आर्थिक 📈

नेपाल एसबिआई बैंकका ग्राहकले न्युरो कार्डियाे एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा छुट पाउने

काठमाडाैं, २५ चैत। नेपाल एसबिआई बैंक लिमिटेड र न्युरो कार्डियाे एण्ड मल्टिस्पेसियालिटी हस्पिटल बिराटनगर बिच स्वास्थ्य सेवामा छुट दिने बिषयमा सम्झौता भएको छ। एसबिआई बैंकका सम्पुर्ण भिसा डेविट कार्ड हाेल्डर तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी न्युरो अस्पतालमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरेर विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा बैंकका कोशी प्रदेश प्रमुख रबिन घिमिरे तथा अस्पतालका अपरेशन डाइरेक्टर राजेश भट्टराईले हस्ताक्षर गरेका छन। बैक तथा अस्पतालका कर्मचारीको उपस्थितिमा उक्त सम्झौता भएको… पुरा पढौ

सुनमा एकैदिन २९ सयले बृद्धि, चाँदीको पनि बढ्यो

काठमाडौं, २५ चेत । सुनचाँदीको भाउ आकाशिने क्रम रोकिएको छैन । अन्तराष्ट्रिय परिवेश अनुसार अझैं भाउ बढेर डेढ लासम्म पुग्ने आकलन गरिएको छ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेर नयाँ उचाई कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन तोलामा रुपैया २९ सयले र चाँदीमा रुपैयाँ ५५ ले बृद्धि भएको हो । छापावाल सुनमा रुपैयाँ २९ सयले बढेर तोलाको १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ… पुरा पढौ

दूध र गोबर बेचेर मासिक एक लाख ५० हजार

गोदावरी (कैलाली), २५ चैत । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक रु एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आएको छ । सामुदायिक रूपमा सञ्चालित गौशालाले दूध र गोबरबाट आम्दानी उक्त रकम कमाएको हो । गौशालामा सात जनाले रोजगारी पनि पाएका छन् । विसं २०७५ वैशाखदेखि सञ्चालनमा आएको गौशालामा अहिले एक सय ११ गाई छन् । गौ संरक्षण सेवा समिति गठन गरेर छाडा छाडिएका गाई पाल्न सुरु गरिएको गौशाला सुदूरपश्चिम सरकार, धनगढी उपमहानगरपालिका र स्थानीय चन्दादाताबाट रकम सङ्कलन गरेर… पुरा पढौ

आज अमेरिकी डलर र यूरोलगायत अन्यको भाउ स्थिर

काठमाडौं, २५ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन पनि अमेरिकी डलरको भाउ स्थिर रहेको छ । साथै यूरोलगायत अन्य देशहरुको मुद्राको भाउ पनि स्थिर रहेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १… पुरा पढौ

डोटीमा प्याजखेतीप्रति किसानको बढ्दो आकर्षण

डोटी, २५ चैत । डोटीमा प्याजखेतीप्रति किसानको आकर्षण बढ्न थालेको छ । जिल्लाका विभिन्न स्थानका किसानले मा प्याजखेती गरिरहेका छन् । शिखर नगरपालिका–३ सालाखर्कस्थित तुलसीगण्यानीमा सोही ठाउँका सकराम महराले २० रोपनी जमिनमा प्याजखेती गरेका छन् । विसं २०६१ देखि कृषिकर्म गरिरहेका ६१ वर्षीय महराले गत वर्ष आठ रोपनीमा प्याजखेती गरेका थिए। कृषि ज्ञान केन्द्र डोटीबाट सिँचाइका लागि पाइप र बीउ पाएपछि यो वर्ष प्याजखेती विस्तार गरेको उनले बताए। बीस रोपनी जमिनमा विभिन्न चरणमा चार किलो प्याजको बीउ रोपिएको महराले बताए।… पुरा पढौ

ग्रीन डेभलपमेन्ट बैंकको २ आवको एजिएम एकैदिन

काठमाडौं, २५ चैत । लाभांशकाे प्रस्ताव पारित गर्नका लागि ग्रीन डेभलपमेन्ट बैंकको २ आर्थिक वर्षको साधारण सभा एकैदिन बस्ने बैंकले जनाएकाे छ । बैंकका अनुसार आर्थिक वर्ष २०७८–७९ र २०७९–८० को साधारण यही चैत्र २७ गते बस्नेछ । बैंककाे साधारण सभाबाट सेयरधनीहरूका लागि ३.८ प्रतिशत बोनस सेयरकाे प्रस्ताव अनुमाेदन गरिनेछ । साथै त्यसकाे कर प्रयोजनार्थ ०.२० प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित गरिनेछ ।  मेजेस्टिक लेक फ्रन्ट एन्ड सुइट पोखरामा चैत्र २७ गते पूर्वान्ह बजेबाठ शुरू हुने सभामा दुबै आर्थिक… पुरा पढौ

