आर्थिक 📈

राजस्वको दुरुपयोग रोक्नुपर्छ : सांसद साह

काठमाडौं, २२ वैशाख । आम जनता पार्टी पार्टीले राजस्व छल्नेविरुद्ध नौ महिनादेखि ‘राजस्व उठाउँ, देशलाई बुझाउँ’ अभियान सञ्चालन गर्दै आएको छ । उक्त पार्टीले राजस्वको दुरुपयोग तथा सीमा क्षेत्रका जनताले ल्याएका दैनिक उपभोग्य सामान जफत नगर्न भन्सार विभागदेखि प्रधानमन्त्री कार्यालयसम्मका कर्मचारीको ध्यानाकर्षण गराइरहेको छ । पार्टी अध्यक्ष एवं सांसद प्रभु साहले मुलुक सञ्चालनको प्रमुख आम्दानीको स्रोत भन्सार राजस्व देशको समृद्धिका लागि सदुपयोग होस् भनी पार्टीले निरन्तर खबरदारी गर्दै आएको बताए। उनले भने, “देश विकासका लागि राजस्वको ठूलो योगदान छ ।… पुरा पढौ

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने

काठमाडौं, २१ वैशाख । नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति गर्ने भएको छ । शेयर प्रत्याभूति गर्नेसम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र पाल्पा सिमेन्टको तर्फबाट कार्यकारी निर्देशक विष्णुकुमार अग्रवालले आज हस्ताक्षर गरेका छन । पाल्पा सिमेन्टको प्रति कित्ता १ सय अङ्कित ७५ लाख कित्ता बराबर हुन आउने ७५ करोडको शेयर कोषले प्रत्याभूति गर्नेछ । सम्झौता कार्यक्रममा कोषका कामु नायब कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी, हेमन्त पोखरेल एवं विभागीय प्रमुख र सिमेन्ट इण्डस्ट्रिजका उच्च व्यवस्थापक सहभागी थिए… पुरा पढौ

नेप्सेमा सामान्य अंकको गिरावट, ४ अर्बको कारोबार

काठमाडाैं, २० बैशाख । साताको अन्तिम कारोबारकाे दिन आज नेपाल स्टक एक्सचेञ्चमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.३६ प्रतिशत अर्थात ७.३१ अंकले घटेर १ हजार ९९८.९६ विन्दुमा पुगेको हाे । यसैगरी सेन्सेटिभ इन्डेक्स पनि ०.४१ प्रतिशतले घटेर ३५६.०५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा कम्पनीको ९४ लाख ९८ हजार २९८ कित्ता सेयर ४ अर्ब १३ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ । काराेबारमा सामान्य गिरावट आउँदा पनि ४ अर्बमाथिको… पुरा पढौ

गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढ्यो

मन्थली (रामेछाप), २० वैशाख । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ । हिजोआज गर्मी बढिरहेको बेला रामेछापमा भने जुनारबाट उत्पादन गरिएको स्क्वास पर्याप्त बिक्री हुने गरेको हो । विभिन्न होटल तथा पसल एवं काजभोमा यस बेला जुनारको स्क्वासलाई जुस बनाएर खानेको सङ्ख्या पनि बढेको छ । विशेष गरी काठमाडौँ र तराईका विभिन्न जिल्लामा कोसेलीका रुपमा लैजानका लागि बढी बिक्री हुने गरेको यो स्क्वास दैनिक जिल्लामा भएका दुईवटा उद्योगबाट गरी झण्डै करिब साढे तीन लाखको हाराहारीमा बिक्री हुने गरेको… पुरा पढौ

लाभांश पारित गर्न सूर्यज्योति लाइफले डाक्याे एजिएम

काठमाडौं, २० वैशाख । लाभांश अनुमाेलन गर्नका लागि सूर्यज्योति लाइफ इन्स्याेरेन्सको शुक्रबार साधारण सभा बाेलाएकाे छ । सभाबाट गत आर्थिक वर्षको नाफाबाट १०.२६ प्रतिशत बोनस सेयर तथा २४.७४ प्रतिशतसहित ३५ प्रतिशत लाभांश अनुमाेदन गरिने भएकाे छ । सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन, आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाब, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका छलफल गरी पारित गरिने भएकाे छ ।  साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ वैशाख ७ गते बुक क्लोज गरिएको… पुरा पढौ

