आर्थिक 📈

सपोर्ट लघुवित्तको नाफामा ७५.०३ प्रतिशतले बृद्धि

काठमाडौं, १० साउन । सपोर्ट लघुवित्त वित्तीय संस्थाले खुद नाफा कमाउन सफल भएकाे छ । संस्थाकाे प्रकाशित गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा अघिल्लो आर्थिक वर्षकोभन्दा बढेकाे छ। असार महिनाकाे अन्त्यसम्ममा संस्थाले रुपैयाँ २ करोड ३८ लाख खुद नाफा गरेकाे छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा ७५.०३ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा याे नाफा रुपैयाँ १ करोड ३६ लाख रुपैयाँमा सिमित थियाे । संस्थाकाे खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपछि जोखिम व्यवस्थाको… पुरा पढौ

महासंघद्वारा स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिम स‌ञ्चालन

काठमाडौं, १० साउन । नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय श्रम संगठनको सहकार्यमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिम आयोजना गरेको छ ।   निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्र्दभिकता विषयक रोजगारदाता तालिम कैलालीको धनगढीमा सुरु भएको छ । बुधवार वाट सुरुभएको तालिम शुक्रबारसम्म चल्नेछ । अन्तर्राष्ट्रिय श्रम संगठन (सशक्त महिला सम्वृद्ध नेपाल) परियोजना र नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौविच भएको सम्झौता वमोजिम  नेपाल उद्योग वाणिज्य महासंघ सुदुरपश्चिम प्रदेशको आयोजनामा तीन दिने तालिमा सुरु भएको हो । निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्र्दभिकता… पुरा पढौ

अमेरिमी डलरको भाउ बढ्दै, यूरो घट्यो

काठमाडौं, १० साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ बढेको छ । युरोको भाउ घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ६६ पैसा र बिक्रिदर १ सय… पुरा पढौ

मुलकोट र हलेसीमा १ अर्ब लगानीमा पौवा रिसोर्ट खुल्यो

काठमाडौं, १० साउन । नेपालको हस्पिटालिटी क्षेत्रमा लगानी विस्तार गरेको होटल पौवा प्रालीले रु एक अर्ब लगानीमा सिन्धुलीको मुलकोट र खोटाङको हलेसीमा पौवा रिसोर्ट र होटल सञ्चालनमा ल्याएको छ । खोटाङको हलेसीमा पौवा रिसोर्ट र सिन्धुलीको सुनकोशी किनारमा अवस्थित मुलकोटमा पौवा होटल सुरू गरिएको कम्पनीले जानकारी दिएको छ । ‘जहाँबाट आतिथ्यको सुरूआत हुन्छ’ भन्ने नारासहित होटल विस्तार गरिरहेको पौवा ग्रुपले १४औँ शाखा मुलकोटस्थित सुनकोशी किनारमा ४५ रोपनी क्षेत्रफलमा रु ५० करोडको लगानीमा पौवाबीच रिसोर्ट सञ्चालन गरेको हो । यस्तै खोटाङको… पुरा पढौ

प्रभु स्टक मार्केट लिमिटेडको कारोबार सुभारम्भ

काठमाडाैं, ९ साउन प्रभु बैंक लिमिटेडको पुर्ण स्वामित्वमा सञ्चालित प्रभु स्टक मार्केट लिमिटेडको सुभारम्भ भएकाे छ । प्रभु बैक लिमिटेडका अध्यक्ष लिला प्रकाश सिटौलाले एक समारोहका बिच कारोबार सञ्चालनको औपचारिक सुभारम्भ गरेका थिए। कार्यक्रमा शुभकामना मन्तब्य दिँदै उनले प्रभु बैंकको सहायक कम्पनीको रूपमा स्थापित यस कम्पनीले आगामी दिनमा शेयर कारोवारसँग सम्बन्धित सेवा सहज रूपमा दिने विश्वास व्यक्त गरे । उनले व्यावसायिक सेवा प्रदान गर्दै पूँजी परिचालन तथा नेपालको पूँजी बजारको विकास आफ्नो तर्फबाट केही योगदान गर्ने कार्य प्रभावकारी रूपमा प्रभु… पुरा पढौ

नेप्सेमा करेक्सन तर २६ महिना यताकै उच्च कारोबार

काठमाडौं, ९ साउन ।साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा करेक्सन भएको छ । दुईवटा उपसमूह बाहेक ११ वटै् उपसमूहहरु राताम्मै भएका छन् । तर कारोबारलाई हेर्ने हो भने बितेका २६ महिनापछिको बसैभन्दा धेरै भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २७.३२ अंकले घटेर २५३६.११ विन्दुमा झरेको छ । नेप्सेमा १.०६ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ६.२५ अंकले घटेर ४५२.९३ विन्दुमा झरेको छ । यसदिन १३ उपसमूहहरुमध्ये दुईवटामा मात्रै हरियो लागेको छ । बाँकी ११… पुरा पढौ

सुनको भाउ आकाशियो, तोलाको १ लाख ४७ हजार ४ सय

काठमाडौंं, ९ साउन । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन आज बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ आकाशिएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा एकैदिन रुपैयाँ ११ सयले बढेको छ । चाँदीमा रुपैयाँ १५ ले बृद्धि भएको छ । छापावाल सुनमा रुपैयाँ ११ सयले बढेर तोलाको १ लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छावाजाल सुन तोलाको १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ… पुरा पढौ

कृषिमा रमाउँदै भोजपुरका दीपक, वार्षिक १५ लाख कमाउदै

भोजपुर, ९ साउन । कृषि व्यवसाय गरेर भोजपुरका ३४ वर्षीय दीपक श्रेष्ठले लोभलाग्दो आम्दानी गर्दै आएका छन् । दश वर्षअघि कृषि कर्ममा लाग्नुभएका उहाँले उदाहरणीय उद्यमीको परिचय बनाएका छन् । स्वदेशमा नमूनायोग्य काम गर्ने अठोटका साथ १० वर्षअघि कृषिमा लागेका उनले भोजपुर नगरपालिका–१२ टक्सारमा व्यवसाय सञ्चालन गरेर वार्षिक रु १५ देखि १८ लाखसम्म आम्दानी लिने गरेको बताए। लगनशील भएर काम गरे पैसा कमाउन विदेश जानु नपर्ने उनी बताउछन्। उद्यमी श्रेष्ठले व्यावसायिक रूपमा कुखरा, बङ्गुर, माछापालनसँगै केराखेती पनि गरिरहेका छन् ।… पुरा पढौ

कामना सेवा विकास बैंकको नाफा र इपीएस दुबैमा बृद्धि

काठमाडाैं, ९ साउन । कामना सेवा विकास बैंककाे खुद नाफा र प्रतिसेयर आम्दानी बढेकाे छ । बैंककाे प्रकाशित गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा र इपीएस दुबै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले रूपैयाँ ६० करोड ३२ लाख खुद नाफा कमाएकाे छ । जाे यसअघिकाे आर्थिक वर्षको सोही अवधिकोभन्दा ६६.९३ प्रतिशतले ब९ेकाे छ । साे वर्षमा बैंकले रुपैयाँ ३६ करोड १३ लाख खुद नाफा गरेकाे थियाे । बैंकको खुद… पुरा पढौ

आज अमेरिकी डलरको भाउ बढ्यो, यूरो घट्यो

काठमाडौं, ९ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ बढेको छ । युरोको भाउ भने घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ६१ पैसा र बिक्रिदर १… पुरा पढौ