आर्थिक 📈

सेयर बजारमा गिरावट जारी, कारोबार ७ अर्बमा सिमित

काठमाडौं, २५ भदौ । नेप्सेमा लगातार गिरावट भइरहेकाे छ । नेप्से परिसूचक लगातार पाँचाै कारोबारकाे दिन पनि घटेकाे देखियाे । आज नेप्से परिसूचक १३ दशमलव ०९ अङ्कले घटेर दुई हजार छ सय ३२ दशमलव ९४ को विन्दुमा कायम भएको छ । आज तीन सय २८ कम्पनीको एक करोड ९० लाख ७७ हजार पाँच सय ८३ कित्ता शेयर ९३ हजार चार सय ५९ पटक खरिदबिक्री हुँदा रु सात अर्ब २४ करोड ५५ लाख ६८ हजार चार सय २१ बराबरको कारोबार भएको… पुरा पढौ

अर्थमन्त्री पाैडेलद्वारा सञ्चयकर्तालाई आकर्षित गरेर काम गर्न काेषलाई निर्देशन

काठमाडौं, २५ भदाै । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर्मचारी सञ्चय कोषले उपलब्धीको आधारमा सञ्चयकर्ताहरुलाई आकर्षित गर्न निर्देशन दिएका छन् । उनले आज कर्मचारी सञ्चय कोषका पदाधिकारीहरुबीचकाे छलफलमा साे निर्देशन दिएका हुन्। सञ्चयकर्तालाई नोक्शानीको आधारमा नभइ भएका पलब्धीका आधारमा आकर्षित गर्न निर्देशन दिदै काम गर्न र काेषमाथि सञ्चयकर्ताले गरेकाे विश्वास कायम राख्न आग्रह गरे । अर्थमन्त्री पौडेलले भएकाे दक्ष जनशक्तिबाट काम गर्न र काममा प्रविधिको प्रयोग गर्दै सञ्चय कोष, बैंक तथा वित्तीय संस्था र अन्य कार्यालयहरुमा कम जनशक्तिबाट धेरै काम लिनुपर्ने बताए… पुरा पढौ

अमेरिकामा निर्यात बढाउन भन्साररहित सुविधाको निरन्तरता हुनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं, २५ भदाै । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अमेरिकामा निर्यात कायम राखि आगामी दिनमा बढाउनका लागि भन्सार रहित सुविधाको निरन्तरता महत्वपूर्ण रहेको बताएका छन्।  महासंघ, तयारी पोशाक संघ, नेपाल अमेरिका चेम्बर अफ कमर्श, युएसएड र निर्यात महासंघले संयुक्त रुपमा आयोजना गरेको नेपाल अमेरिका व्यापार र लगानी अवसर र चुनौति बिषयक कार्यक्रम उनले उक्त धारणा राखेका हुन्।  अमेरिकाले सन २०१६ मा भुकम्पपछि ७७ वटा वस्तुमा दिएको भन्सार रहित सुविधा आगामी बर्ष सकिन लागेको र आगामी साता आयोजना हुने… पुरा पढौ

व्यवसायीको नसुनिएको पिडा र व्यथाकाे एड्भोकेसी गर्नु छ : अध्यक्षका प्रत्यासि कार्कि

पाेखरा, २५ भदाै । डेङ्गीकाे कारण थलिएका उनी घरु घरमा पुग्न नसकेपनि सामाजिक सन्जाल र फाेन मार्फत मत मागिरहेका छन् । कार्किले भने, “आर्थिक चलायमान हुन सकेन भने कुनैपनि देशको विकास हुन सक्दैन” भन्ने अग्रजहरुको दूरदृष्टि थियो । उहाँहरुले सूरुआतबाटै शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन लगायतका विषयहरुमा बहस र पैरवी गर्दै आएको पाईन्छ । हाम्रो पुस्ताले पनि उहाँहरुको सिको गरिरहेको छ । २०५५ सालदेखि लगातार जेठो, गर्विलो व्यावसायिक संस्था पोखरा उद्योग वाणिज्य संघमा प्रत्यक्ष तथा परोक्ष रुपमा संलग्न हुँदै संघको… पुरा पढौ

सानिमा इक्विटी, लार्ज क्याप र ग्रोथ फन्डकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, २५ भदाै । सानिमा क्यापिटलले व्यवस्थापन गरेकाे ३ वटा म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेकाे छ । फन्डका इकाईधनीहरुले आजसम्म सानिमा इक्विटी फन्ड, सानिमा लार्ज क्याप फन्ड र सानिमा ग्रोथ फन्डको लाभांश सुरक्षित गर्ने सक्नेछन् । तीनवटै फन्डहरुले नगद लाभांश वितरणकाे प्रयाेजनका लागि बुधबार भदाै २६ गते बुक क्लोज गर्ने भएका छन् । लाभांश पाउनका लागि आजसम्म सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका भदौ २५ गतेसम्म कायम रहने इकाईधनीहरुले मात्रै लाभांश… पुरा पढौ

