आर्थिक 📈

महिलाको लगानीमा ‘मातृशक्ति’ सरफ उद्योग सञ्चालन

तनहुँ, २४ वैशाख । तनहुँको भीमाद नगरपालिका–६ का ३६ जना महिलाले सामूहिकरुपमा सरफ उद्योग सञ्चालन गरेका छन् । भीमादको मातृशिशु कल्याण आमासमूहमा आबद्ध महिलाले ‘मातृशक्ति’ नामको सरफ उद्योग सञ्चालन गरेर उदाहरण प्रस्तुत गरेका हुन् । महिलाले सामूहिकरुपमा सरफ उद्योग सञ्चालन गरेसँगै आत्मनिर्भरतर्फउन्मुख हुँदै गएको समूहका अध्यक्ष हरिमाया पौडेलले बताइन्। रु २५ हजारका दरले लगानी गरेर उद्योग सञ्चालन गरिएको उनले जानकारी दिइन् । “सुरुमा करिब रु २५ लाख लगानी भएको यस उद्योगमा नगरपालिकाले ७० प्रतिशत लगानी गरेको छ”, अध्यक्ष पौडेलले भनिन्,… पुरा पढौ

नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई आग्रह

काठमाडौं, २४ वैशाख । नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई सहुलियतापूर्ण सहायता उपलब्ध गराउन अपिल गरेको छ । जर्जियाको राजधानी त्बिलिसीमा आयोजित एसियाली विकास बैंक (एडिबी) को बोर्ड अफ गभर्नरको ५७औँ वार्षिक बैठकलाई सम्बोधन गर्दै अर्थसचिव मधुकुमार मरासिनीले कोभिड–१९ महामारीका कारण शिथिल बनेको अर्थतन्त्र र विकासका आकाङ्क्षा सम्बोधन गर्न ठूलो पुँजी परिचालन गर्नुपर्ने भएकाले सहुलियतपूर्ण सहायता उपलब्ध गराउन आग्रह गरे । नेपाल हरित, उत्थानशील र समावेशी विकास (ग्रीड)को अवधारणामा अघि बढेको भन्दै वित्तीय र प्राविधिक सहयोग बढाउन एसियाली विकास… पुरा पढौ

आज सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २४ वैशाख । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ २ सय तथा चाँदीमा रुपैयाँ २० ले बढेको जनाएको छ । छापावाल सुनमा रुपैयाँ २ सयले बढेर तोलाको १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ २ सयले बढेर तोलाको… पुरा पढौ

मिथिला लघुवित्तकाे नाफा र इपीएस दुबैमा बृद्धि

काठमाडाैं, २४ वैशाख । मिथिला लघुवित्त वित्तीय संस्थाकाे यस आर्थिक वर्षमा खुद नाफामा बृद्धि भएको छ । लघुवित्तकाे सार्वजनिक भएकाे तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा बढेकाे छ । साथै प्रतिशेयर आम्दानी पनि अघिल्लाे वर्षकाेभन्दा बढेकाे छ । याे वर्ष चैत मसान्तसम्ममा रूपैयाँ ३ करोड रुपैयाँ खुद नाफा गरेकाे छ। यो नाफा गएकाे वर्षको सोही अवधिकोभन्दा ४१.५१ प्रतिशतले बढी भएकाे छ । गएकाे वर्ष सोही अवधिमा नाफा रूपैयाँ २ करोड १२ लाख थियो। संस्थाकाे खुद ब्याज आम्दानी बढेको छ… पुरा पढौ

आज अमेरिकी डलरको भाउ स्थिर, यूरो घट्यो

काठमाडौं, २४ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ बढेको छ । यूरोसहित अन्यको भाउ पनि बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ १८ पैसा र… पुरा पढौ

सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दियाैं: अर्थमन्त्री पुन

काठमाडौं, २३ वैशाख । अर्थमन्त्री वर्षमान पुनले सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिन सफल भएको बताएका छन्। राजस्व परामर्श समिति र निजी क्षेत्रका छाता सङ्गठनहरुबीच आगामी आर्थिक वर्षको बजेटबारे आज अर्थ मन्त्रालयमा भएको अन्तरक्रियामा अर्थमन्त्री पुनले निजी क्षेत्रका लागि सहज व्यावसायिक वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए । लगानी अनुकूल वातावरण निर्माणका लागि अध्यादेशमार्फत विभिन्न आठवटा कानुनमा गरिएको सुधार तथा तेस्रो लगानी सम्मेलनमा निजी क्षेत्रको सक्रिय सहभागिताले सरकार निजी क्षेत्रमैत्री रहेको पुष्टि भइसकेको अर्थमन्त्री पुनले जिकिर गरे। उनले अर्थतन्त्रमा विद्यमान… पुरा पढौ

नेप्सेमा २४.५८ अंकको गिरावट, पौने ४ अर्बको कारोबार

काठमाडौं, २३ वैशाख । साताको सेयर कारोबार हुने पहिलो दिन आईतार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २४.५८ अंकले घटेर १९७४.३७ विन्दुमा झरेको छ । नेप्सेमा १.२३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इन्डेक्स ४.८६ अंकले घटेर ३५१.१८ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये २ वटामा मात्रै हरियो लागेको छ । बाँकी ११ वटा उपसमूहहरु राताम्मै भएका छन् । यसदिन कुल ३१६ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ९७ लाख ६२ हजार… पुरा पढौ

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी

खजुरा (बाँके), २३ वैशाख । जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगञ्जबाट नौ महिनामा रु ७० करोडभन्दा बढी मूल्यको जडिबुटी निकासी भएको छ । विभिन्न समस्या र अवरोधका बावजुद चालु आवको साउनदेखि चैतसम्म नौ महिनाको अवधिमा रु ७० करोडको जडिबुटी निकासी भएको नेपाल जडिबुटी व्यवसायी सङ्घले जनाएको छ । जडिबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्कप्रसाद शर्माका अनुसार निकासीमा आन्तरिक तथा बाह्य क्षेत्रबाट झेल्नुपरेको कठिनाइका कारण व्यवसायीले नौ महिनामा रु ७० करोडको जडिबुटी निकासी गर्न सफल भएका छन् । नेपाली जडिबुटीप्रति भारतको… पुरा पढौ

यी कारणले घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’

काठमाडौं, २३ वैशाख । अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरु सकारात्मक देखिएको भए पनि अझै व्यावसायिक वातावरण निर्माण हुन भने सकिरहेको छैन । समग्र अर्थतन्त्रको असर घरजग्गा कारोबारमा पनि उत्तिकै देखिएको छ । केही सुधारका सकेङ्तहरु देखिए पनि घरजग्गामा आशातित उपलब्धि हासिल हुन सकिरहेको छैन । भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्याङ्कले सूचकहरु सकारात्मक हुँदाहुँदै पनि घरजग्गा कारोबार पहिलेकै अवस्थामा आउन नसकेको देखाउँछ । स्वयं व्यवसायीहरु पनि कारोबार माथि उठ्न नसकेको दाबी गर्छन् । झण्डै साँढे तीन खर्ब कूल पुँजी रहेको… पुरा पढौ

खोर्लाबेंसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन

गोरखा, २३ वैशाख । गोरखाका लक्ष्मण गुरुङलाई अचेल रेन्बो ट्राउट माछाको माग धान्नै मुस्किल छ । विसं २०६७ देखि धार्चे गाउँपालिका–३ खोर्लाबेँसीमा ‘धार्चे रेन्बो ट्राउट एण्ड अग्र्यानिक होम’ माछा फार्म सञ्चालन गरिरहेका उनलाई व्यवसाय सुरूगर्दा उत्पादित माछाको बजारका विषयमा केही चिन्ता थियो । माछा उत्पादन सुरूभएपछि भने व्यवसाय सुरू गर्नुभन्दा अगाडिको जस्तो चिन्ता कहिल्यै गर्नुनपरेको उनले बताए। तल्लो मनास्लु पदमार्गमा पर्ने खोर्लाबेँसीमा पदमार्गसँगै जोडिएर रहेको अग्र्यानिक माछा फार्ममा एक वर्षमा कम्तीमा २० क्विन्टल रेन्वो ट्राउट माछा उत्पादन हुने गर्दछ तर… पुरा पढौ