आर्थिक 📈

नेप्सेमा झिनो अङ्ककाे गिरावट, ३ अर्ब बढीकाे काराेबार

काठमाडौं, २२ चैत । साताकाे सेयर काराेबार हुने अन्तिम दिन बिहिबार आज नेपाली सेयर बजारमा झिनो अङ्ककाे गिरावट भएकाे छ । सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले ओरालो लागेको हाे । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ७३ अङ्कले ओरालो लागेर दुई हजार चार दशमलव शून्य पाँचमा अङ्कमा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३४ अङ्कले ओरालो लागेर तीन सय ५५ दशमलव ४२ मा झरेको छ । विभिन्न कम्पनीका… पुरा पढौ

अनुदानमा कृषकलाई गोलासहितको मौरीघार

त्रिवेणी (रुकुमपश्चिम), २२ चैत । कृषि विकास कार्यालय रुकुमपश्चिमले किसानलाई गोलासहितको मौरी घार वितरण गरेको छ । आर्थिक वर्ष २०८०÷८१ को विनियोजित बजेटबाट ७० जना कृषकलाई गोलासहितको मौरी घार वितरण गरिएको हो । जिल्लाका त्रिवेणी, सानीभेरी गाउँपालिका तथा मुसीकोट नगरपालिकाका ७० जना कृषकलाई गोलासहितको मौरी घार वितरण गरिएको कृषि विकास कार्यालय रुकुमपश्चिमका प्राविधिक सहायक महेश चन्दले जानकारी दिए । उनका अनुसार प्रत्येक कृषकलाई एक÷एक वटाका दरले गोलासहितको मौरी घार वितरण गरिएको हो । टोपी, कुइँगेट र पञ्जा ७०÷७० वटा वितरण… पुरा पढौ

लगानी भित्र्याउन कानुन संशोधन प्राथमिकतामा छ : प्रधानमन्त्री

काठमाडौं, २२ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिबद्धताअनुरूप लगानी भित्र्याउन कानुन संशोधनलाई प्राथमिकता दिएको बताएका छन् । लगानी बोर्डको ५७औँ बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशको पूर्वाधार तथा सेवा क्षेत्रमा स्वदेशी र विदेशी लगानी परिचालनका लागि कानुन संशोधनलाई प्राथमिकता दिएको बताए। उनले लगानीकर्ताले थाहा पाउनेगरी नेपालमा लगानीको वातावरण छ भन्ने सन्देश प्रवाह हुनुपर्नेमा जोड दिए । “लगानी सम्मेलनको पूर्वसन्ध्यामा यो बैठक गरिरहेका छौँ, यो बेलामा हाम्रा संयन्त्रहरूले नेपालमा लगानीको अनुकूल अवस्था रहेको सन्देश दिन आवश्यक छ”, प्रधानमन्त्री प्रचण्डले… पुरा पढौ

दिनदिनै सुनको भाउ बढ्दै, तोलाको १ लाख ३४ हजार पुग्यो

काठमाडौं, २२ चैत । दिनदिनै सुनचाँदीको भाउ उकालो लागिरहेको छ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार पनि नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । यो भाउ अहिलेसम्मकै उच्च भाउ हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनमा रुपैयाँ १ हजार तथा चाँदीमा रुपैयाँ ४० ले भाउ बढेको जानकारी दिएकाे छ । यसदिन छापावाल सुनमा रुपैयाँ १ हजारले बढेर तोलाको १ लाख ३४ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ३३ हजार… पुरा पढौ

सेबाेनको अध्यक्षका लागि ५ जना सर्टलिष्टमा

काठमाडाैं, २२ चैत । नेपाल धितोपत्र बोर्ड (सेबाेन) काे अध्यक्षका आकांक्षीहरूकाे सर्टलिष्टमा परेका ५ जनाकाे नाम आज सार्वजनिक हुने भएकाे छ । आवेदन दिएका १९ जनामध्ये सर्टलिष्टमा परेका ५ जनाकाे मात्र नाम सार्वजनिक गर्न लागिएकाे हाे । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिन बहादुर श्रेष्ठको संयोजकत्वकाे छनोट समितिकाे बैठक बसेर १९ जनाबाट पाँच जनाको नाम सर्टलिष्टमा निकाल्ने तयारी गरेकाे छ । बोर्डले रिक्त रहेको अध्यक्ष पदका लगि गएकाे फागुन १६ गते दरखास्त मागेकाे थियाे ।  बोर्डकाे नयाँ अध्यक्षका लागि बीमा समितिका… पुरा पढौ

आज अमेरिकी डलर र यूरोको भाउ बढ्यो

काठमाडौं, २२ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन पनि अमेरिकी डलरको भाउ बढेको छ । यूरोसहित अन्यकाे भाउ पनि बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ २० पैसा… पुरा पढौ

दक्षिण एसियाको आर्थिक वृद्धिदर ६ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान

वासिङ्टन डीसी, २१ चैत । विश्व बैङ्कका अनुसार सन् २०२४ मा दक्षिण एसियाको आर्थिक वृद्धि दर ६ प्रतिशत रहने अनुमान गरेको छ । मङ्गलबार जारी गरिएको पछिल्लो अपडेटमा सन् २३–२४ मा भारतको उत्पादन वृद्धि ७.५ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ । विश्व बैंकको प्रतिवेदनले दिगो विकासलाई कमजोर पार्ने खतरा रहेको र यस क्षेत्रको रोजगारी सिर्जना गर्ने र जलवायु सन्तुलन प्रतिक्रियामा बाधा पुग्न सक्ने औंल्याएको छ । दक्षिण एसियाका लागि बैंकका उपाध्यक्ष मार्टिन रेजरले “छोटो अवधिमा दक्षिण एसियाको वृद्धिको सम्भावना उज्ज्वल… पुरा पढौ

नेप्सेमा सामान्य अंकको गिरावट, साढे २ अर्बको कारोबार

काठमाडौं, २१ चैत । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजार ओरालोको यात्रामा गएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३.४३ अंकले घटेर २००६.७८ विन्दुमा झरेको छ । नेप्सेमा ०.१७ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.४३ अंकले घटेर ३५५.७७ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ३ वटामा मात्रै हरियो लागेको छ । बाँकी १० वटा उपसमूहहरुमा रातो लागेको छ । यसदिन कुल ३२२ वटा कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको ६४ लाख ८१ हजार… पुरा पढौ

सुनको नयाँ रेकर्ड: तोलाको १ लाख ३३ हजार पुग्यो

काठमाडौं, २१ चैत । सुनचाँदीको भाउ आकाशिने क्रम रोकिएको छैन । आज पनि भाउ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ एकैदिन रुपैयाँ १८ सयले बढेको छ । चाँदीको भाउ रुपैयाँ ६५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसयाी महासंघले यसदिन छापावाल सुन तोलामा रुपैयाँ १८ सयले बढेर तोलाको १ लाख ३३ हजार रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ३१ हजार… पुरा पढौ

आज अमेरिकी डलर र यूरोको भाउ घट्यो, अन्यको कति ?

काठमाडौं, २१ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन पनि अमेरिकी डलरको भाउ घटेको छ । साथै यूरोको भाउ पनि घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ १२ पैसा… पुरा पढौ