बचत सदस्य सीता अधिकारी र असल ऋणिबाट वलराम भट्टराईलाई सम्मान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगर पालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङ र संस्थाकी अध्यक्ष सीता गुरुङले सम्मानित व्यत्तित्वलाई सम्मान गरे। साधारण सभामा संस्थाकी सचिव जीवन अधिकारी, कोषाध्यक्षको तर्फबाट सदस्य रामप्रसाद… पुरा पढौ

सेयर बजार राताम्मै, कारोबार साढे ५ अर्बमा सिमित

काठमाडौं, ७ असोज । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजार राताम्मै भएको छ । सम्पूर्ण सूचकहरु राताम्मै हुँदा कारोबार रकममा बढोत्तरी देखिएन । नेप्सेमा पछिल्ला दिनहरुमा भईरहेको गिरावटले लगानीकर्ताहरुलाई फेरि पर्ख र हेरको स्थितिमा पुर्याएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५९.०२ अंकले घटेर २५२९.३३ विन्दुमा झरेको छ । नेप्सेमा २.२८ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ९.०२ अंकले घटेर ४५४.४० विन्दुमा रहेको छ । नेप्सेका अनुसार १३ वटै उपसमूहहरु राताम्मै भएका छ । कुल… पुरा पढौ

हिमालय उर्जाकाे १४ लाख ४६ हजार कित्ता सेयरकाे लिलामी बिक्री खुला

काठमाडौं, ७ असाेज । हिमालय उर्जा विकास कम्पनीले आजदेखि सेयर लिलामीमा बिक्री खुला एकाे छ । कम्पनीले १४ लाख ४६ हजार ३५९ कित्ता सेयर लिलामी बिक्रीमा ल्याएकाे हाे । लगानीकर्ताहरू घटीमा रूपैयाँ १०० काे आधार बनाएर बोलपत्रमा सहभागि हुन पाउनेछन्। सेयर खरिद गर्न चाहने लगानीकर्ताले घटीमा १०० कित्ता र बढीमा सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्। यसका लागि असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले यसअघि ९९ लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएकाे थियाे । त्याे बेलामा बिक्री हुन बाँकी… पुरा पढौ