लाभांश पारित गर्न डिप्रोक्स लघुवित्तकाे एजिएम आज बस्दै

काठमाडौं, २५ चैत । लाभांश अनुमाेदन गर्न डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको साधारण सभा आज बस्दैछ । साधारण सभा पार्क सफारी रिसोर्ट सौराहा, चितवनमा बिहान १० बजे बाेलाइएकाे छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरिएकाे १० प्रतिशत बोनस सेयरकाे प्रस्ताव अनुमाेदन गरिनेछ । यस्तै करकाे प्रयाेजनका लागि ०.५२ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित गरिने भएकाे छ ।  सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह, वित्तीय अवस्थालगायतका एजेण्डाहरूमा छलफल गरिने पारित गरिनेछ । सभा प्रयोजनार्थ संस्थाले… पुरा पढौ

स्वदेशी उत्पादन उपभोग गर्नुपर्छ : मन्त्री भण्डारी

काठमाडौं, २४ चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुमा आधारित उत्पादन उपभोग गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय उद्यम विकास सहजकर्ता महासङ्घ नेपालको काठमाडौँमा आयोजित दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा आज उनले स्वदेशी वस्तुमा आधारित उत्पादनलाई सरकारले प्राथमिकता दिएको उल्लेख गर्दै नेपाली उत्पादन उपभोग गर्नुपर्नेमा जोड दिए । उनले स्वदेशी वस्तु उत्पादनमा सरकाले सहुलियत प्रदान गर्ने पनि बताए । विश्व बजारमा नेपाली उत्पादनको बजारीकरण गर्नुपर्नेमा जोड दिँदै उनले तीनै तहका सरकारको समन्वय जरुरी रहेको औंल्याए। मन्त्री भण्डारीले… पुरा पढौ

‘स्वास्थ्य बीमाको धारणा सरकारलाई बुझाउन सकिएन’

काठमाडौं, २४ चैत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्वास्थ्य बीमाको अवधारणा सरकारलाई बुझाउन नसकिएको बताएका छन । परिवर्तन नेपाल अभियानले आज आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा उनले विसं २०७३ मा तयार पारिएको स्वास्थ्य बीमा कार्यक्रमको अवधारणा आम नागरिक र सरकारलाई बुझाउन नसकिएको बताएका हुन । “स्वास्थ्य बीमाको कार्यक्रम सरकार र आम जनतालाई बुझाउन नसक्दा उपचारकै निमित्त आम नागरिक घरबारविहीन हुने अवस्था सिर्जना भएको छ, विदेशमा दुःख गरेर कमाएको रकम घरपरिवारको स्वास्थ्योपचारमा खर्च गर्नुपर्ने अवस्था आएको छ”, उनले भने।… पुरा पढौ

औद्योगिक क्षेत्रको विकासबिना मुलुकले गति लिदैन : मन्त्री भण्डारी

वीरगञ्ज(पर्सा), २४ चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा औद्योगिक क्षेत्रको विकासबिना मुलुकले गति प्राप्त गर्न नसक्ने बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले आज औद्योगिक नगरी वीरगञ्जमा ‘वीरगञ्जको वाणी’ बहसमूलक कार्यक्रमअन्र्तगतको ‘उद्योग र व्यापार खोइ पूर्वाधार’ भन्ने सत्रमा मन्त्री भण्डारीले वीरगञ्जको औद्योगिक क्षेत्रका रुपमा अपेक्षाकृत ढङ्गले विकास हुन नसकेको बताए । “वीरगञ्ज सहरले हिजो पनि औद्योगिक क्षेत्रका रुपमा पहिचान बनाएको थियो, जसरी वीरगञ्जको औद्योगिक क्षेत्रका रुपमा विकास हुनुपर्ने थियो, सोही अपेक्षाकृत ढङ्गले विकास हुन सकेको छैन, यद्यपी सरकारले… पुरा पढौ