आर्थिक 📈

सुन तोलामा रु ६ सयले घट्यो, चाँदीको बढ्यो

काठमाडौं, ६ वैशाख । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउमा तलमाथि भएको छ । सुनमा रुपैयाँ ६ सयले गिरावट भएको छ भने चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ६ सयले घटेर तोलाको १ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ६… पुरा पढौ

प्रि ओपन सेसन : नेप्सेमा झिनाे अंककाे बृद्धि

काठमाडाैं, ६ वैशाख । साताको सेयर काराेबार हुने पाँचाै तथा अन्तिम दिन बिहिबार नेप्सेकाे प्रि ओपन सेसनमामा सकारात्मक माहाेल बनेकाे छ । यस सेसनमा नेप्से परिसूचक झिनाे अंकले बढेको छ। अघिल्लो कारोबार भएकाे दिन मंगलबार नेप्सेमा १४.८१ अंकले गिरावट भएर १९९१.७१ विन्दुमा झरेकाे थियाे । आज प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.६५ अंक बढेर १९९२.३७ विन्दुमा उक्लिएकाे छ। याे सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०६ अंक बढेको छ। यसदिन प्रि ओपन सेसनमा १० वटा कम्पनीहरूकाे सेयर काराेबार भएकाे छ । उनीहरूकाे रूपैयाँ… पुरा पढौ

‘जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई क्षतिपूर्ति दिनुपर्छ’: अर्थमन्त्री पुन

काठमाडौं, ६ वैशाख । अर्थमन्त्री वर्षमान पुनले नेपालजस्ता जलवायु परिवर्तनका प्रभावको जोखिममा रहेका देशलाई विकसित राष्ट्रले क्षतिपूर्ति दिनुपर्ने बताएका छन्। जलवायु परिवर्तनका प्रभावको जोखिममा रहेका मुलुकहरुको समूह (भी–२०) का अर्थमन्त्रीहरुको बुधबार वासिङ्टनमा भएको बैठकमा उनले नेपालजस्ता हिमाली देशलाई जैविक विविधता संरक्षणका निम्ति अनुकूलन कोषबाट सहयोग हुनुपर्ने बताए । अर्थमन्त्रीले जलवायु परिवर्तनका प्रभावको जोखिम घटाउन तथा त्यसबाट भएको क्षति परिपूर्ति गर्न अनुकूलन कोष, विकसित राष्ट्र र अन्य अन्तर्राष्ट्रिय निकायले नेपाललगायत जलवायु परिवर्तनमा कुनै योगदान नगरेका देशलाई क्षतिपूर्ति दिनुपर्नेमा जोड दिएको वासिङ्टनस्थित… पुरा पढौ

अमेरिकी डलरको भाउ स्थिर, यूरो बढ्यो, अन्यको कति ?

काठमाडौं, ६ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन पनि अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ३६ पैसा र… पुरा पढौ

अर्थमन्त्री पुन र विश्व बैंकका उपाध्यक्षबीच भेटवार्ता

काठमाडौँ, ५ वैशाख । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र ग्वाङ्झे चेनसँग भेटवार्ता गरेका छन् । आकिहिको निसिओ विश्व बैंकका विकास वित्त (डीएफआई) परिचालन र ग्वाङ्झे चेन पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष हुन्। दुवै उपाध्यक्षसँग मन्त्री पुनले वासिङटन डिसीस्थित विश्व बैंक मुख्यालयमा गएराति भेटवार्ता गरेको उनको सचिवालयले जनाएको छ । अमेरिकी अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)का उपाध्यक्ष रिकार्डो पुलिटीसँग अर्थमन्त्री पुनले भेटवार्ता गरेका थिए । सो अवसरमा अर्थमन्त्री पुनले विश्व बैंकका उपाध्यक्ष आकिहिको निसिओसँग आगामी जुनमा काठमाडौँमा विश्व बैंक… पुरा पढौ

