आर्थिक 📈

आज सुनको भाउ स्थिर, चाँदीमा गिरावट

काठमाडौं, २३ वैशाख । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउमा रुपैयाँ ५ ले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ स्थिर रहि तोलाको १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेकाे छ । यसअघि शुक्रबार पनि छापावाल सुन तोलाको १ लाख ३५ हजार ४ सय रुपैयाँमा नै कारोबार भएको थियो । तेजाबी सुनको भाउ पनि स्थिर रहेर तोलाको १ लाख ३४ हजार… पुरा पढौ

सुपर मादी हाइड्रोपावरको नाफामा आकर्षक बृद्धि

काठमाडौं, २३ वैशाख । सुपर मादी हाइड्रोपावरको खुद नाफामा बृद्धि भएकाे छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीकाे नाफामा आकर्षक बृद्धि भएकाे सार्वजनिक भएकाे वित्तीय विवरणमा जनाइएकाे छ । आइपुग्दा सुपर मादी हाइड्रोपावरको खुद नाफा रूपैयाँ ९ करोड २ लाख ४१ हजार पुगेकाे छ । गएकाे वर्ष कम्पनीमा रूपैयाँ १ करोड ७ लाख ६० हजार घाटा भएकाे थियाे । यसपटक विद्युत् बिक्रीकाे आम्दानी बढेपछि खुद नाफा आकर्षक देखिएकाे छ । कम्पनीकाे १ वर्षकाे विद्युत् बिक्रीाके आम्दानी ७०१६.७३ प्रतिशतले बढेकाे… पुरा पढौ

यस कारण पाँचथर पावरलाई रू १२ करोड ५ लाख घाटा

काठमाडाैं, २३ वैशाख । पाँचथर पावर कम्पनी लिमिटेडले यसपटक घाटा व्यहाेरेकाे छ। कम्पनीकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार उक्त अवधिमा कम्पनीलाई घाटा भएकाे हाे। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीई रूपैयाँ १२ करोड ५ लाख रुपैयाँ नोक्सानी भएकाे छ। गएकाे वर्षको सोही अवधिसमा कम्पनीले रूपैयाँ ८ करोड ६० लाख खुद नाफा गरेकाे थियो। कम्पनीका अनुसार गएकाे असारमा बाढीले आयोजनामा क्षति गरेपछि आयोजना बन्द रहेको थियाे । हाल आयोजनाको मर्मतकाे काम भइरहेकाे छ । यसकाे कारण… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको भाउ

काठमाडौं, २३ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ १८ पैसा र बिक्रिदर १ सय ३३ रुपैयाँ ७८ पैसा रहेको छ । यूरो १ को खरिददर… पुरा पढौ

मौरीपालनका निम्ति अनुदान बढाउन किसानको माग

नवलपुर (नवलपरासी), २३ वैशाख । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरका किसानले जिल्लामा मौरीपालनका निम्ति उपयुक्त वातावरण भए तापनि सरकारी निकायले ध्यान नदिँदा पछाडि परेको गुनासो गरेका छन् । तीन तहकै सरकारबाट मौरीपालक किसानलाई प्रोत्साहन नहुँदा आफूहरू मर्कामा परेको उनीहरूको गुनासो छ । गैँडाकोट नगरपालिकामा सञ्चालित आधारभूत मौरीपालन तालिममा सहभागी किसानले मौरीपालन व्यवसायमा तीन तहकै सरकारले दिने अनुदान बढाउनुपर्ने माग गरेका छन् । तालिममा सहभागी प्रदीप सापकोटाले घरायसी प्रयोजनका लागि मात्र मौरीपालन गर्दै आएको भन्दै तालिमका कारण मौरीपालनलाई व्यावसायिक रूपमा अगाडि बढाउने प्रेरणा… पुरा पढौ

६ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ, २३ वैशाख । व्यास नगरपालिका–१ र २ जोड्नेगरी कराङकाठ–बसपार्क जाने बुल्दीखोलामा सवारीसाधन सञ्चालन गर्न मिल्नेगरी पुल निर्माण सुरु भएको छ । व्यास नगरपालिकाको समपूरक योजनाअन्तर्गत रु छ करोड ११ लाख तीन सय २४ को लागतमा निर्माण सुरु भएको हो । पुल २५ मिटर लम्बाइ र आठ दशमलव ४० मिटर चौडाइको हुनेछ । निर्माणमा करिब २० प्रतिशत भौतिक प्रगति भएको छ । व्यास नगरपालिका–२ क्षेत्रतर्फ पिलर निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पुल बनेपछि आवागमन सहज हुनुका साथै खोला… पुरा पढौ

