आर्थिक 📈

इथानोलको मूल्य एक महिनाभित्र तोक्छौँ : मन्त्री भण्डारी

काठमाडौं, २४ भदौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नीतिमा धेरै अघि बढिसकेको बताएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)ले आज राजधानीमा आयोजना गरेको ‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको वृहत बहस’ कार्यक्रममा मन्त्री भण्डारीले इथानोल मिश्रणको नीतिमा सरकारले आवश्यक तयारी पूरा गरिसकेको जानकारी दिए। “पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नियमावली बनिसकेको छ, अब मूल्य निर्धारण गर्न बाँकी छ । यो पनि एक महिनाभित्र टुङ्ग्याउँछौँ”, मन्त्री भण्डारीले भने, “इथानोल उत्पादनले दैनिक दुई लाख किलोलिटर पेट्रोलियम पदार्थको… पुरा पढौ

सुनचाँदीको भाउमा सामान्य बृद्धि

काठमाडौं, २४ भदौ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ सामान्य रुपले बढेको छ यसदिन छापावाल सुनमा रुपैयाँ १ सयले बढेको छ भने चाँदीको भाउमा रुपैयाँ ५ ले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुनमा रुपैयाँ १ सयले बढेर तोलाको १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा रुपैयाँ… पुरा पढौ

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं, २४ भदौ । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपियाँ १ को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । अन्य मुलुसंगको विनिमय दर घटबढ भईरहने भएपनि भारतीय मुद्राको विनिमय दर सधैं स्थिर रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ २ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६२ पैसा रहेको छ । यूरो १ को खरिददर १४८ रुपैयाँ ५६ पैसा रहेको छ । बिक्रीदर… पुरा पढौ

चेक अनादर मुद्दामा ३ महिनादेखि २ वर्ष कैदकाे व्यवस्था

काठमाडौं, २३ भदौ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले ‘बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’ माथि परेका संशोधन प्रस्ताव र दफावार छलफलपछि चेक अनादर (चेक बाउन्स) सम्बन्धी मुद्दामा तीन महिनादेखि दुई वर्षसम्मको कैद सजाय हुने व्यवस्था विधेयकमा राखेको छ । अर्थ समितिको आजको छलफलका क्रममा समितिका सभापति सन्तोष चालिसेले चेक बाउन्सका मुद्दामा रु १५ लाखसम्मको बिगो भए एक महिना कैद, रु १५ लाखदेखि रु ५० लाखसम्मको बिगो भए एक महिनादेखि तीन महिनासम्म कैद, रु ५०… पुरा पढौ

नेप्से २५.४६ अंकले घट्याे, १० अर्ब १२ करोडको कारोबार

काठमाडौ, २३ भदौ । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा गिरावट भएको छ । कारोबार रकम पनि यसअघिका दिनहरुको जस्तो उल्लेख्य रुपमा बढेन । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २५.४६ अंकले घटेर २७०१.९० विन्दुमा झरेको छ । नेप्सेमा ०.९३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ६.६३ अंकले घटेर ४७९.७२ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ३ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका १० वटामा रातो लागेको छ । कुल ३२८ कम्पनीहरुको सेयर कारोबार भएको… पुरा पढौ

अवार्डको दौडमा बैंकिङ क्षेत्र, त्यसको उपादायता के ? (विचार)

काठमाडौं, २३ भदौ । विश्वासमा अडेको, विश्वासमै चलायमान हुने र गति लिने क्षेत्र हो बैंकिङ क्षेत्र । विश्वासमै टिकेको क्षेत्र भएकाले पनि बैंक तथा वित्तीय क्षेत्रले जनताको मन जित्न अनेक कोशिस गरिरहन्छन् । नेपालमा २०४६ सालपछि सबैभन्दा प्रगति गरेको क्षेत्र पनि बैंक तथा वित्तीय क्षेत्र नै हो । विगत दुई वर्षयता अर्थतन्त्रको तेस्रो खम्बा अनि समाजवादतर्फको यात्राको कडीका रुपमा हेरिएको सहकारी क्षेत्रले जनविश्वास गुमायो । खासगरी वित्तीय क्षेत्रको अहिलेको अवस्था तहसनहन नै छ । सहकारी क्षेत्रमा राजनीति गर्नेहरु छिरेपछि, दलाल… पुरा पढौ

चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा

काठमाडौं, २३ भदौ । त्रिशूली नदी करिडोर र त्यसका सहायक खोलामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न महत्वपूर्ण मानिएको चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइन निर्माणको अन्तिम चरणका काम भइरहेका छन् । प्रसारण लाइन निर्माणका बाँकी काम सम्पन्न गरी दसैँ अगाडि नै सञ्चालनमा ल्याउने गरी धमाधम अगाडि… पुरा पढौ

सुनमा रु १२ सयले गिरावट, चाँदीको भाउ पनि घट्यो

काटमाठौं, २३ भदौ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १२ सय तथा चाँदीमा रुपैयाँ ४५ ले गिरावट भएको जनाएको छ । छापावाल सुनमा रुपैयाँ १२ सयले घटेर तोलाको १ लाख ५२ हजार १ सय रुपैयाँ कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा रुपैयाँ ४५ ले घटेर तोलाको १… पुरा पढौ

इपिएस सम्झौताको १७ वर्ष : नेपाल सन् २०२३ मा बढी कामदार पठाउने पहिलो मुलुक

काठमाडौं, २३ भदौ । पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली युवामाझ आकर्षक रोजगार गन्तव्यका रूपमा चिनिन थालेको छ । दक्षिण कोरिया रोजगारीका लागि अनिवार्य भाषा परीक्षामा सहभागी नेपाली युवाको सङ्ख्याले उक्त तथ्यलाई पुष्टि गर्दछ । सन् २००८ देखि दक्षिण कोरियाले इपिएसमार्फत रोजगारीका लागि नेपाली श्रमिक लैजाँदै आएको छ । इपिएस सुरु भएयता लिइएका भाषा परीक्षामा सहभागी हुन नौ लाख बढीले आवेदन फारम भरेका छन् । वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाको तथ्याङ्कानुसार हालसम्म नौ लाख… पुरा पढौ

तरकारीखेतीबाट वार्षिक पन्ध्र लाख आम्दानी गर्दै किसान

वेदकोट (कञ्चनपुर), २३ भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका ५० वर्षीय वीरबहादुर खड्का डेढ दशकदेखि तरकारीखेती गर्दै आएका छन् । सुरुआतमा उनी घरमा खानलाई मात्र तरकारीखेती गर्थे। तरकारीखेतीबाट गतिलो आम्दानी हुन थालेपछि २०६५ सालदेखि खड्का व्यावसायिक रूपमा तरकारीखेतीमा जुटे। तरकारीखेतीबाट मनग्य आम्दानी भइरहेको उनले सुनाए । “घरमै खानलाई दुई कट्ठा जमिनमा तरकारी लगाउँथेँ, धान, गहुँखेती गरिन्थ्यो । अहिले विस्तार गरेर दुई बिघामा लगाइएको छ”, खड्काले भने, “धान, गहुँखेती कम गरिन्छ । तरकारीखेतीमै लागिएको छ ।” उर्वर भूमिमा धानका बाला लटरम्म… पुरा पढौ