आर्थिक 📈

साहस उर्जाकाे आम्दानी २ अर्ब बढी, नाफा कति ?

काठमाडौं, ३० वैशाख । साहस उर्जा लिमिटेडकाे विद्युत बिक्रीबाट भएकाे आम्दानी २ अर्ब २ करोड ५२ लाख रहेकाे छ । कम्पनीले यस आर्थिक वर्षमा करिब ४८ कराेड नाफा कमाउन सफल भएकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे तेस्रो त्रैमाससम्मकाे वित्तीय विवरण अनुसार कम्पनीले रूपैयाँ ४७ करोड ८१ लाख खुद नाफा कमाएको हाे । जाे गएकाे वर्षको साेहि अवधिकोभन्दा ८०.३७ प्रतिशतले बढी हो । कम्वपनीले गएकाे वर्ष रूपैयाँ २६ करोड ५१ लाख नाफा कमाएको थियो । विवरण अनुसार विद्युत बिक्रीबाट भएकाे आम्दानी रूपैयाँ… पुरा पढौ

प्रि ओपन सेसन : नेप्सेमा ७.५५ अंककाे बृद्धि

काठमाडाैं, ३० वैशाख । साताको सेयर काराेबार हुने आज आइतबार पहिलाे दिन हाे । नेपाल स्टक एक्सचेन्ज नेप्सेकाे प्रि ओपन सेसनमा सकारात्मक माहाेल देखिएकाे छ । यस सेसनमा नेप्से परिसूचक ७.५५ अंकले बढेको छ। यसअघि बिहिबार नेप्से परिसूचक ५.६३ अंकले बढेर १९६६.२३ विन्दुमा उक्लिएकाे थियाे । आजकाे नेप्सेकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक ७.५५ अंकले बढेर १९७३.७८ विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स १.६९ अंकले बढेको छ। आजकाे प्रि ओपन सेसनमा ५१ वटा कम्पनीहरूकाे सेयर काराेबार भएकाे छ । उनीहरूकाे १२… पुरा पढौ

सुन तोलामा रु ५ सयले बृद्धि, चाँदीमा गिरावट

काठमाडौं, ३० वैशाख । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ तलमाथि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनमा रुपैयाँ ५ सयले बढेको जानकारी दिएकाे छ । चाँदीमा भने रुपैयाँ १० ले घटेको छ । छापावाल सुनमा रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ३७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा… पुरा पढौ

आज अमेरिकी डलर र यूराेको भाउ स्थिर

काठमाडौं, ३० वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरो लगायत अन्यको भाउ पनि स्थिर रहेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ… पुरा पढौ

पाकिस्तानी अर्थतन्त्रमा उच्च गिरावटको जोखिम रहेको आइएमएफको चेतावनी

इस्लामाबाद (पाकिस्तान), २९ वैशाख । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले पछिल्लो रिपोर्टमा उच्च नकारात्मक जोखिमलाई उजागर गर्दै पाकिस्तानको आर्थिक भविष्यका बारेमा कडा चेतावनी जारी गरेको छ । नयाँ दीर्घकालीन कार्यक्रममा पाकिस्तानी सरकार र आइएमएफबीच वार्ता हुनुअघि जारी गरिएको प्रतिवेदनले देशको स्थिरता र यसले सामना गर्ने चुनौतीको चिन्तालाई जोड दिएको छ । आइएमएफ स्टाफ रिपोर्टअनुसार नकारात्मक जोखिम उच्च छन् । नयाँ सरकारले एसबिए (स्ट्यान्डबाइ व्यवस्था) नीतिहरू जारी राख्ने सहानुभूति देखाएको भए पनि राजनीतिक अनिश्चितता महत्त्वपूर्ण रहेको छ । आइएमएफले नीति निर्माणमा गहिरो… पुरा पढौ

बजेट अभावले सुदूरपश्चिमका ठूला योजना प्रभावित

महेन्द्रनगर (कञ्चनपुर) २९ वैशाख । कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन पक्की पुल र पहुँचमार्गको काम ९५ प्रतिशत सकिएको छ । पुलसँगै पोखरी निर्माणअन्तर्गत तटबन्ध बनाउन महाकाली पुल योजना कार्यालयले ‘भेरिएसन अर्डर’ फाइल सडक विभागमा पेस गरेको छ । ‘साइट’मा निर्माण व्यवसायीले काम गरिरहे पनि काम गरेबापत योजना कार्यालयले भुक्तानी दिन सकेको छैन । रु तीन अर्ब ६६ करोडभन्दा बढी लगानीमा निर्माणको अन्तिम चरणमा पुगेको महाकाली पक्की पुल सुदूरपश्चिम प्रदेशको ठूलो योजना हो । तर पछिल्लो समय ‘भेरिएसन अर्डर’ मन्त्री परिषद्को निर्णयले… पुरा पढौ