नेपाल फाइनान्सले अवितरित हकप्रद सेयर बिक्री गर्दै

काठमाडाैं, २० वैशाख । नेपाल फाइनान्सले अवितरित हकप्रद सेयरकाे लिलाम बिक्री गर्दैछ । फाइनान्सका अनुसार संस्थापक समूहको १० लाख ९४ लाख ४७.१८७ कित्ता हकप्रद सेयर लिलाम बढाबढबाट बिक्री गर्ने भएकाे हाे । सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले बैशाख २० गते आजदेखि जेठ ३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । सेयरमा लगानी गर्न चाहने लगानिकर्ता व्यक्ति, कम्पनी र संस्थाहरुले तोकिएको अवधिमा बोलपत्र बुझाउनु पर्नेछ । न्यूनतम मूल्य १०० रुपैयाँ रहेकाे छ। लगानीकर्ताले याेभन्दा बढी मूल्य राखेर बोलकबोल पेश गर्नुपर्नेछ। घटीमा… पुरा पढौ

अमेरिकी डलरको भाउ स्थिर, यूरोसहित अन्यको घट्यो

काठमाडौं, २० वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोसहित अन्यको भाउ भने घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ १९ पैसा… पुरा पढौ

अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग

काभ्रेपलाञ्चोक, २० वैशाख । जिल्लाको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ । उक्त गाउँका १५ परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिमार्फत विभिन्न सङ्घसंस्थाबाट उपलब्ध राहत सामग्री वितरण गरिएको हो । समितिले गाउँपालिका कार्यालय, नेपाल रेडक्रस सोसाइटी र उद्योग वाणिज्य सङ्घद्वारा उपलब्ध राहत सामग्री वितरण गरेको हो । गाउँ नजिकको सामुदायिक वनमा लागेको डढेलो हुरीबतासका कारण बस्तीमा फैलिएपछि सानोपोटा गाउँका १५ घर जलेका थिए । गाउँपालिकाले प्रतिपरिवार दुई बोरा चामल, त्रिपाल, नुन, तेल र दाल, रेडक्रसले भाडाकुँडा,… पुरा पढौ

मेरो माइक्रोफाइनान्सकाे नाफा बढ्याे, इपीएस कति ?

काठमाडाैं २० वैशाख । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाकाे नाफामा बृद्धि भएकाे छ । संस्थाद्वारा प्रकाशित चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार खुद नाफा गएकाे वर्षको सोही अवधिको भन्दा बढेको हाे। संस्थाले यस आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा १२ करोड ३८ लाख खुद नाफा गरेकाे छ। यस्ताे नाफा गएकाे वर्षकोभन्दा ८४६.३० प्रतिशतले बढी हो। गएकाे वर्ष सोही अवधिको नाफा रूपैयाँ १ करोड ३० लाख थियो। संस्थाकाे खुद ब्याज आम्दानी १५.५५ प्रतिशतले बढेकाे छ । खुद फि तथा कमिशन आम्दानी… पुरा पढौ

चालु आर्थिक वर्षकाे अन्त्यसम्म साढे ४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नेछाैं : अर्थमन्त्री पुन

काठमाडौं, २० वैशाख । अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र शिथिलताबाट बाहिर आउन थालेको बताएका छन । ‘दिगो विकासका लागि वित्त नीति’ विषयक कार्यशालालाई सम्बोधन गर्नुहुदै पुनले अर्थतन्त्रमा सकारात्मक सङ्केत देखा परेको र चालु आर्थिक वर्षमा नेपालले साढे ४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने विश्वास व्यक्त गरेका छन । चालु आवको बजेटमार्फत सरकारले ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर, राष्ट्रिय तथ्याङ्क कार्यालयले मङ्गलबार चालु आव २०८०-८१ को वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै ३ दशमलव… पुरा पढौ