आर्थिक 📈

महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना

काठमाडौं, ३१ वैशाख । ‘सुशासन, सामाजिक न्याय र समृद्धि’ मुख्य लक्ष्यसहित सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (२०८१/८२–२०८५/८६) को मस्यौदा अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइएको छ । राष्ट्रिय योजना आयोगले सोह्रौँ आवधिक योजनाको मस्यौदा आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको हो । आगामी आर्थिक वर्ष २०८१/८२ बाट कार्यान्वयनमा जाने यो आवधिक योजनालाई गत माघ मसान्तभित्र ल्याइसक्ने गरी राष्ट्रिय योजना आयोगले कार्यसूची बनाएको भए पनि हालसम्म स्वीकृत हुने सकेको छैन । यद्यपि, सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेटसँग तालमेल हुनेगरी आवधिक योजना… पुरा पढौ

दुई अर्ब बढीको सट्टेबाजीमार्फत कारोबार गर्ने पक्राउ

काठमाडौं, ३१ वैशाख । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विश्वमा सञ्चालन हुने विभिन्न खेलहरुमा सट्टेबाजी गर्न प्रयोग हुने बेटिङ, वानएक्स बेट, जुवा ३६५ तथा क्रिफ्टोमार्फत रु दुई अर्ब एक करोडभन्दा बढीको कारोबार गरेको अभियोगमा एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डदेपुर नगरपालिका–८ घर भई हाल भक्तपुर सूर्यबिनायक नगरपालिका–२ बस्ने २४ वर्षीय अनिल ढुङ्गाना रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिए। उनले भने,… पुरा पढौ

नेप्से २४.३९ अंकले बढ्याे, ३ अर्ब ४० करोडको कारोबार

काठमाडौं, ३१ वैशाख । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारमा सकारात्मक माहोल बनेको छ । नेप्सेले उकालोको यात्रा लय गर्दा लगानीकर्ताहरु उत्साही भएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २४.३९ अंकले बढेर १९९८.८९ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.२३ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ५.८३ अंकले बढेर ३५६.६५ विन्दुमा पुगेको छ । यसदिन १३ उपसमूहहरुमध्ये ५ वटामा रातो लागेको छ । बाँकी रहेका ८ वटा उपसमूहहरुमा हरियो लागेको छ । कुल ३२० कम्पनीहरुको सेयर… पुरा पढौ

बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याइनेछ : प्रधानमन्त्री

चितवन, ३१ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम र बजेटमार्फत उत्पादन वृद्धि तथा रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम घोषणा गरिने बताएका छन् । नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को आज शिलान्यास गर्दै प्रधानमन्त्री दाहालले रोजगारी र उत्पादनसँग सम्बन्धित भएर एकीकृत आयोजना सञ्चालन गर्ने तयारीका साथ सरकार अगाडि बढेको बताए । “पूर्वाधार विकाससँगै ग्रामीण अर्थतन्त्रको सवलीकरण, उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनासँग सम्बन्धित भएर एकीकृत ढाँचाको परियोजना सञ्चालन गर्नु आजको राष्ट्रिय आवश्यकता हो”, प्रधानमन्त्री… पुरा पढौ

आज सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ३१ वैशाख । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ३ सय तथा चाँदीमा रुपैयाँ १० ले गिरावट भएको छ । छापावाल सुनमा रुपैयाँ ३ सयले घटेर तोलाको १ लाख ३८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ३ सयले घटेर… पुरा पढौ

आम्दानीमा सुधार आएपछि सिटि होटलको नोक्सानी घट्यो

काठमाडाैं, ३१ वैशाख । आम्दानीमा सुधार आएपछि सिटि होटलको नोक्सानी घटेकाे छ । हाेटलद्वारा सार्वजनिक भएकाे चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार गएकाे वर्षको सोही अवधिकोभन्दा हाल नोक्सानी घटेको देखिएकाे छ। चालु आर्थिक वर्षको चैतसम्ममा हाेटलले १५ करोड ३७ रूपैयाँ नोक्सानी व्यहोरेको छ। गएकाे आर्थिक वर्षको सोही अवधिमा रूपैयाँ २१ करोड ६१ लाख नोक्सानी भएकाे थियो। वित्तीय विवरणका अनुसार होटलको आम्दानी बढेपछि नोक्सानी कम भएकाे हाे । होटलको सञ्चालन आम्दानी १३.१५ प्रतिशतले र कुल आम्दानी २२.९३ प्रतिशतले बढेको… पुरा पढौ

अमेरिकी डलरको भाउ स्थिर, यूरोसहित अन्यको घट्यो

काठमाडौं, ३१ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरो लगायत अन्यको भाउ घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ३१ पैसा… पुरा पढौ

उत्पादन नबढाइ अर्थतन्त्र सुधार हुँदैन : अर्थसचिव मरासिनी

काठमाडौं, ३१ वैशाख । अर्थसचिव मधुकुमार मरासिनीले आन्तरिक उत्पादन र पुँजी सिर्जनामा वृद्धि नगरेसम्म मुलुकको अर्थतन्त्र सुधार नहुने बताएका छन् । १७औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०८१ को आयोजित समापन समारोहमा उनले भने, “अर्थतन्त्रमा शिथिलता आयो, आयात बढ्यो भनेर समस्या देखिइरहेका छन् । अर्थतन्त्रमा देखिएको असजतालाई सहज बनाउने भनेको स्वदेशी उत्पादन बढाएर आत्मनिर्भर हुने र निर्यात बढाएर हो ।” नेपालको उत्पादन ‘ब्राण्डिङ’ गरेर विश्व बजारमा पु¥याउन सक्नुपर्ने र त्यसका लागि सरकारले पनि नीतिगत तथा प्रक्रियागत सहजीकरण गर्ने… पुरा पढौ

विकल पौडेलविरुद्ध पाैने ४१ करोड भ्रष्टाचार गरेकाे भन्दै तेश्राे मुद्दा दायर

काठमाडाैं, ३० वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध ४० करोड ८५ लाख भ्रष्टाचार गरेकाे भन्दै मुद्दा दायर गरेको छ । पौडेल सुरक्षण मुद्रण केन्द्रमा हुँदका बखत भ्रष्टाचार गरेकाे आराेपमा यसअघि दुइवटा मुद्धा दयार भइसकेका छन् भने याे पटक दायर भएकाे तेश्राे मुद्धा हाे । सुरक्षण मुद्रण केन्द्रकाे उपकरण खरिद प्रकरणमा भ्रष्टाचार गरेको भन्दै पौडेलसहित ३ जनाविरुद्ध मुद्दा दायर गरिएकाे हाे । उनीहरूमाथि ४० करोड ८५ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।… पुरा पढौ

नेप्सेमा ८.२६ अंकको बृद्धि, ३ अर्ब १५ करोडको कारोबार

काठमाडौं, ३० वैशख । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । यसले लगानीकर्ताहरुमा पनि सकारात्मक उर्जा थपिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ८.२६ अंकले बढेर १९७४.५० विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.४२ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.२१ अंकले बढेर ३५०.८२ विन्दुमा रहेको छ । यसदिन १३ उपसमूहहरुमध्ये ३ वटामा रातो लागेको छ । बाँकी रहेका १० वटामा हरियो लागेको छ । कुल ३१३ कम्पनीहरुको सेयर कारोबार भएको छ… पुरा पढौ