पाहुनालाई कोशेली ताराखोलाको भुटेको सिरिम्ले मकै

बागलुङ, २२ वैशाख । लेकाली चोयाले बुनेको चिटिक्कको डाली । डालीभरि भुटेको सिरिम्ले मकै । मकै पनि जिल्लाको ताराखोलाका । शनिबार आयोजित एक समारोहका अतिथिलाई उपहारस्वरुप टक्र्याइएका बागलुङका रैथाने उत्पादन हुन् यी । स्थानीय उत्पादनको प्रवर्द्धन हेतु बागलुङ उद्योग वाणिज्य सङ्घले ‘मायाको चिनो’ अर्थात् कोशेलीका रूपमा अतिथिलाई डाली र मकै प्रदान गरेको हो । सङ्घको ६०औँ वार्षिक साधारणसभा समारोहका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत अतिथिले खुसी र श्रद्धापूर्वक बागलुङको स्थानीय उत्पादनलाई उपहारका रूपमा ग्रहण गरे ।… पुरा पढौ

‘स्वास्थ्य सेवा सुनिश्चितताका लागि स्वास्थ्य बीमा अपरिहार्य’

काठमाडौं, २२ वैशाख । स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्या समाधान गर्दै यसलाई थप सशक्त रूपमा अगाडि बढाइनुपर्नेमा जोड दिइएको छ । माक्र्सवादी ज्ञान केन्द्रद्वारा आज ‘भर्चुअल’ रूपमा आयोजित ‘स्वास्थ्य बीमा कार्यक्रमः अवधारणा, चुनौती र अबको बाटो’ विषयक अन्तक्र्रियामा सहभागीहरूले समाजवादी मोडेलमा आधारित रहेको हुनाले स्वास्थ्य बीमा कार्यक्रमको स्थायित्व अनिवार्य रहेको बताए। उनीहरुले सेवा उपभोग गर्ने क्रममा बीमितले दुःख पाएको अवस्था रहेकाले त्यसमा सुधारका लागि बीमा बोर्डले प्रविधिको प्रयोग बढाउनपर्नेमा जोड दिए। सहभागीले स्वास्थ्य बीमा कार्यक्रमलाई सबल बनाउन बीमित गराउने नीतिमा… पुरा पढौ

आगामी आवको बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित हुने : प्रधानमन्त्री दाहाल

काठमाडौं, २२ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित हुने बताएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको दशौँ पूर्ण बैठकमा उनले विगतका नीति तथा कार्यक्रम र बजेटबाट शिक्षा लिँदै आगामी आवको नीति कार्यक्रम र बजेटलाई अघि बढाइने बताए। “उत्पीडित, गरिबलाई कसरी उकास्न सक्छौँ, सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रित गरेर नीति तथा कार्यक्रम र बजेट ल्याइनेछ”, प्रधानमन्त्री दाहालको भनाइ उदृत गर्दै माओवादीका मुख्य… पुरा पढौ

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार

काठमाडौं, २२ वैशाख । ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले लामो समयदेखि कर तिर्न आलटाल गरेपछि काठमाडौँ महानगरपालिकाले ३५ दिनभित्र बुझाइसक्न पत्राचार गरेको छ । आरबी कम्प्लेक्सले अहिलेसम्मकै बहाल र सम्पत्ति कर तिरेको छैन । ‘पिपुल्स प्लाजा’ ले विगत तीन वर्षदेखि बहाल र सम्पत्ति कर नतिरेको कामपाको राजस्व विभागले जनाएको छ । कामपा राजस्व विभागका प्रमुख धु्रव काफ्लेका अनुसार लामो समयसम्म कर नतिरेपनि कामपाले ३५ दिनभित्र सबै बक्यौता रकम चुक्ता गर्न पत्राचार गरेको हो । यस विषयमा कामपाले केही दिनअघि… पुरा पढौ