एलडिसी स्तरोन्नति असर: निर्यात र समग्र आर्थिक वृद्धिदरमा गिरावट

काठमाडौं, २९ वैशाख । नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा विभिन्न क्षेत्रमा पर्नसक्ने सम्भावित असर र त्यसको न्यूनीकरणका लागि अबलम्बन गरिनुपर्ने योजनासहित सरकारले ‘नेपालको अतिकम विकसित मुलुकबाट स्तरोन्नति र सहज सङ्क्रमणकालीन रणनीति’ (नेपाल एलडिसी ग्राजुएसन स्मुट ट्रान्जिसन स्ट्राटेजी) ल्याइएको छ । राष्ट्रिय योजना आयोगले लामो समयको अध्ययनपछि यो रणनीति ल्याएको हो । ‘स्मुथ ट्रान्जिसन स्ट्राटेजी’ले मुख्यगरी स्तरोन्नतिका क्रममा विभिन्न क्षेत्रमा पर्ने असर न्यूनीकरण गर्ने र स्तरोन्नतिपछिको लाभ कसरी लिने भन्ने विषय समेटेको राष्ट्रिय योजना आयोगका प्रवक्ता यमलाल… पुरा पढौ

पहुँचका आधारमा बजेट विनियोजन हुनुहुँदैनः सांसद शर्मा

काठमाडौं, २८ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमुखी हुनुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा दलीय आधारमा बोल्दै उनले बजेट पहुँचका आधारमा नभई आवश्यकतालाई हेरेर विनियोजन हुनुपर्ने बताए । “विगतमा पहुँचका आधारमा बजेट विनियोजन हुन्छ भन्ने धारणा छ, आगामी आवको बजेटमा त्यस्तो संकेत नदेखियोस्”, सांसद शर्माले भने, “कार्यान्वयनमुखी आयोजनालाई प्राथमिकता दिनुपर्छ । राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्नेगरी बजेट बनाइनुपर्छ । राष्ट्रिय तथा क्षेत्रगत नीतिसँग पनि सम्बन्धित भएकाले बजेट पहुँच… पुरा पढौ

माउन्टेन इनर्जीकाे नाफामा १७.३५ प्रतिशतले बृद्धि

काठमाडाैं, २८ वैशाख । माउन्टेन इनर्जीले चालु आर्थिक वर्षमा नाफा कमाउन सफल भएकाे छ । कम्पनीकाे सार्वजिनक भएकाे तेस्रो त्रैमाससम्मकाे वित्तीय विवरण अनुसार कम्पनीकाे नाफामा १७.३५ प्रतिशतले बृद्धि भएकाे छ । चालु आर्थिक वर्षमा कम्पनीले रूपैयाँ ३० करोड ९१ लाख खुद नाफा गरेकाे छ । यस्ताे नाफा गएकाे वर्षको तेस्रो त्रैमाससम्म रूपैयाँ २६ करोड ३४ लाख रहेकाे थियाे । जाे गएकाे वर्षकोभन्दा १७.३५ प्रतिशतले बढी हो । कम्पनीका अनुसार विद्युत बिक्रीबाट हुने आम्दानी बढेकाे छ । साे अवधिमा खर्चमा कटाैती… पुरा पढौ

प्रभु इन्स्याेरेन्सकाे नाफामा बृद्धि, इपीएस कति ?

काठमाडाैं, २८ वैशाख । प्रभु इन्स्याेरेन्सकाे नाफामा बृद्धि भएकाे छ । इन्स्याेरेन्सकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मकाे वित्तीय विवरण अनुसार कम्पनीकाे नाफामा २३७.१८ प्रतिशतले बृद्धि भएकाे छ । कम्पनीले यस आर्थिक वर्ष रूपैयाँ ३९ करोड १४ लाख खुद नाफा गरेकाे छ । गत आर्थिक वर्षको साेहि अवधिमा कम्पनीकाे नाफा रूपैयाँ ११ करोड ६१ लाख रहेकाे थियाे । याे नाफा २३७.१८ प्रतिशतले बढेकाे हो। इन्स्योरेन्सको नाफा बढ्नुमा लगानी र कर्जा सापट आम्दानी तथा खुद बिमा शुल्क आम्दानी बढेकाे कारण… पुरा पढौ