जेएमई र मनिग्राम इन्टरनेशनलबीच साझेदारी सम्झौता

काठमाडौं, ५ वैशाख । जापानस्थित जापान मनी एक्सप्रेस कम्पनी लिमिटेड (जेएमई) र मनिग्राम इन्टरनेश्नल (आइएनसी)बीच विश्वका विभिन्न देशमा रहेका समुदाय, परिवार तथा व्यक्तिहरुलाई अन्तरदेशीय विप्रेषण सञ्जालमा जोड्ने गरी साझेदारी सम्झौता भएको छ । सम्झौताअनुसार जापान मनी एक्सप्रेसले आफ्नो पहुँच बिस्तार गरी ग्राहक सदस्यलाई जापानबाट विश्वका विभिन्न देशमा पैसा पठाउन सहजता प्रदान गरेको जेएईका अध्यक्ष ओम गुरुङले बताए । जापान मनी एक्सप्रेसले आफ्ना ग्राहक सदस्यलाई जेएमई मोबाइल एप रजिष्ट्रर गरी सोबाटै आफैँले पैसा पठाउन सकिने व्यवस्था मिलाएको छ । आफूले पठाउने… पुरा पढौ

बुधबार सुनको भाउ स्थिर, चाँदीमा गिरावट

काठमाडौं, ५ वैशाख । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउमा गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावालको सुनको भाउ स्थिर रहेर कारोबार भईरहेको जनाएकाे छ । चाँदीमा रुपैयाँ ३५ ले घटेको छ । यसदिन छापावाल सुनको भाउ स्थिर रहेर तोलाको १ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार पनि छापावाल सुन तोलाको १ लाख ३९ हजार २ सय रुपैयाँमा नै कारोबार भएको… पुरा पढौ

हस्तकलाबाट मनग्य आम्दानी गर्दै दाङका महिला

घोराही (दाङ), ५ वैशाख । दाङका महिला विभिन्न पेसा व्यवसायमा सरिक भएर मनग्य आम्दानी गर्दै आएका छन् । विशेष गरी हस्तकलाका विभिन्न सामग्री सामग्री बनाएर उनीहरू आकर्षक आम्दानी गर्न सफल भएका हुन् । हस्तकलाका सामग्री उत्पादनका माध्यमबाट आयआर्जनका गतिविधिमा जोडिएपछि घर चलाउन सहजतासँगै बचतसमेत गर्ने गरेको लमही नगरपालिका–५ निवासी सरिता चौधरी बताउछिन् । हस्तकलासम्बन्धी मेरी हस्तकला उद्योग स्थापना गरेर व्यवसाय गर्दै आएकी चौधरीले कला, संस्कृतिको संरक्षणसँगै आफूजस्ता महिलाका लागि आम्दानीको स्रोत बनेको बताइन्। हस्ताकलाका सामग्री उत्पादन गरेर आम्दानी गर्दै आएकी… पुरा पढौ

अमेरिकी डलरको भाउ बढ्दै, यूरो घट्यो

काठमाडौं, ५ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन पनि अमेरिकी डलरको भाउ बढेको छ । यूरोसहित अन्य केहिको भाउ घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ३६ पैसा… पुरा पढौ

आज सार्वजनिक बिदा : सेयर बजारकाे काराेबार नहुने

काठमाडौं, ५ वैशाख । आज राम नवमी पर्व मनाइदैछ । सरकारले राम नवमीकाे अवसर सार्वजनिक बिदा दिएकाे छ । बिदाकाे कारण सेयर बजारकाे काराेबार बन्द हुने भएको छ । यस बिदामा सरकारी कार्यालय, सेयर बजार-तथा बैंक–वित्तीय संस्थाहरूकाे काराेबार बन्द हुने भएका छन् । अब सेयर बजार, बैंक तथा वित्तीय संस्थाकाे काराेबार वैशाख ६ गते हुनेछ ।  मंगलबार नेप्से परिसूचक १४.८१ अंकले घटेर १९९१.७१ विन्दुमा झरेकाे थियाे । २ अर्ब १० करोड बढीकाे सेयर कारोबार भएको थियो । पुरा पढौ