कर्णाली प्रदेशमा एक अर्ब ३८ करोड बेरुजु फर्छ्यौट

कर्णाली, २५ भदौ । कर्णाली प्रदेशसभा सार्वजनिक लेखा समितिले रु एक अर्ब ३८ करोड बेरुजु फर्छ्यौटसहितको प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा समितिले १६ महिनामा गरेका काम कारबाहीको प्रगति सार्वजनिक गरेको हो । समितिका सभापति जीतबहादुर मल्लले प्रदेश सरकारको रु चार अर्ब ३४ करोड १५ लाख कूल बेरुजुमध्ये समितिले रु एक करोड ३८ लाख फर्छ्यौट एवं सम्परीक्षण गर्न सफल भएको बताए। “महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०७४/०७५ देखि २०७८/७९ सम्मको पाँच वर्षमा कर्णाली प्रदेश सरकारको सो… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्ताे छ आजकाे भाउ

काठमाडौं, २५ भदौ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार सोमबारको तुलनामा मङ्गलबार जापानिज येनको भाउ घटेको छ । सोमबार जापानिज येन १० को खरिददर ९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९ रुपैयाँ ४६ पैसा रहेकामा आजका लागि खरिददर ९ रुपैयाँ ३२ र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६४ पैसा,… पुरा पढौ

आर्थिक चुनौतिको सामना गर्दै व्यवसाय प्रवर्धनमा हातेमालो गरौं : कार्कि

पोखरा, २४ भदौ । पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवनशनमा अध्यक्ष पदका उम्मेदवारी दिएका गोकर्ण कार्कीले आर्थिक चुनौतिले व्यवसायिहरु मारमा परिरहेको बताएका छन् । संघको अधिवेशन नजिकिदै गर्दा यतिबेला बजारमा चुनावी माहोल बढिरहेको छ । अस्वस्थका कारण घरदैलो अभियानमा हिड्न नसकेका कार्कीले आर्थिक चुनौतिको सामना गर्दै व्यवसाय प्रर्वद्धनका लागि एक अर्कासँग हातेमालो गर्न अत्यावश्यक रहेको बताएका हुन् । आफुले यी सबै पिर मर्का बुझेको र सुत्केरी हुँदाको व्यथा जसरी सुत्केरी हुनेलाई मात्र थाहा हुने बताउँदै बाँकीले बिचरा भन्ने बाहेक… पुरा पढौ

नेप्सेमा लगातार गिरावट, ९ अर्ब ४३ करोडकाे काराेबार

काठमाडौं, २४ भदौ । नेप्सेमा लगातार गिरावट भइरहेकाे छ । गत साताको बुधबार ९० दशमलव ७३ र बिहीबार १२ दशमलव १० अङ्कले घटेको नेप्से परिसूचक यो साता कारोबारको पहिला दिन हिजो २५ दशमलव ४६ अङ्कले घटेको थियो । पुँजीबजारको ओरालो यात्राले आज पनि निरन्तरता पाएको छ । आज नेप्से परिसूचक ५५ दशमलव ८६ अङ्कले घटेर दुई हजार छ सय ४६ दशमलव ०३ को बिन्दुमा कायम भएको हो । यो दुई दशमलव ०६ प्रतिशतको गिरावट हो । नेप्से परिसूचक घटेसँगै कारोबार… पुरा पढौ

बैंक वित्तीय संस्थामा साढे १ अर्ब लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं, २४ भदाै । राष्ट्र बैंकले पेन्सन तथा उपदानमा रहेकाे साढे १ अर्ब रकम विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा लगानी गर्ने बताएकाे छ । राष्ट्र बैंकले  क, ख र ग बर्गका बैंक तथा वित्तीय संस्थाहरूमा रुपैयाँ १ अर्ब ५० करोडनिक्षेपका रुपमा लगानी गर्ने बताएकाे हाे । राष्ट्र बैंकले वाणिज्य क बर्गका वाणिज्य बैंकहरुमा १ अर्ब २० करोड लगानी गर्ने भएकाे छ । यस्तै राष्ट्रियस्तरका विकास बैंकहरुमा रुपैयाँ २२ करोड ५० लाख र राष्ट्रियस्तरका वित्तीय संस्थाहरुमा रुपैयाँ ७ करोड ५० लाख… पुरा पढौ